English

प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सुरु



नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेश प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सुरु गरेको छ ।

१० दिने तालिममा मधेश प्रदेशका आठै जिल्लाका २० जनाले सहभागिता जनाएको प्रतिष्ठानका प्राज्ञ तथा कार्यक्रम संयोजक अशोक राईले बताए ।

चेतना सन्देश नेपालको स्थानीय व्यवस्थापनमा हरिवन-५ स्थित द्वन्द्व पीडित बालगृहमा प्रशिक्षण भइरहेको छ । प्रशिक्षणको सुभारम्भ प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती र बेची लुङ्गेलीले गरेका थिए ।

कार्यक्रममा चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामाले मधेशको पहिचान ढोलकसँगै मादलको संयोजन गरी प्रशिक्षण कार्यक्रममा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।

साँस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाले प्रत्येक विद्यालयमा संगीत शिक्षकको दरबन्दी राख्न सुझाव दिए । प्रशिक्षण २५ माघबाट ५ फागुनसम्म हुनेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

‘तीज क्विन’, की नामले परिचित लोकगायिका सुनिता दुलालले मंगलबार गीत ‘नबोल अरु सँग सार्वजनिक गरेकी छन् । यसमा उनलाई चर्चित

गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । तिमिल्सिना शनिबार राति ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेका

जब उमेरले बामे सर्दैगर्दा आमाबुवाले ठूलो भएपछि के बन्छस् ? भनेर सोध्दा अधिकांशको जवाफ हुन्छ डाक्टर, पाईलट, इन्जिनियर इत्यादि ।

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको बताएका छन् । चलचित्रकर्मीहरुले आफ्नो घरखेत