English

आज शनिबार तपाईंको राशिफल यस्तो छ



आज २९ माघ २०७८ शनिबार । तद्नुसार १२ फेब्रुवरी २०२२ । माघशुक्लपक्ष एकादशी (भीमाएकादशी) नेपालको पवित्रधाम देवघाटको मकरस्नान समाप्ति भएको छ । आजको दिनलाई महिनाको अन्तिम दिन भएको हुनाले मसान्त भन्ने चलन पनि रहेको छ ।

मृगशिरा नक्षत्र, विष्कुम्भ योग, विष्टी करण, चन्द्रमा मिथुन राशिका रहेको छ । आज विहान सूर्योदय ६ः४६ मा भयो भने र सूर्यास्त १७ः५२ मा हुनेछ । आजको देवता यमराज र ग्रहदेव शनि रहेको छ ।

शनिबारको दिन भएकाले आज विहान पिपलको बृक्षमा जल अभिषेक गर्दा शनिग्रहको प्रभाव कम हुने गर्दछ । एकादशीको दिन सनातनी र नियमित एकादशीको व्रत लिने गरेको व्यक्तिले अन्न ग्रहण गदैनन् । आज विहान ९ः३२ देखि १०ः५५ सम्म राहुकाल रहेको छ । राहुकाल रहेको समयमा कुनै पनि शुभ काम नगर्नु भन्ने शास्त्रीय मत रहेको छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :  आज व्यापार ब्यवसायबाट लाभ हुनेछ । तपाईंको कार्य योजना सफलताको लागि आफन्तजनको सहयोग बाट शुभ कार्य हुनेछ । यात्रामा निस्कनु भन्दा पहिले कन्यालाई दक्षिण दिएर निस्कदा राम्रो हुनेछ । पूर्व दिशातर्फ यात्रा नगर्नु होला । 

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुनसक्छ । ब्यापारको कामबाट फाइदा पुग्ने छ । तपाईं सकारात्मक भएर आफनो नियमित काममा लाग्नुहोला । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना बन्नेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :  परिवार र आफन्तजनले तपाईंमाथि स्नेह गर्नेछन् । चन्द्रमाको साथ रहेको छ, आज विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । तपाईको शुभ दिन रहेको छ । आज एकादशी समेत भएकाले व्रत बस्नुभयो भने मनमा प्रसन्नता छाउने छ । सामाजिक सेवाको काम गर्दा तपाईंको लागि मानसम्मान समेत मिल्नेछ ।  

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :  पारिवारिक तनावका कारण तपाईंलाई केही समस्या आउनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :  आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । यात्राबाट खुसियाली छाउने छ । परिवारको साथ सहयोगले तपाईंको मनमा प्रशसन्नता छाउने छ । आजको दिन व्रत र मौन रहनु निकै लाभदायक हुनेछ ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :  मनमा रहेको चिन्ता हटदै जानेछ । तपाईंको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । कुमारी कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । आज जेष्ठ सदस्यबाट आशीर्वाद प्राप्त गर्नु उत्तम हुनेछ ।  

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :  आजको दिन तपाईंको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :  यात्राको अवसर आएपनि यात्रा गर्दा सोच विचार राख्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईंलाई विवादबाट हानी मात्र हुनेछ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । सकारात्मक सोच, र नियमित काममा समय खर्चनुहोला । मौन रहनु उत्तम हुनेछ ।   

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :  आजको दिन आकस्मिक धनलाभ हुनेछ । आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईंलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाको कार्यमा लाग्नु होला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :  आजको दिन अध्यात्म साधना र आरधनाले तपाईंलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईंको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । नियमित काममा मात्र लाग्नुहोला । नयाँ कामको थालनी नगर्नु होला ।      

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :  सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । कुमारी कन्यालाई  खानेकुरा र बस्त्र दान दिनेभयो भने तपाईंलाई आशीर्वाद मिल्नेछ ।   

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :  विहान उठेर सूर्योदयको दर्शन गर्नुहोला । कार्यको कामको समीक्षा र आगामी हप्ताको कार्ययोजना बनाउनु होला । अध्ययन, अनुसन्धान र लेखनको काममा समय दिनु भयो भने उत्तम हुनेछ । तपाईंको लागि यात्राको अवसर पनि आउनसक्छ । स्वास्थ्यमा ख्याल गर्नुहोला । देवालयको र गुरुजनको आशीर्वादको लागि गुरुसेवा गर्दा फल प्राप्त हुनेछ । सिर्जनात्मक कार्यसूची बनाउनु उत्तम हुनेछ ।   



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे

प्रा.डा. गुरुप्रसाद सुवेदी भगवान शिव महाश्मशानका देवता हुन् । शिव एउटा तत्व हो । श्मशानघाटमा नै उहाँ बस्नुभएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको