English

‘कालो दाल र ग्वारामरीमा बाल्यकाल देख्छु’– भुवन चन्द



नेपाली सिने नगरीकी पहिलो अभिनेत्री हुन्– भुवन चन्द । १४ वर्षकै उमेरमा उनले ‘आमा’ चलचित्रबाट डेब्यु गरिन् । जसमा उनले मूख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन् । त्यतिबेला गरेको संघर्ष अझै पनि उनको मानसपटलमा ताजै छन् । बालखैमा करिअर सुरु गरेकी चन्दलाई जीवनको कुनै क्षण सम्झनुपर्यो भने के सम्झनुहुन्छ ? भन्ने प्रश्नमा उनी भन्छिन्– बालापन ।

सबैलाई बाल्यकाल प्रिय लाग्छ । त्यतिबेला गरेका हरेक क्रियाकलापहरू विशेष हुन्छन् । उसबेला मनपरेका केही परिकार जीवनभर रोजाइ बन्छ । त्यसो त बाल्यकालमा खाएको खानेकुरालाई सम्झँदै भुवन भन्छिन्–‘पहिले पाइने जस्तो शुद्ध खानेकुरा अहिले कहाँ पाइन्छ र ?’

चन्दको बाल्यकाल क्षेत्रपाटी, धोबीचौर र ठमेलमा बित्यो । त्यतिबेला अहिलेजस्तो घरैपिच्छे पसल थिएनन् । त्यसैले जंकफुड खाने कुरा परै जाओस् । बाल्यकाल सम्झँदै उनी भन्छिन्– ‘घरमा बिहान बेलुका खाना पाक्थ्यो दिउँसो खाजाका रुपमा भुटेको भात खाने चलन थियो ।’

उनलाई मनपर्ने परिकार भने कालो दालसँगको खाना हो । जो अहिले पनि उनको रोजाइमा पर्छ । भात, कालो दाल, चम्सुर पालुङ्गोको साग, गोलभेँडाको अचार र आलु भुजिया एकदमै मन पथ्र्यो । घरमा यी परिकार बनेको दिन उनी निकै खुशी हुन्थिन् ।

उनलाई मनपर्ने परिकार भने कालो दालसँगको खाना हो । जो अहिले पनि उनको रोजाइमा पर्छ । भात, कालो दाल, चम्सुर पालुङ्गोको साग, गोलभेँडाको अचार र आलु भुजिया एकदमै मन पथ्र्यो । घरमा यी परिकार बनेको दिन उनी निकै खुशी हुन्थिन् । ‘कालो दालसँग खाना भनेपछि हुरुक्कै हुन्थेँ,’ बाल्यकालमा खाएको कालो दाल सम्झँदै भन्छिन्, ‘अन्य दाल मन नपर्ने त होइन तर ताप्केमा बनाएको कालो दाल र फुर्र परेको खानाले मेरो मन जित्थ्यो ।’

कालो ताप्केमा बनाएको दालको स्वाद त अहिले पाइँदैन तर, पहिलेको जस्तै स्वाद बनाउने प्रयास गर्ने गरेको उनी सुनाउँछिन् । ‘कालो दाल बनाउँदा कुकरमा २ देखि ३ सिट्ठी लगाउँछु र फलामको कराईमा खनाएर सानो आगो पारेर पकाउँछु,’ उनी भन्छिन्, ‘दाल लतक्क हुने गरी पाकिसकेपछि घ्यूमा हिङ, अदुवा र जिम्बु राखेर झान्छु ।’

यसरी बनाएको दाल उनलाई असाध्यै मिठो लाग्छ । त्यसो त अहिले पनि उनको घरमा अन्य दालको तुलनामा कालो दाल धेरै पाक्छ । उनका श्रीमान्लाई उनले पकाएको कालो दाल निकै मन पर्छ ।

भुवन हिजोआज असन गएको बेला ग्वारामरी खान्छिन् । ‘ग्वारामरीमा बाल्यकाल देख्छु,’ भुवन भन्छिन्, ‘फेरि कहाँ आउला र घुमेर बालापनको त्यो उमेर ।’

बाल्यकालमा उनलाई हलुवा र स्वारी खुब मन पर्थ्यो । ‘असनमा रहेको नारायण दाइको पसलमा गएर हलुवा र स्वारी खुब खान्थे,’ उनी सुनाउँछिन् । संकटानजिक पाइने ग्वारामरी पनि उनको रोजाइमा पर्थ्यो । त्यसैले भुवन हिजोआज असन गएको बेला ग्वारामरी खान्छिन् । ‘ग्वारामरीमा बाल्यकाल देख्छु,’ भुवन भन्छिन्, ‘फेरि कहाँ आउला र घुमेर बालापनको त्यो उमेर ।’

यो पनि…
उहिले र अहिलेको दर
यी ८ नायिका जसको करिअर सञ्चार क्षेत्रबाट सुरु भयो



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।