English

मौसम सफा रहने



आगामी तीन दिनसम्म मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि त्यसको उल्लेखनीय असर नदेखिएको महाशाखाको विश्लेषण छ ।

उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रहनुका साथै तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

आइतबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सोमबार पनि मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार