English

आज फागुन १ गते आइतबार तपाईंको राशिफल यस्तो छ



आज १ फागुन २०७८ आइतबार । तद्नुसार फेब्रुवरी १३ तारिक २०२२ । माघशुक्लपक्ष द्वादसी तिथि, बालब करण, आद्रा नक्षत्र, प्रिती योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । आज फागुन महिनाको पहिलो दिन अर्थात् सक्रान्ति हो । अब विस्तारै मौसम जाडोबाट गर्मी हुँदै जाने गर्दछ ।

आइतबारलाई आदित्यबार पनि भनिन्छ । त्यसैले आइतबार विहान सूर्यको नमस्कार गर्नु अति आवश्यक छ । आज विहान ६ः४५ मा सूर्योदय भयो भने १७ः५२ मा सूर्यास्त हुनेछ । आजको देवता विष्णु र ग्रहदेव बुध रहेको छ । आज विहान ११ः५६ देखि १२ः४० सम्म अभिजित मुहूर्त रहेको छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिका जातका लागि आजको दिन सूर्यनारायणका दर्शन निकै फलदायी हुनेछ । विहानको उदाउदो सूर्यको दर्शन र देवालयको दर्शन  गरेर काम शुरु गर्दा दिनभर उर्जा र कार्यसिद्धि हुने छ । आजको दिन व्यापार ब्यबसायबाट तपाईंलाई लाभ  हुनेछ । परिवारबाट साथ सहयोग प्राप्त हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईंको लागि आजको दिन अनुकुल छ ।  मनमा मानसिक चिन्ता, अनसन्तुष्ठी हटेर जानेछ ।  तपाईंको लागि यात्राको लागि अवसर आउनसक्छ । धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ । तपाईंले सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ । तपाईंको बोली र बाणीमा निकै प्रभाव पर्ने देखिन्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशिका जातकले आजको दिन शुभ रहेको छ । परिवारमा अनावश्यक विवाद हुन सक्छ । विहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नु राम्रो हुनेछ । व्यापार ब्यबसायमा लाभ मिल्नेछ । आफन्त र मित्रजनबाट साथ सहयोग प्राप्त हुनेछ । मनमा उत्साह र हौसला भरिने छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आफन्त र मित्रजनबाट साथ सहयोग प्राप्त हुनेछ । दाम्पत्यजीवनमा विवाद हुनसक्छ । स्त्रीबाट प्राप्त हुने सहयोगले तपाईंको काममा सफलता मिल्नसक्छ । त्यसैले आजको दिन होसियारीपूर्वक कार्य गर्नुहोला । आफूले गरिरहेको व्यापार ब्यबसाय र कामबाट तपाईंलाई हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ । 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

तपाईंको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले तपाईंले सोचअनुसारका काम हुँदा हुने खुसीले तपाईंको मनमा विजयप्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । तपाईंको गरेको कामको प्रशंसा हुनेछ ।  त्यसैले आफूलाई धैर्यवान राख्नका लागि उपाय गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातका लागि  दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आइतवार भएकाले अर्थ लाभ हुनेछ । यात्राको लागि अवसर प्राप्त हुनेछ । आजको दिन शुरु गरेको यात्राले तपाईंलाई नयाँ योजना बनाउनका लागि सहयोग गर्नेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईंलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अनुसन्धानको काममा लाग्नु भएको छ भने सफलता मिल्नेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईंको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।  आजको दिन कसैसँग पनि विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप लगाउन सक्छन भने तपाईंलाई हानी हुनसक्ने संभावना पनि रहन्छ । सन्तान र आफन्तजनबाट प्राप्त हुने सहयोगले तपाईंलाई सफलता मिल्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

ब्यापार ब्याबसायबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्यप्रशंसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । आर्थिक कारोबार गर्दा भने अलिकति विचार गर्नुहोला ।  

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 

तपाईंलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्दा तपाईलाई साथ सहयोग हुनुक्छ । नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईंलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । 

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

तपाईंको लागि अध्ययन अध्यापनमा सफलता मिल्नेछ । रचनात्मक काम र कलाकारितामा कार्य गर्न खुसीयाली छाउने छ । तपाईंले विगतदेखि गर्दै आएकोे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ । त्यसैले आजको दिन आफ्नो आम्दानीअनुसार दान दिनुभयो भने गरिवलाई केही खानेकुरा दिनुभयो भने मनमा आनन्द मिल्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

विहान पहिले सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । अर्थलाभ, मित्रहरुको साथ सहयोग र सोचअनुसार काम हुनेछ । आजको दिन कसैसँग विवाद हुने काम र कुरा नगर्नु नैं तपाईंको लागि उत्तम हुनेछ  । सामाजिक काम र सकारात्मक सोच राख्नु पर्ने दिन हो आज ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

आइतबार संक्रान्ति पनि परेको छ । व्यापार ब्यबसायबाट धनलाभ हुनेछ । आफन्त र मित्रजनहरुको साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ । लेखक, अध्यापकको लागि नयाँ बाटो खुल्नेछ । तपाईंको समय निकै उत्तम रहेको छ । सोचअनुसारको काम अघि बढ्ने छ । विहान सूर्यनारायणको दर्शन र जल अभिषेक गर्न नभुल्नुहोला ।

यो पनि
प्रेम सम्बन्ध कसरी हुन्छ ?



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे

प्रा.डा. गुरुप्रसाद सुवेदी भगवान शिव महाश्मशानका देवता हुन् । शिव एउटा तत्व हो । श्मशानघाटमा नै उहाँ बस्नुभएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको