शनिबारका मुख्य आठ राजनीतिक समाचार, चर्चामा एमसीसी
कम्युनिस्टहरू जतिबेला पनि मिल्न सक्छन् : कांग्रेस प्रवक्ता
नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले स्थानीय तहको निर्वाचन आउन लागेकाले सतर्क रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । कम्युनिस्ट पार्टी जुनसुकै बेला मिल्न सक्ने भन्दै उनले निर्वाचनमा पार्टीलाई जिताउन सतर्क भएर बस्न आग्रह गरेका हुन् ।
पूर्वसांसद स्वर्गीय एकनाथ रानाभाटको प्रथम स्मृति सभामा सहभागी हुन शनिबार चितवन आएका महतले कांग्रेसको जिल्ला अधिवेशनले स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्न पनि नहुने बताए । कांग्रेस चितवनको जिल्ला अधिवेशन १३ फागुनमा गर्ने कांग्रेसले निर्णय गरेको छ ।
पार्टीको लक्ष्य प्राप्तिको लागि निर्वाचन जित्नै पर्ने भन्दै उनले एक ढिक्का भएर निर्वाचनमा केन्द्रित हुन आग्रह गरे । ‘कम्युनिस्टहरू जतिसुकै झगडा गरे पनि तुरुन्तै मिलेर भोट हाल्न सक्छन्’, उनले भने, ‘यसतर्फ कांग्रेस सतर्क हुनुपर्छ ।’
नेता महतले गठबन्धनको स्थायित्वका विषयमा कांग्रेसले आवश्यकताका आधारमा निर्णय लिने बताए । ‘निर्वाचनमा गठबन्धन गर्दैनौं भन्यो भने कम्युनिस्टहरू मिल्न सक्छन्’, उनले भने, ‘त्यसको विषयमा कांग्रेसले पछि निर्णय लिने छ ।’
प्रतिनिधिसभाको बैठक गर्न प्रस्ताव
समसामयिक राजनीतिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।
प्रमुख विपक्ष नेकपा (एमाले) का कारण प्रतिनिधिसभाको अवरोध हटाउन एकताबद्ध भएर अगाडि बढ्ने विषयमा समेत विचारविमर्श भएको थियो । छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४ (बुधबार) का निम्ति प्रस्ताव गरेको उनका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।
‘कम्युनिस्टहरू जतिसुकै झगडा गरे पनि तुरुन्तै मिलेर भोट हाल्न सक्छन्’, कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले भने, ‘यसतर्फ कांग्रेस सतर्क हुनुपर्छ ।’
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालको दिगो विकास गरिबी निवारणका लागि अमेरिकी अनुदान रु ५५ अर्ब सहायतालाई संसदबाट अनुमोदन गर्ने, घोषित स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेलगायत विषयमा उनीहरूबीच परामर्श भएको थियो ।
जनयुद्ध दिवसमा मधेश प्रदेश सरकारद्वारा सार्वजनिक बिदा
मधेश प्रदेश सरकारले पहिलो पटक जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदाको दिएको छ । फागुन १ गते मनाइने जनयुद्धको अवसरमा मधेश सरकारले आइतबार प्रदेशभरी सार्वजनिक बिदाको घोषणा गरेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए ।
यसबीच, जनयुद्धको दिवसको अवसरमा प्रदेश सरकारले आइतबार एक भव्य कार्यक्रमबीच माओवादी जनयुद्धमा मधेश प्रदेशबाट सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई राहत स्वरुप तत्काल १ लाख नगद दिने निर्णयसमेत गरेको छ ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेका मधेशी सहिद प्रतिष्ठानले पहिलो चरणमा जनयुद्धका सहिद तथा ज्यान गुमाएका परिवारलाई १ लाख दिने निर्णय गरिएको मन्त्री साहले बताए ।
सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता
सरकार र नेत्रविक्रम चन्द ‘विपल्व’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच शनिबार वार्ता भएको छ । नेकपासँग यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको हो ।
गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्र बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी थिए ।
प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले गठबन्धन जोगाउने नाममा एसीसी पास गर्न नहुने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य राईले वर्तमान गठबन्धन टुटे पनि यथास्थितिमा एसीसी पास गर्ने पक्षमा आफ्नो पार्टी नभएको स्पष्ट पारेका छन् ।
वार्तामा २० फागुन २०७७ नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
‘सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सौहाद्रपूर्ण तरिकाले छलफल भयो,’ प्रवक्ता पोखरेलले भने ।
मन्त्रालयका प्रवक्ता पोखरेलले फिर्ता लिन मिल्ने मुद्दा छिटो फिर्ता गर्ने विषयमा छलफल भएको बताए । वार्तामा नेकपाका तर्फबाट प्रवक्ता विश्वकर्माले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्याकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाएका छन् ।
