English

अमेजनले तिर्यो ‘लाइगर’ लाई ६० करोड



साउथ सुपरस्टार विजय देवरकोन्डाको बहुप्रतिक्षित फिल्म ‘लाइगर’ लाई लिएर दर्शकमाझ छुट्टै उत्साह छ । यही फिल्मबाट विजयले बलिउडमा पाइला चाल्दैछन् । विजयलाई हिन्दी दर्शकले फिल्म ‘अर्जुन रेड्डी’का कारण चिन्दछन् । जुन फिल्म बक्सअफिसमा सुपरहिट साबित भएको थियो ।

हालै मात्र फिल्मका निर्माताले फिल्मको डिजिटल राइट अमेजन प्राइम भिडियोलाई बेचेका छन् । उनीहरूले ६० करोड रुपैयाँमा फिल्म बिक्री गरेका हुन् । फिल्मका निर्माताहरूले ८० करोड माग गरे पनि अमेजन भने ६० करोडबाट अगाडि बढ्न चाहेन । यो फिल्म पहिला थिएटरमा रिलिज हुनेछ । त्यसपछि मात्र निर्माताले यसलाई ओटीटीमा रिलिज गर्ने बताइएको छ ।

फिल्म ‘लाइगर’ मा विजयसँगै अभिनेत्री अनन्या पाण्डेको अभिनय छ । फिल्मको सेटबाट केही समयअघि दुवैको तस्बिर सार्वजनिक भएको थियो । जसमा दुवैजना स्टन्ट गरिरहेको देख्न सकिन्छ ।

फिल्ममा विजय र अनन्याका अलावा माइक टाइसन पनि देखिँदैछन् । माइकले केही दिनअघि फिल्मको लागि सुटिङ पूरा गरेका थिए । फिल्ममा माइकको स्पेसल केमियो हुनेछ । फिल्ममा विजयले माइकबाट प्रभावित बक्सरको भूमिका निभाउँदैछन् ।

यो पनि
अनुपम खेरले सार्वजनिक गरे ‘उचाइ’ लुक्स
ओटीटीमा ‘अन्तिमः द फाइनल ट्रुथ’को रेकर्ड



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

Latest










Popular
Suggested