अन्तिम भेट
‘दादे भन्न तैंले जेरी माउसलाई अन्तिमपटक कहिले भेटिस् ? मेरो मतलब तिमीहरूको अन्तिम भेट कहिले भएको थियो ?’
यो एउटा यस्तो प्रश्न थियो जसको उत्तर न मैले न उसले नै भन्नसक्ने अवस्था छ । हामी त के स्वयं देवलोकबाट पनि कसैले भन्न सक्नेवाला छैन । अन्तिमपटक भेटेको त्यो पलमा हामी अलग हुनेगरी भेटेकै थिएनौँ । त्यसैले, पनि हाम्रो त्यो भेट अन्तिम हुन पाएन । यसलाई अझ यसरी भनौँ हाम्रो अन्तिम भेट कहिल्यै हुनै पाएन । हामीले आउँदा दिनमा अझै थुप्रैपटक भेटेर थुप्रै कथाहरू कोर्न बाँकी नै छन् । उ कहिल्यै अन्त्य नहुने त्यस्तो कथा हो ।
उ र म कहिल्यै अलग भएकै छैनौं । हामी अलग नभएको यो कथाको अन्तिम भाग कहिल्यै आउनेछैन । किनकी, जति नै जेलिए पनि जेरीको हरेक भाग उत्तिकै मीठो हुन्छ ।
जस्तो कि हामी कोही प्रिय व्यक्ति घाटमा जलाएर भुल्छौं र ? अहँ ! भुल्दैनौँ । दागबत्ती दिएर आएको आमा बुवाको नाम हामी जलाएर आउँदैनौँ । जेरी माउस त्यस्तै नाम हो । उ र म कहिल्यै अलग भएकै छैनौं । हामी अलग नभएको यो कथाको अन्तिम भाग कहिल्यै आउनेछैन । किनकी, जति नै जेलिए पनि जेरीको हरेक भाग उत्तिकै मीठो हुन्छ । जति नै पासो थापिए पनि मुसाले गर्ने चकचक कम हुँदैन । उति नै हुन्छ । त्यसैले जेरी माउससँग मेरो सम्बन्ध जिन्दगीको अन्तिम जेरीसम्म रहनेछ । अन्तिम भेट बाँकी नै छ ।
मैले उसलाई अन्तिमपटक देख्दा उसको स्वयंवर भएको थियो । उसलाई देखेको कुरा उसैले नदेखेको हुनसक्छ । बेहुली हुँदा घुम्टो र लज्जाले शिर उठाएर यताउता हेर्न पनि त दिँदैन । म उसको बिहेमा उसलाई खुसीको उपहार दिन किटक्याटको सेलिब्रेसन प्याक लिएर गएको थिएँ । मलाई त्यतिबेला अब उपरान्त जिन्दगीभर मैले सेलिब्रेट गर्ने कुनै पनि दिन होला भन्ने नै थिएन । हुँदै हुँदैन भन्ने थियो । त्यस उपरान्त मैले सेलिब्रेट गर्ने थुप्रै अवसर भने पाएकै हुँ । तर, सबै अवसरमा मैले ढोका उघाउन असफल भएँ ।
प्रयास नै नगरेको भने हैन । तर, एउटा ब्याट्समेन सतकको दौडमा ९९ मा आउट भएपछि के नै गर्नसक्छ र ? आज पनि अवसर मेरै आँगनमा आइसकेको छ । त्यसैगरी, जसरी जन्ती मेरै पछिपछि उसको घर आइपुगेको थियो । चलचित्रमा जस्तै बिहे हुनु अगाडि मैले उसलाई भगाउन सकिनँ । मैले नै लेख्ने अनेक कथामा नायकले जे पनि गर्न सक्छन्, तर मैले लेखेको कुरा गर्न सकिन ।
उसको बिहेमा उसलाई मनपर्ने सबैकुरा ल्याइएको थियो । नारीलाई के मनपर्छ ? गहना, श्रृङ्गार सामग्री, अनेक थरी पहिरन त्यति नै हैन र ? त्यो सब त्यहाँ ल्याइयो । त्योबेला ल्याउन छुटेको भनेको उसको मनपसन्द दुलाहा ! मिस्टर अधिकारी ।
एकाउन्टमा फस्ट इन फस्ट आउट र लास्ट इन फस्ट आउटको बारेमा त खुब पढेको थिएँ । उसको जिन्दगीमा अब त्योमध्ये एक केही बेरमै लागू हुँदै थियो । फस्टमा आएको म फस्टमै निस्किएँ । ताराबारी ढाटबाट केही पर बिहेको रौनकमा दुई मुहार खुसी थिएनन् । जेरी माउस एन्ड बिग माउस । उसको बिहेमा उसलाई मनपर्ने सबैकुरा ल्याइएको थियो । नारीलाई के मनपर्छ ? गहना, श्रृङ्गार सामग्री, अनेक थरी पहिरन त्यति नै हैन र ? त्यो सब त्यहाँ ल्याइयो । त्योबेला ल्याउन छुटेको भनेको उसको मनपसन्द दुलाहा ! मिस्टर अधिकारी ।
उसका दुलाहाले स्वयंवरको औँठी लगाइदिँदै गर्दा मेरा गोडा काप्न थालेका थिए । मदिरा र धतुरोले लठ्ठ भएझैं आँखा राता भइसकेका थिए । तर, जब उसको पालो आयो अचानक मौसम बदलिएको आभास भयो । पालो दुलहीको थियो । उसले आफ्नो दुलहालाई औँठी लगाउन हात अघि गरी त्यतिबेला यस्तो लाग्यो कसैले मेरो पैतालामुनिबाट जमिन नै तानेर लग्यो । कुनै चलचित्रको दृश्य हुन्थ्यो भने म स्लो मोसनमा भुइँमा लड्ने थिएँ । आँसुले आँखा र आत्माले शरीर एकैसाथ छोड्यो । त्यतिबेलासम्म मेरो शरिरमा रहस्यता पसिसकेकी थिई र भुइँमा लडिनँ नत्र प्रश्न चिन्ह उठ्न सक्थ्यो ।
विज्ञापनमा भनेजस्तो सजिलो छैन जिन्दगीमा–जे आउँछ मज्जाले पचाउँछ । रहस्यताले मलाई बिहेको त्यो घरबाट पर लिएर आई ।
जन्ती आएको घरमा एउटा अपरिचित मान्छेको मृत्युको कुरा सजिलै पच्ने थिएन । विज्ञापनमा भनेजस्तो सजिलो छैन जिन्दगीमा–जे आउँछ मज्जाले पचाउँछ । रहस्यताले मलाई बिहेको त्यो घरबाट पर लिएर आई । दायाँबायाँ कतै नहेरी म हिँडिरहेँ । मेरो जुत्ताभन्दा बाहेक केही देखिनँ । आँखा भारी बोझ लिएर बसेझैँ लाग्यो । आँखा बिसाउने भनेको कि सिरानी हो कि कसैको अँगालो । त्यहाँ दुइटै सम्भव थिएन ।
रातजस्तै निरीह बसेको बाँसको झ्याङमा नजर ठोक्कियो । त्यसपछि के चाहिन्थ्यो र त्यहीँ बसेर म खुब रोएँ । धेरै बेरसम्म रोइरहेँ । छोरा मान्छेले रुनु हुँदैन भन्ने नजानेर हैन मनमा बह सञ्चय गरेर राख्न नसकेर रोएँ । यदि, आँसुले कसैको प्रेम बयान गथ्र्यो भने त्यो दिन दमकमा प्रलय नै आउने थियो र मेरो जेरी माउसले अरू कसैको हुनुपर्ने थिएन । आइ ह्याड अ नेचर कल द्याट मोमेन्ट अनि बल्ल दायाँबायाँ हेर्ने फुर्सद मिल्यो । परपरसम्म कोही नदेखेपछि बाँसको झ्याङमा मैले सिँचाइ गरिदिएँ ।
एकछिन यस्तो लाग्यो लिंग पनि आँसु नै बगाइरहेको छ । कल्पनामा जे पनि जायज छ हुन त यो दुनियाँमा पनि नाजायज केही छैन, तर हामी देख्छौँ । कल्पनामा कसैको नियन्त्रण नहुँदो रहेछ त्यही भएर हुनुपर्छ परबाट बेहुलीको निवासमा कोही दौडँदै मेरो नजिक आइरहेको थियो । हत्तपत्त मैले भित्री कुरा भित्र लुकाएर चेन बन्द गरेँ । दौडँदै आएको दृश्य मेरो आँखाभित्र पस्यो र विलय भयो मभित्र । यस्तो लाग्यो मेरो जेरी माउस कसैको भइनँ । नेभर एभर ।
‘हो कृष्ण–रुकमिणिका भए, तर संसारले उनलाई राधा बाहेकको कहिल्यै सोच्न सकेन । यो जीवन्त कथा हो र यसमा उ कृष्ण बनेकी छे । ऊ राधा अर्थात् म बिना कसरी पूर्ण हुन्छे र ?’
‘ऊ त अहिले पनि कसैकी छैन भन्नेकुरा तँलाई थाहै छ त ?’
‘हो कृष्ण–रुकमिणिका भए, तर संसारले उनलाई राधा बाहेकको कहिल्यै सोच्न सकेन । यो जीवन्त कथा हो र यसमा उ कृष्ण बनेकी छे । ऊ राधा अर्थात् म बिना कसरी पूर्ण हुन्छे र ?’
‘त्यसोभए अब के ?’
हरेक कुरा आसमा चल्छ । जिन्दगी ज्युनु पनि त आसाकै अर्को नाम हो । मान्छे मात्र हैन प्रश्न पनि आस गर्छन् । कमसेकम उत्तरको आस । हरेक प्रश्न उत्तरको आसमा हुन्छन् । तर, हरेक प्रश्नको उत्तर हुँदैन । सायद ‘अब के’ भन्ने त्यस्तै प्रश्न हो । केही पनि उत्तर नभएको प्रश्न । किनकी, अब जे पनि हुनसक्छ । नसोचेको हुनसक्छ ।
आँसुले प्रेमको मात्रा बयान नगर्ने भएपछि देखिनेजति पुछेर नदेखिने आँसु रुँदै म ताराबारी ढाटदेखि एकोहोरो हिँडिरहेँ । कहिलेकाहीँ छेउबाट दौडिएको गाडीको सहचालकले बोलाउँथे तर मैले कुनै आवाजलाई पछ्याइन । म त्यो सब आवाजमा एउटा उसको आवाज खोजिरहेको थिएँ । ‘रूपक पख्नुस् मलाई लिएर जानुस्’ सुन्न चाहेको थिएँ । सबै चाहत कहाँ पूरा हुन्छन् र । सबै डाकु कहाँ ‘वाल्मिकी’ बन्न पाउँछन् र ?
करिब ६ किमिको त्यो यात्रामा मैले रेडियो सम्झिएँ । मोबाइल सम्झिएँ । डायरी सम्झिएँ । र सम्झिएँ उर्लाबारीमा भएको त्यो पहिलो भेट । पहिलो भेटमा हामी पहिलोपटक भेटेजस्तो लाग्दै लागेन । सायद त्यहीँबाट कहानीमा अन्तिम भेट चाहेर पनि नलेखिएको हुनुपर्छ ।
करिब ६ किमिको त्यो यात्रामा मैले रेडियो सम्झिएँ । मोबाइल सम्झिएँ । डायरी सम्झिएँ । र सम्झिएँ उर्लाबारीमा भएको त्यो पहिलो भेट । पहिलो भेटमा हामी पहिलोपटक भेटेजस्तो लाग्दै लागेन । सायद त्यहीँबाट कहानीमा अन्तिम भेट चाहेर पनि नलेखिएको हुनुपर्छ ।
‘अब ऊसँग फेरि भेट भयो भने ?’
‘उसको वर्षौंपछि आएको म्यासेजले झन्डै लडेको छु । मोबाइलको डिस्प्ले उड्नबाट जोगिएको छ मेरो त धड्कन पनि उड्छ होला । सास पनि रोकिन्छ होला । भेटमा त बेहोस नै हुन के बेर । भेटेर कसिलो अँगालोमा बाँध्न मन छ । बाँसको झ्याङमा रोएर नथाकेका आँखा अझै रुन मन छ । थाहा छ समाजले उसलाई अरू कसैको हो भन्छ, तर मन समाजको अधिनमा न कहिल्यै बसेको थियो न अब बस्नेछ । मन आफ्नै अधीनमा त बस्दैन ।’
मायाको मुहानमा कहिल्यै सुक्खा लाग्दैन र त्यही भएर एन्जिल फल्स जस्तै एकोहोरो झरिरहन्छ । नाइल नदिजस्तै बेतमास बगिरहन्छ । यो घामजस्तै छ कहिलेकाही बादल लाग्दा, कुहिरो लाग्दा छैन जस्तो लाग्छ तर रातमा अस्ताएको घाम जस्तै फेरि बिहान भएर उदाइरहेको हुन्छ ।
‘भनेपछि भुपु मायालु भेट्ने नै भइस् ?’
‘माया मन्त्री मण्डल हैन कि खरिदारहरू, भुपु हुनका लागि । मन्त्रालयमा पो मुहार फेरिन्छ र भूतपूर्व मन्त्री हुन्छन् त । माया त समुन्द्र हो । यसमा कहिले सानो छाल उठ्ला, कहिले भयानक ठूलो उठ्ला तर कहिल्यै सुक्दैन । मायाको मुहानमा कहिल्यै सुक्खा लाग्दैन र त्यही भएर एन्जिल फल्स जस्तै एकोहोरो झरिरहन्छ । नाइल नदिजस्तै बेतमास बगिरहन्छ । यो घामजस्तै छ कहिलेकाही बादल लाग्दा, कुहिरो लाग्दा छैन जस्तो लाग्छ तर रातमा अस्ताएको घाम जस्तै फेरि बिहान भएर उदाइरहेको हुन्छ । त्यसैले, आफ्नो माया सधैँ भेट्नेछु । अन्तिमसम्म । त्यसैले, मलाई मायाको महिना भनेर फेब्रुअरी १४ पर्खिरहनु पर्दैन ।’
‘फेब्रुअरीको कुरामा एउटा कुरा अचम्म लाग्छ मान्छेहरू किन महिना पर्खिन्छन् भन् त लु ।’
‘इट्स बिकाउज भ्यालिन्टिनो दे डन्ट नो । दे नो वन्ली भ्यालेन्टाइन डे । डे अफ पर्पोजल ।’ खासमा प्रेम दिलले गर्ने हो र यो दिल बडा जिद्दी हुन्छ एक दिन वा एक महिनाले के अघाउँथ्यो र । त्यही नअघाएको मेरो दिल ऊसँग अन्तिम भेटको कल्पनामा छ ।’
‘इट्स बिकाउज भ्यालिन्टिनो दे डन्ट नो । दे नो वन्ली भ्यालेन्टाइन डे । डे अफ पर्पोजल ।’ खासमा प्रेम दिलले गर्ने हो र यो दिल बडा जिद्दी हुन्छ एक दिन वा एक महिनाले के अघाउँथ्यो र । त्यही नअघाएको मेरो दिल ऊसँग अन्तिम भेटको कल्पनामा छ ।’
‘जिन्दगीभर प्रेम भन्छस् अनि फेरि अन्तिम भेटको पर्खाइमा भन्छस् कस्तो द्वेध चरित्र हो तेरो ?’
‘अन्त्य नै शुरुवातको अर्को रूप हो र रह्यो अन्तिमको कुरा त्यो मैले शुरुवातमा भनिसकेको छु– जेरी माउससँग मेरो सम्बन्ध जिन्दगीको अन्तिम जेरीसम्म रहनेछ ।’
यो पनि…
अनामिकाको खोजी
कथा : सकुबस