सरकारका तर्फबाट पनि अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण वार्तामा प्रस्तुत भएको मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिए ।
गठबन्धन जोगाउने नाममा एमसीसी पास हुँदैन : सामाजिक विकासमन्त्री राई
प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले गठबन्धन जोगाउने नाममा एसीसी पास गर्न नहुने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको शुभम-फाउण्डेसनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले गठबन्धन जोगाउन भरमग्दुर प्रयास गर्ने तर यसैका लागि एसीसी पास गर्न नहुने धारणा राखेका हुन् ।
नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य राईले वर्तमान गठबन्धन टुटे पनि यथास्थितिमा एसीसी पास गर्ने पक्षमा आफ्नो पार्टी नभएको स्पष्ट पारेका छन् ।
‘लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र नेपाली जनताको सार्वभौमसत्ताको सुरक्षा गर्नका लागि गठबन्धन अहिलेको आवश्यकता हो । गठबन्धन जोगाउन हामी भरपुर प्रयास गर्छौंं । तर एसीसी पास गर्ने सवालमा हो भने गठबन्धन हामीलाई आवश्यक छैन,’ मन्त्री राईले भने, ‘एसीसी यथास्थितिमा पास गर्न हुँदैन । एसीसी मुलुकको सन्दर्भमा उपयुक्त छैन । यथास्थितिमा एसीसी पास गरियो भने मुलुकको सार्वभौमसत्ता एवं लोकतान्त्रिक गणतन्त्रका लागि प्रतिकूल हुने प्रष्ट छ । अहिले देशीविदेशी शक्तिहरु यो गठबन्धनलाई कसरी भत्काउन सकिन्छ भनेर लागिरहेका छन् । त्यसतर्फ सजग हुन जरुरी छ ।’
बृषेश चन्द्रलालले तमलोपामार्फत राजनीति गर्ने
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसदमा लैजाने विषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भूमिकाप्रति आक्रोश व्यक्त गरेका छन् ।
लामो समयदेखि महन्थ ठाकुर नेतृत्वलाई साथ दिदैँ आएका प्रभावशाली नेता बृषेशचन्द्र लालले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) बाट अलग भएका छन् ।
ठाकुर नेतृत्वको लोसपा नेपाल परित्याग गरेका लालले पुरानो पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) पुनः दर्ता गरेर सोही पार्टीमार्फत राजनीतिक गतिबिधि गर्ने भएका हुन् ।
‘लोसपा संस्थागत रुपमा चल्न सकेन्, लोसपा मात्रै होइन जसपा पनि संस्थागत रूपमा चल्न सकेको अवस्था छैन, एउटा केपी ओलीको पछाडि लागेको छ भने अर्को पार्टी प्रचण्डजीको पछि लागेको अवस्था छ,’ लालले भने, ‘मधेस आन्दोलनको मर्म र भावना बिपरित मधेसका नेताहरू सत्ता र कुर्सीका लागि ज्यान फाल्न थाले पछि मधेस आन्दोलनका आन्दोलनकारीहरूको भावनालाई सम्बोधन गर्न लोसपा छाडेको हुँ ।’
‘मधेस आन्दोलनमा सक्रिय साथीहरूको सल्लाह अनुसार तमलोपा निर्वाचन आयोगमा पुनः दर्ता भएको छ, अबको राजनीति म यसैबाट गर्ने निष्कर्षमा पुगेको छु,’ लालले अगाडि भने, ‘स्थानीय तहको निर्वाचनमा उम्मेदवार तमलोपाबाट खडा गर्ने गरी गृहकार्य भइरहेको छ, साथीहरू क्रमशः हामीसँग जोडिदैँ जानु भएको छ ।’
प्रदेश स्थापना दिवस दाङमा मनाउँदै लुम्बिनी सरकार
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा अझै सबै मन्त्रालय सरिसकेका छैनन् । दुईवटा मन्त्रालय सरेपनि मन्त्री र कर्मचारी बुटवलमै बस्छन् । पूर्वाधार नबनिसकेकाले दाङको देउखुरीमा मन्त्रालय सार्न समस्या छ । तर, लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय सरि नसक्दै दाङमा प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको छ ।
तीन दिनसम्म विभिन्न कार्यक्रम गरी दाङमा स्थापना दिवस मनाउने निर्णय गरिएको लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए । अहिलेसम्म प्रदेशका सबै काम कारवाही अस्थायी राजधानी बुटवलबाटै भरहेका छन् । तर प्रदेश सरकारले हालसम्म सञ्चालन भैरहेको क्षेत्र छाडेर प्रदेश स्थापना दिवस मनाउन दाङको देउखुरी रोजेको हो ।
एमसीसीमा एमाले र माओवादीको मौन समर्थन आपत्तिजनक : मोहन वैद्य
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसदमा लैजाने विषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भूमिकाप्रति आक्रोश व्यक्त गरेका छन् ।
शुक्रबारको कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठकले एमसीसी पारित गर्नका लागि सर्वसम्मत निर्णय गरेको तथा एमसीसी परियोजनाकी उपाध्यक्ष फातिमा सुमार र अमेरिकी विदेश सहयाक मन्त्री डोनाल्डले दबाब दिएको विषयमा मौन बसेको भन्दै एमाले र माओवादी केन्द्रसँग आक्रोशित भएका हुन् ।
यो पनि
बुधबार प्रतिनिधिसभाको बैठक गर्न प्रचण्ड र नेपालको प्रस्ताव
१६ जिल्लाको निर्वाचन १३ फागुनमा गर्ने कांग्रेसको निर्णय