English

देवेन्द्र बब्लुका फ्यान : उपहार पठाउनेदेखि जताततै नाम लेख्नेसम्म



पछिल्लो पुस्ताले एकदमै रुचाएका गायक हुन् देवेन्द्र बब्लु । उनले गाएका प्रायः सबै गीतहरू ट्रेन्डिङमा परेका छन् । युवा पुस्तामा उनको क्रेज धेरै छ । गायक प्रकाश सपूतको भाइ हुनुको साथै आफ्नो छुट्टै पहिचान बनाउन सफल छन् उनी ।

अहिलेसम्म उनले जति पनि गीत गाए, ती सबै गीतको भिडियोमा अभिनय पनि गरेका छन् । गायक, गीतकार, निर्देशक र मोडल उनी बहुप्रतिभाले पोख्त छन् । छोटो समयमा धेरै दर्शकको माया पाउन सफल उनको फ्यान फलोइङ धेरै छ । आफ्ना केही अनौठा फ्यानलाई देवेन्द्र यसरी सम्झन्छन् :

२० देखि ३० वटा नम्बर फेरेर फोन र म्यासेज गर्ने फ्यान

पाल्पाको एक जना फ्यान हुनुहुन्छ जसले मलाई लगभग २० देखि ३० वटा नम्बरबाट फोन गर्नुभयो । फरक–फरक नम्बरबाट फोन र म्यासेज गरेर उहाँले धेरै दुःख दिनुभयो । एउटा नम्बरलाई बल्क लिस्टमा हाल्यो अर्को नम्बरबाट फोन गरी हाल्ने । एकपटक लामो कुरा गरेर मैले उहाँलाई राम्ररी सम्झाएँ त्यसपछि उहाँले फोन गर्न छोड्नुभयो ।

अफिस नजिकैको क्याफेमा विभिन्न उपहार छोडेर जाने फ्यान

अनामनगर हाम्रो अफिसनजिकै एउटा क्याफे छ । त्यस क्याफेमा म बेला–बेलामा कफी पिउन जाने गर्छु । त्यस क्याफेमा एक जना फ्यानले मेरो लागि उपहार छोडेर जानुभएको रहेछ ।

क्याफेको रिसेप्सनबाट मलाई उपहार दिनुभयो तपाईंको लागि एकजनाले छोडेर जानुभएको भनेर । कसले भनेर मैले सोधेँ, उहाँहरूले नाम खुलाउन मिल्दैन भन्नुभयो । ती फ्यानले बारम्बार मेरो लागि क्याफेमा उपहार छोडेर जानुहुन्छ । कहिले गलबन्दी त कहिले फूल तर उहाँको नाम भने मलाई थाहा छैन ।

१२ घण्टा एकै ठाउँमा बसेर मेरो प्रस्तुति कुर्ने फ्यान

केही समयअघि पोखराको एउटा कार्यक्रममा प्रस्तुति दिनको लागि पोखरा पुगेको थिएँ । साँझ सात बजे मेरो प्रस्तुति थियो । म सात बजे प्रस्तुतिको पुगे त्यहाँ एक जना व्यक्ति मलाई भेट्नको लागि एक जना व्यक्ति कुरिरहनुभएको रहेछ ।

कार्यक्रम आयोजक समितिका एक जनाले ती व्यक्तिलाई चिनाउँदै भने,– ‘तपाईंको प्रस्तुतिको लागि र तपाईंलाई भेट्नको लागि बिहान ७ बजेदेखि तपाईंलाई कुरेर बस्नुभएको उहाँ ।’ मलाई भेटेर उहाँ एकदमै खुसी हुनुभयो । पोखराको ती फ्यानलाई म कहिल्यै बिर्सन्नँ ।

जताततै मेरो नाम लेखी फोटो खिचेर पठाउने फ्यान

एक जना महिला फ्यान पनि मलाई अनौठो लाग्छ । ती फ्यानले मलाई बेला–बेलामा मलाई म्यासेज गरिरहनुहुन्छ । भित्तामा, किताबमा, ढुङ्गामा र बालुवामा छुट्टाछुट्टै ठाउँमा मेरो नाम लेखेर फोटो खिचेर पठाउनु हुन्छ । फोटोसँगै तपाईं एकदमै मन पर्छ, म तपाईंको ठूलो फ्यान हो जस्ता म्यासेजहरू पनि पठाउने गर्छिन् ती फ्यानले ।

यो पनि पढ्नुहोस् :
ज्योती भन्छिन्– ‘फ्यानले ओठमा किस गर्दा बान्ता आयो’
सोनिकाका फ्यान– सुनको सिक्री गिफ्ट दिनेदेखि झम्टेर रुनेसम्म



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested