English

‘हिमालका हामी किसानलाई चौँरी जोगाउन मुस्किल छ’



चर्न गएका याक चौँरी नभेट्दा साङ्बु शेर्पा निकै पिरोलिएका छन् । निरन्तर हिमपातले याकहरू कुन ठाउँमा हिउँले पुरेको छ, उनलाई थाहा छैन । फक्ताङलुङ गाउँपालिका–७ याङमागाउँ निवासी उनी याकहरु देख्न नपाएर दिनरात छटपटाइ रहेका छन् । शेर्पाको पुख्र्यौली पेशा नै याक गोठ हो । सत्तरीवटा याक शेर्पाले हेर्दै आउएका छन् । अहिले प्रायः प्रत्येक दिन हिमपात भइरहेको छ । याङमा गाउँ ताप्लेजुङ जिल्लाकै उच्च स्थानको बस्ती हो । समुद्र सतहदेखि चार हजार ४०० मिटर उचाइमा अवस्थित यो बस्तीमा प्रायः हिमपात भइरहन्छ । अहिले याङमामा हिउँले भरिएको छ ।

विगत वर्षभन्दा यस वर्ष निरन्तर हिमपात भइरहेको छ । निरन्तर हिमपात हुँदा शेर्पाले जोहो गरेर राखेको घाँस पनि सकिएको छ । चरन क्षेत्रमा हिउँले सबै पुरिएकाले कतै घाँस छैन । याक भोकभोकै हिउँमा फसेका छन् ।

यहाँ ११ घरपरिवार बसोबास गर्दै आएका छन् । यहाँको पुख्र्यौली पेशा घुम्ती याक गोठ हो । एक चरन क्षेत्रको घाँस सकिएपछि अर्को चरन क्षेत्रमा गोठ सार्ने काम हुन्छ । अहिले हिमपातको समय छ । हिमपातमा याक जोगाउन भदौ र असोजमै घाँस काटेर घाममा सुकाएर जोहो गरी राख्नु पर्दछ । विगत वर्षभन्दा यस वर्ष निरन्तर हिमपात भइरहेको छ । निरन्तर हिमपात हुँदा शेर्पाले जोहो गरेर राखेको घाँस पनि सकिएको छ । चरन क्षेत्रमा हिउँले सबै पुरिएकाले कतै घाँस छैन । याक भोकभोकै हिउँमा फसेका छन् । याकको सा–साना बाछा गोठभित्र राखिएको छ । बाछालाई पनि जाडोबाट जोगाउन समस्या हुने गरेको शेर्पाले बताए ।

यस वर्ष अलिक धेरै हिमपात भएको छ । हिमापातले हिमाली क्षेत्रको जनजीवनसँगै पशुचौपायलाई समेत निकै असर पारेको छ ।

साङ्बु शेर्पाको मात्रै होइन, याङमा बासिन्दाकै पीडा उस्तै छ । विगत वर्षभन्दा यस वर्ष अलिक धेरै हिमपात भएको छ । हिमापातले हिमाली क्षेत्रको जनजीवनसँगै पशुचौपायलाई समेत निकै असर पारेको छ । चरन क्षेत्रमा हिउँले छोपिएसँगै याक भोकभोकै भएको याकपालक याङ्डे शेर्पा बताउछन् । उनका अनुसार जोहो गरेको घाँस पनि सकिएकाले याक जोगाउन मुस्किल भएको छ । गोठमा भएको याक कहाँ–कहाँ छन् भनेर आफूले खोज्न नपाउँदा चिन्ताले सताएको याक–कथा उनी सुनाउँछन् ।

विगतका वर्षहरूमा हिमपाहिराले र हिउँमा फसेर धेरै याक मरेको गोलाङचुङ गोलाका याक किसान तेन्जिङ शेर्पाको नमिठो अनुभव छ । ठाउँ–ठाउँमा अहिले पनि हिमपहिराकोे क्रम चलिरहेता पनि क्षति भने नभएको उनी सुनाउंदै थिए । एउटा याक रु ५० हजारदेखि एक लाख रुपैंया पर्दछ । हिमपहिरो र हिउँमा फसेर भोकले मर्यो भने किसानलाई ठूलो आर्थिक क्षतिको कसलाई पो पिरलो हुदैन र !

आफ्नो गोठमा रहेको याक कुन ठाउँको हिउँमा फसेका छन् भनी खोज्न जान आफूँसँग आवश्यक न्यानो कपडा, हिउँमा लगाउने जुत्तासमेत नभएको याङमाका फुटी शेर्पाको दुखेसो छ ।

याकपालक किसानलाई हिमपात हुँदा न्यानो कपडा अभाव हुने गरेको पशुपालक किसानले बताए । आफ्नो गोठमा रहेको याक कुन ठाउँको हिउँमा फसेका छन् भनी खोज्न जान आफूँसँग आवश्यक न्यानो कपडा, हिउँमा लगाउने जुत्तासमेत नभएको याङमाका फुटी शेर्पाको दुखेसो छ । हिमाली क्षेत्रका याकपालक कृषकको समस्या स्थानीय सरकारले नबुझेको उनको गुनासो पनि नयाँ होइन ।

चिसोले दर्जनौँ बाख्रा मरे

ताप्लेजुङको हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको फलेमा दर्जनौँ बाख्रा चिसोले मरेका छन् । पछिल्लो समय निरन्तरको हिमपातसँगै बढेको चिसोले गर्दा बाख्रा मरेका हुन् । हिमपातसँगै पछिल्लो दुई सातायता जिल्लाको उच्च हिमाली क्षेत्रमा दिनहुँजसो हिमपात हुँदै आएको छ भने फलेमा पनि अहिले बाक्लो हिउँ परेको छ । करिब तीन हजार ३०० मिटर उचाइ रहेको फले अवस्थित छ ।

फलेमा एक दर्जनजति परिवारको बसोबास रहेको र हाल प्रत्येक परिवारले पालेका बाख्रा मर्न थालेका छन् । हिजोआज चरन क्षेत्र सबै हिउँले ढाकेको छ भने चिसोका कारण बाख्रा धमाधम मर्न थालेपछि ठूलो घाटा बेहोर्नुपर्ने अवस्था आएको पीडितहरूको भनाइ थियो ।

फलेकी स्थानीय फुटी शेर्पाका अनुसार हिउँ पर्न थालेसँगै चिसो अत्यधिक बढेपछि बाख्रा मर्न थालेका हुन् । शेर्पा आफैँले पालेका ३१ वटामध्ये हालसम्म १० वटा बाख्रा मरिसकेका छन् । उहाँले चिसोबाट जोगाउनलाई बाख्रा खोर (गोठ)भित्र राख्ने गरेको भए पनि राखेकै ठाउँमा मर्न थालेको बताए । बेलुका तन्दुरुस्त देखिएका बाख्रा बिहान मरिराखेको पाइने गरेको उनको भनाइ थियो ।

लामो समयदेखिको हिमपातसँगै बढेको चिसोले गर्दा बाख्रा मर्न थालेका अर्का स्थानीयवासी पेमाला शेर्पाले बताइन् । उनका अनुसार फलेमा एक दर्जनजति परिवारको बसोबास रहेको र हाल प्रत्येक परिवारले पालेका बाख्रा मर्न थालेका छन् । हिजोआज चरन क्षेत्र सबै हिउँले ढाकेको छ भने चिसोका कारण बाख्रा धमाधम मर्न थालेपछि ठूलो घाटा बेहोर्नुपर्ने अवस्था आएको पीडितहरूको भनाइ थियो ।

चिसोबाट पशुचौपायालाई बचाउने उपायबारे आफूहरु पशु विषेशज्ञको परामर्शका साथै स्थानीय जनप्रतिनिधिसँग सहयोग लिने पहुँचमा छैन

पशुचौपायाको उपचार तथा परीक्षण सेवाका लागि फलेका बासिन्दाले गाउँपालिका केन्द्र तापेथोक र सदरमुकाम फुङ्लिङमा सम्पर्क गर्नुपर्ने हुन्छ । फलेदेखि तापेथोक पुग्नलाई दुई दिनको पैदलयात्रा गर्नुपर्छ भने सदरमुकाम फुङ्लिङका लागि तीन दिन लाग्छ । यहाँदेखि नजिकको बस्ती भनेको घुन्सा करिब दुई घण्टाको पैदल दूरीमा रहेको छ । त्यस्तै अर्को बस्ती ग्याब्ला करिब पाँच घण्टाको दूरीमा पर्दछ । दुर्गम क्षेत्र फलेका बासिन्दाले अहिलेको समयमा पशुचौपायाको स्वास्थ्य परीक्षण तथा उपचार गर्न चाहेमा पनि तत्काल सम्भव नरहेको बताए ।

स्थानीय फुटी शेर्पाका अनुसार चिसोबाट पशुचौपायालाई बचाउने उपायबारे आफूहरु पशु विषेशज्ञको परामर्शका साथै स्थानीय जनप्रतिनिधिसँग सहयोग लिने पहुँचमा छैन । हिउँका कारण अहिले आउजाउ गर्नलाई बाटो अवरुद्ध रहेको छ भने सहजरूपमा टेलिफोन सम्पर्क गर्ने स्थितिसमेत नभएको उनको भनाइ थियो । स्थानीयवासीका अनुसार चौँरी र अन्य पशुचौपायालाई पनि चिसोले निकै समस्या बनाएको छ । त्यहाँका बासिन्दा हाल घरभित्रै आगो तापेर बस्नाका साथै साथै न्यानो–न्यानो कपडा प्रयोग गरेर बस्दै आएका छन् ।

हिमालका आफ्नै दुख छन् । आफ्नै ब्यथा छन् । एकातिर चिसोबाट आफूलाई जोगाउनु त छदैछ,त्यसमाथि चौरीलगायत पशुचौपायाको स्याहार सुसार ।

हिमालका आफ्नै दुख छन् । आफ्नै ब्यथा छन् । एकातिर चिसोबाट आफूलाई जोगाउनु त छदैछ,त्यसमाथि चौरीलगायत पशुचौपायाको स्याहार सुसार ।

यो पनि…
सामुदायिक वनमा भएको कर वृद्धिले उपभोक्ता मारमा
मैयादेवी कन्या क्याम्पस : आर्थिक अभावदेखि देशकै उत्कृष्टसम्म



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।