घट्यो फलफूल र तरकारीको मूल्य [सूचीसहित]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज फागुन १ गते आइतबार एक किलोग्राम गोलभेंडाको मूल्य ६५ रूपैयाँ तोकिएको छ ।
एक किलोग्राम रातो आलुको मूल्य २८ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ६६ रूपैयाँ ६७ पैसा छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ४० रूपैयाँ तोकिएको समितिले जनाएको छ ।
एक किलोग्राम काउलीको ५५ मूल्य, रातो मूला ४५ रूपैयाँ, सेतो मूल १७ रूपैयाँ ६७ पैसा, भन्टा ६५ रूपैयाँ, मटरकोशा ६५ रूपैयाँ तोकिएको छ । त्यसैगरी समितिले एक दर्जन केराको मूल्य ९५ रूपैयाँ तोकेको छ ।
एक किलोग्राम सुन्तलाको मूल्य १४० रूपैयाँ तोकिएको छ भने एक किलोग्राम कालो अंगुरको मूल्य २४० तोक्दा हरियो अंगुरको मूल्य १३५ रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम कागतीको मूल्य ११५ रूपैयाँ तोकिएको छ ।


