English

कहिले चढ्न पाइन्छ रेल ?



लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको कुर्था-जनकपुर-जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक-पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । तर, आज आइतबारदेखि रेल सेवा नियमितरूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

भारत सरकारको ८ अर्ब ७७ करोड सहयोगमा निर्माण हुने जयनगर-विजलपुर-बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्गअन्तर्गत पहिलो चरणमा जयनगर-कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनको हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।

महाप्रन्धक झाले अब रेल सञ्चालनमा कुनै अवरोध नहुने गरी आज आइतबारदेखि रेल सञ्चालन हुने दाबी गरे । रेल्वे सेवा नियमित सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले रेल ट्रकनजिक रहेका हाटबजारहरू समेत खाली गराइएको छ । आइतबारदेखि नियमितरूपमा दैनिक एक पटक कुर्था-जयनगरसम्म रेल ओहोरदोहोर गरिने झाले बताए ।

आज आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुन्छ’, महाप्रबन्धक झाले भने, ‘तर, तत्काल हामी बिनायात्रुको (ड्राई रन) रेल सञ्चालन गर्छौ, हप्ता १० दिनमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा उद्घाटन गरेपछि मात्रै यात्रुलाई राखेर दैनिक तीन पटक सेवा सञ्चालन गर्छौ ।’

रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारी भारतीय रेल कम्पनी (केआरसीएल) सँग दुई पक्षीय जिटुजी सम्झौता भएको महाप्रबन्धक झाले बताए । बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ जना कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिमसमेत दिई तयार गरिसकेको महाप्रबन्धक झाले बताए ।

विगतमा चोरी भएका रेल्वे ट्याकको क्लिपहरू लगाई सकेको र एलबी लेभवन गेट समेत मर्मतसम्भार भइसकेको महाप्रबन्धक झाले बताए । ५ कात्तिकमा भारतीय पक्षले रेल सञ्चालनका लागि आवश्यक रेल ट्र्याक, हल्ट, स्टेसन, कर्मचारीको लागि अवाससहितका भौतिक संरचना नेपाल सरकारलाई जिम्मेवार लगाएका थिए । तर, त्यसका केही काम रहेकोले त्यो काम पनि भारतीय पक्षले गरिसकेको महाप्रबन्धक झाले बताए ।

आज आइतबारदेखि रेल सेवा नियमितरूपमा सञ्चालन हुन्छ’, महाप्रबन्धक झाले भने, ‘तर, तत्काल हामी बिनायात्रुको (ड्राई रन) रेल सञ्चालन गर्छौ, हप्ता १० दिनमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा उद्घाटन गरेपछि मात्रै यात्रुलाई राखेर दैनिक तीन पटक सेवा सञ्चालन गर्छौ ।’

नेपाल सरकारले बोगिसहितको दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । खरिद गरिएका रेल लामो समयदेखि धनुषाको ईनवा स्टेसनमा त्रिपाल मुनि छोपिएर राखिएको थियो । रेल्वेको सुरक्षा भने सशस्त्र प्रहरीलाई दिइएको छ ।

यसैबीच, नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगरसम्मको जनरल ७० र एसीमा ३ सय रूपैयाँ भाडा तोकेको छ । कुर्थादेखि जयनगरसम्म ५ स्टेसन र ३ वटा हल्ट रहेको छ । रेल्वेको टिकट स्टेसन र हल्ट दुवै स्थानमा उपलब्ध हुने महाप्रबन्धक झाले बताए ।

काँचुली फेर्दै नेपाल रेल

भारतीय ब्रिटिस शासकले विक्रम सम्वत १९९४ मा महोत्तरीको जगंगलबाट काठ ढुवानीको लागि ५२ किलोमिटर रेल्वे सञ्चालन गरेको थियो । पछि ती रेललाई नेपाल सरकारको जिम्मेवारी दिइएको थियो । नेपाल सरकारले ती रेलमा यात्रुको लागि सञ्चालन गर्न थाले । २०५९ सालमा महोत्तरीको विग्ही नदिमा आएको बाढीले जीर्ण अवस्थामा रहेको विग्ही नदिको पुल भत्किएपछि जनकपुर जयनगर २९ किलोमिटरमा उक्त सेवा समिति हुन पुगे ।

मर्मत सम्भारको अभाव र राजनीति दलहरूले कार्यकर्ता भरपोषणको केन्द्र बनाएको रेलमा विस्तार विस्तारै बन्द नै अवस्थामा पुगेका थिए ।
पटक-पटक लिक छोडने तथा दुर्घटानमा पर्ने न्यारोगेज सेवालाई ब्रोडग्रेज सेवामा स्तरोन्नती गर्न भारत सरकारसँग आग्रहा गरिएको थियो । २०७१ साल माघदेखि उक्त सेवाई पूर्णरूपमा ठप्प गरि स्तरोन्नतीको काम हुँदै आएको छ ।

सन् २०१० मा नेपाल सरकारभारत सरकारबीच जयनगर-विजलपुर-बर्दिवास रेल सेवा संचालनको लागि सहमति भएको थियो । नेपाल सरकारले जग्गा उपल्बध गराउने र निर्माणसम्बन्धी सम्पूर्ण जस्तै ट्रायक निर्माण, स्टेशन भवन, हल्ट, पुलपुलेस, खानेपानी,

विद्युत् लागयतका सम्पूर्ण काम भारत सरकारले गर्ने सहमति भएको छ । ब्रोडगेज निर्माणको जिम्मेवारी भारत सरकारको रेल कम्पनी इरकन इन्टरनेशनल लिमिटेडले पाएको छ । कुर्था-देखि बिजलपुरासम्मको ९० प्रतिशत काम सम्पन्न भईरहेको बताउँदै ओझाले भने, ‘जयनगर कुर्था रेल सेवा संचालन भएपछि त्यसको केही महिनामै बिजलपुरासम्म पनि रेल चलाउन सकिन्छ । कारण कुर्थादेखि बिजलपुरा सम्मको ट्रायाक निर्माण, स्टेशन, हल्ट निर्माण रूपमा भइसकको छ ।’

जयनगरदेखि कुर्थासम्म ३५ किलोमटिर यात्रा गर्न दुईदेखि तीन घण्टा लाग्ने रेलाई ब्रोडगेज सेवा सुरु भएपनि १ घण्टामा उक्त दूरी तय गरिने इन्जिनियर ओझाले बताए । ‘न्यारोगेज रेल सेवा सञ्चालन हुदाँ बढीमा एक पटकमा एक हजार यात्रु आवतजावत गर्न सकिन्थयो,’ उनले भने, ‘ब्रोडगेज सेवा सुरु भएपछि १३ सय यात्रु यहिलै कै अवस्थामा र बोगि (डब्बा) थप गरेर त्यसो भन्दा बढी यात्रीलाई चढाउन सकिन्छ ।’

नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगरसम्मको जनरल ७० र एसीमा ३ सय रूपैयाँ भाडा तोकेको छ । कुर्थादेखि जयनगरसम्म ५ स्टेसन र ३ वटा हल्ट रहेको छ । रेल्वेको टिकट स्टेसन र हल्ट दुवै स्थानमा उपलब्ध हुनेछ ।

नयाँ मोडेलका आधुनिक रेल

डिजेल ईलेक्टिक मल्टिपल युनिट डिजेल र विधुत् दुवैबाट चल्ने यि दुवै विश्वमै नयाँ मोडेलका रेलको रूपमा तयार गरिएको निर्माण कमपनीले दाबी गरेको छ । डिपिसि १९०१ र डिपिसि १९०२ नम्बरको दुवै रेल १६ सय हर्स पावरका हुन् । प्रति घण्टा ११० किलो मिटरको स्पीडमा चल्ने सक्ने रेल एक पटकमा १ हजार ३ सय सम्म यात्रीले यात्रा गर्न सक्छन् । एउटै ईन्जिन भएपनि दुबै तर्फबाट चलाउन सकिने रेलको एउट बोगिमा ७० वटा सिट रहेको छ ।

२० मिटर लामो रेलको ईन्जिनवाहेक एक एसि र २ जेनरल बोगि रहेको छ । प्रति किलोमिटर २ लिटर डिजेलको अभरेज दिने रेलमा आवश्कयता अनुसार थप ४ वटा बोगिसम्म जोडन सकिने निर्माण कम्पनीको दाबी छ । नेपाललाई लक्षित गरि बनाएको रेल भारतमा सञ्चालनमा रहेको अन्य रेलभन्दा फरक रहेको निर्माण कमपनीका म्याकेनिकल ईन्जिनियर दिपक त्रिपाठीले बताए ।

यो दुवै रेल अन्य रेलभन्दा फरक र आकर्षक मोडेलका रहेको उल्लेख गर्दै त्रिपाठीले भने, ‘यसको स्पीड, लोड बोक्ने क्षमता धेरै राम्रो छ, नेपालका लागि हामीले स्पेशल डिजाईन गरेका छौ ।’ रेलका बोडिङहरूको यात्रीहरूले आफूसँग ल्याउने झोला ब्याङगहरू राख्ने स्थान बनाईएको छ भने प्रत्येक बोगिमा शौचालयको व्यवस्था गरिएको छ । एसी वाहेक अन्य जेनरेल बोगिमा ठाउँ-ठाउँमा पंखा लगाइएको छ ।

नेपाल सरकारले खरिद गरेको रेल यात्रुवाहेक रेल रहेको रहेको भन्दै उनले भने, ‘यसमा माल ओसारपोसार गर्न मिल्दैन, यो पूर्णतः यात्रु ओसोरपोसरको उदेश्यले निर्माण गरिएको छ ।’ नेपाल सरकारको आग्रहा कम्पनीले रेललाई नेपालकै झण्डाको रंङगमा पेन्ट गरिएकोले रेलको आकर्षणलाई झन बढाएको उनले बताए ।

यो पनि
अरुण नदीको बेलिब्रिज भाँचिदा तीन ट्रक फसे
बेथानचोकको पर्यटकीयस्थल ‘गजराम थुम्का’



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