‘किस डे’मा अपनाउनुहोस् चुम्बनका यस्ता प्रकार
भ्यालेन्टाइन सप्ताह अन्तर्गतको एक दिन ‘किस डे’ । यौन सम्बन्धमा चुम्बनको महत्वपूर्ण भूमिका रहन्छ । चुम्बनले एक–अर्कालाई नजिक ल्याउनुको साथै यौन उत्तेजनामा पनि सहायक भूमिका निर्वाह गर्दछ । यसका लागि तपाईंले यी विधिहरू अपनाउन सक्नुहुन्छ ।
फ्रेन्च किस
यो सबैभन्दा कामुक चुम्बन मानिन्छ । यसले जिब्रोका साथै ओठको पनि प्रयोग हुन्छ । यो चुम्बन सबभन्दा मन पराइएको चुम्बन हो । यो चुम्बनले तपाईंको पार्टनरलाई पूर्ण उत्तेजित बनाउँछ ।
ओठ किस
यो चुम्बन परम्परागत चुम्बनको रूप हो । यसमा ओठहरू मात्र ओठसँग प्रतिस्पर्धा गर्छन् र यसले प्रेमलाई नजिक बनाउने कार्य गर्दछ ।
स्ट्रेबरी किस
स्ट्रेबरी चुम्बन यसको नामको जस्तो चुम्बन गर्नका लागि एक रमाइलो तरिका हो । यो चुम्बन गर्न पहिले तपाईंको मुखमा स्ट्रेबरीको साथ प्रेमीलाई चुम्बन गर्ने प्रयास गर्नुहोस् । एक अर्कालाई चुम्बन गर्दा स्ट्रबेरी टोक्ने प्रयास गर्दा तपाईं र तपाईंको साथीलाई फरक अनुभव हुन्छ ।
अप्रत्यासित किस
यो चुम्बनको अप्रत्यासित समयमा चुम्बन हुुन्छ । तपाईंको पार्टनरलाई थाहा हुँदैन कि तपाईं के गर्दै हुनुहुन्छ । यो अप्रत्यासित लिइएको चुस्त ओठ चुम्बन हो ।
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?