English

ललितपुरको मुक्तिनाथ धाममा बढ्न थाले भक्तजन



ललितपुरको गोदामचौ ढुंगेसाँघुस्थित नवनिर्मित मुक्तिनाथ धाममा हिजोआज हरेक दिन बिहान दर्शनार्थीको भीड लाग्न थालेको छ । स्थानीय जागरुक युवाहरूले मुक्तिनाथ मन्दिर निर्माण गरेपछि धार्मिक पर्यटकहरूको आकर्षण बढ्न थालेको हो ।

ढुंगासाँघु टोलसुधार समितिका अध्यक्ष राधाकृष्ण कार्की दिनमा पाँचदेखि ६ हजारसम्म दर्शनार्थी आउने गरेको बताउँछन् । उनले भने, ‘आजकल कोरोनाका कारण केही भीड घटेको छ । दिनमा दुई लाख १४ हजारसम्म चन्दा उठेको छ ।’

गणेश, शिव, रामसीता सप्तऋषि, मुक्तिनाथ, भुदेवी र श्रीदेवीको मूर्ति स्थापना गरिएको छ । मन्दिरसँगै १ सय ८ धारा पनि राखिएको छ । २०७४ सालमा भुवन व्यासद्वारा सप्ताह महायज्ञ आयोजना गरेर २९ लाख ५० हजार उठेपछि यहाँ मुक्तिनाथ धाम निर्माण गरिएको स्थानीय रमेश केसीले बताए ।

पछिल्लो समय मन्दिरमा भीड लाग्दा सवारी पार्किङ गर्न कठिन भएकाले व्यक्तिको खेतमा गाडी राख्नुपरेको उनको भनाइ छ । कार्कीका अनुसार मन्दिरमा दिनभरि नै दर्शनार्थीहरू आइरहन्छन् । दिनभर भजन गुञ्जिन्छ ।

गणेश, शिव, रामसीता सप्तऋषि, मुक्तिनाथ, भुदेवी र श्रीदेवीको मूर्ति स्थापना गरिएको छ । मन्दिरसँगै १ सय ८ धारा पनि राखिएको छ । २०७४ सालमा भुवन व्यासद्वारा सप्ताह महायज्ञ आयोजना गरेर २९ लाख ५० हजार उठेपछि यहाँ मुक्तिनाथ धाम निर्माण गरिएको स्थानीय रमेश केसीले बताए ।

मन्दिर निर्माण गर्न विभिन्न निकाय र दानवीर दाताहरूको सहयोगमा एक करोड ३८ लाख रुपैयाँमा यो मन्दिर निर्माण गरिएको हो । मुक्तिनाथ दर्शन गर्न जान नसक्नेका लागि यो धाम प्रख्यात हुँदै आएको छ । केसी अनुसार यहाँ पिकनिक स्पट, कागबेनीको मन्दिर निर्माण गर्ने योजना छ ।

२०७२ सालमा सयौं स्थानमा तातो ढुंगा भेटेपछि नागको मूर्ति स्थापना गरिएको केसी बताउँछन् । मन्दिर बनाउन दुई वर्ष लागेको ढुंगासाँघु टोलसुधार समितिका अध्यक्ष कार्की बताउछन् ।

जुजुभाइ महर्जनले पसल गरेर बस्ने यस ठाउँमा गणेशको मन्दिर बनाएको इतिहास छ । पछि आएर यहाँ पशुपनिनाथ मन्दिर, रामसीता र सप्तऋषिको मन्दिर स्थापना गरिएको थियो । ५० वर्षअघि ढुंगेसाँघु यस क्षेत्रको व्यापारिक केन्द्र रहेका रमेश बताउँछन् । उनका अनुसार यही बाटो हुँदै काभ्रे, भक्तपुर,सिन्धुपाल्चोकलगायत ठाउँबाट दक्षिणतर्फ हेटौडा प्रवेश मार्गसमेत थियो ।

२०७२ सालमा सयौं स्थानमा तातो ढुंगा भेटेपछि नागको मूर्ति स्थापना गरिएको केसी बताउँछन् । मन्दिर बनाउन दुई वर्ष लागेको ढुंगासाँघु टोलसुधार समितिका अध्यक्ष कार्की बताउछन् ।

यस क्षेत्रमा ठूल्ठूला ढुंगा पाइन्छन् । कृष्ण मन्दिर बनाउदा यहाँको ढुंगा लागेको जनश्रुति रहेको उनले स्मरण सुनाए । विशंखु नारायणको थान नजिकै रहेका गायत्री कुण्डबाट बग्ने गोमती नदिमा ऐतिहासिक ठूलो ढुंगाको साँघु थियो । त्यो ढुंगा ९० सालको भूकम्पले खसेको र काठको साँघु राखिएको थियो । पछिल्लो समय यो ढुंगा संरक्षणका लागि पुलमा राखिएको छ । मन्दिरलाई नदी कटानबाट जोगाउन पर्खाल लगाउन, आगन्तुकलाई दिनभर भुलाउन पिकनिक स्थल बनाउन र पार्किङ स्थल बनाउने योजना अघि बढ्ने केसी बताउँछन् ।

मन्दिरका कारणले गाँउहरुले आफै व्यावसायी बन्ने अवसर पाउन थालेका छन् । काम खोज्न अन्त जानुपर्ने अवस्था छैन । आन्तरिक पर्यटकहरूको आकर्षणसँगै गाउँमा होमस्टे, होटलको महसुस हुन थालेको छ ।

मन्दिर बनेपछि ढुंगेसाँघु परिवर्तन

मुक्तिनाथ धाम निर्माणपछि ढुंगेसाँघुको जनजीवनमै परिवर्तन आउन थालेको कार्की बताउँछन् । उनका अनुसार मन्दिर आपपास पूजा पसल र अन्य फुटपाथका सामान बेच्ने क्रम सुरु भएको छ । मन्दिरका कारणले गाँउहरुले आफै व्यावसायी बन्ने अवसर पाउन थालेका छन् । काम खोज्न अन्त जानुपर्ने अवस्था छैन । आन्तरिक पर्यटकहरूको आकर्षणसँगै गाउँमा होमस्टे, होटलको महसुस हुन थालेको छ ।

ढुंगेसाँघु जान लगनखेलबाट गोदामचौर जाने बस समात्न सकिन्छ । सातदोबाटोबाट हात्तीवन, हरिसिद्धि, ठैव, बाँडेगाउँ हुँदै गोदामचौर निस्केर आफ्नै सवारीसाधन हुनेहरु जान सक्छन् । गोदामचौर मुख्य चोकबाट केही तल मोटरबाटो हुँदै झरेपछि ढुंगेसाँघु स्वागत द्वार भेटिन्छ । यही स्वागत द्वारबाट ओरोलो मोटरबाटो पाँच सय मिट तल पुगेपछि ढुंगेसाघु गाउँ पुगिन्छ ।

यो पनि…
पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुला गर्ने निर्णय
मिथिला पर्व र परम्परा लोप हुँदै गएकामा बुढापाका चिन्तित



सम्बन्धित खबरहरु

शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे

प्रा.डा. गुरुप्रसाद सुवेदी भगवान शिव महाश्मशानका देवता हुन् । शिव एउटा तत्व हो । श्मशानघाटमा नै उहाँ बस्नुभएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।