English

भोलि आइतबार सार्वजनिक बिदा



मधेश प्रदेश सरकारले पहिलो पटक जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदाको दिएको छ । फागुन १ गते मनाइने जनयुद्धको अवसरमा मधेश सरकारले आइतबार प्रदेशभरी सार्वजनिक बिदाको घोषणा गरेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए ।

यसबीच, जनयुद्धको दिवसको अवसरमा प्रदेश सरकारले आइतबार एक भव्य कार्यक्रमबीच माओवादी जनयुद्धमा मधेश प्रदेशबाट सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई राहत स्वरूप तत्काल १ लाख नगद दिने निर्णयसमेत गरेको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेका मधेशी सहिद प्रतिष्ठानले पहिलो चरणमा जनयुद्धका सहिद तथा ज्यान गुमाएका परिवारलाई १ लाख दिने निर्णय गरिएको मन्त्री साहले बताए । आइतबार प्रदेश सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार