English

कोरोना ग्राफ पुनः उकालो



सकारले कोरोना महामारी नियन्त्रण गर्न जारी गरेका विभिन्न आदेश र निषेधाज्ञा खुकुलो बनाएसँगै देशभर पुनः कोरोना भाइरसको संक्रमण बढेको छ ।

सरकारको निर्णय, कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिसको आधारमा यही माघ १४ र २३ गते जिल्ला प्रशासन कार्यालयहरूले कोरोना नियन्त्रण गर्न जारी गरेका आदेश तथा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयहरूले पछिल्लो पटक यही माघ २३ गते विभिन्न आदेश तथा निशेधाज्ञाहरू हटाउने निर्णय गरेका थिए । त्यसयता कोरोना संक्रमितको संख्या प्रत्येक दिन बढ्दै गएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माघ २२ गते पीसीआर विधिबाट ५ हजार २२५ र एन्टीजेन विधिबाट ३ हजार २८८ गरी कूल ८ हजार ५१३ जनाको कोरोना परीक्षण गरिएको थियो । उक्त दिन १ हजार ७ १४ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो भने ९ जनाको मृत्यु भएको थियो ।

माघ २३ गते पीसीआर विधिबाट ६ हजार ४४३ र एन्टीजेन विधिबाट २ हजार ८०८ जनाको कोरोना परीक्षण गर्दा १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त दिन कोरानाका कारण ११ जनाले ज्यान गुमाएका थिए ।

सकारले कोरोना महामारी नियन्त्रण गर्न जारी गरेका विभिन्न आदेश र निषेधाज्ञा खुकुलो बनाएसँगै देशभर पुनः कोरोना भाइरसको संक्रमण बढेको छ ।

माघ २४ गते ७ हजार ८७४ जनाको पीसीआर र ३ हजार ४९१ जनाको एन्टीजेन विधिबाट गरी कूल ११ हजार ३६५ जनाको कोरोना परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको थियो भने १३ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार माघ २५ गते देशभर १ हजार ९५७ जना नयाँ संक्रमित थपिएका थिए । पीसीआर विधिबाट ८ हजार ५८७ र एन्टीजेन विधिबाट ४ हजार १०५ जना गरी कूल १२ हजार ६९२ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको थियो । माघ २५ गते कोरोनाका कारण ११ जनाको मृत्यु भएको थियो ।

आज माघ २६ गते स्वास्थ्य मन्त्रालयले जारी गरेको रिपोर्टमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०१ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ । सो अवधिमा ११ हजार ६०३ जनाको पीसीआर र ४ हजार ७५३ जनाको एन्टीजेन गरी कूल १६ हजार ३५६ जनाको कोरोना परीक्षण गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले पछिल्ला प्रत्येक दिन कोरोना संक्रमितको संख्या बढ्दै गएको देखाएको छ । सरकारले कोरोना नियन्त्रणमा आएको जनाउँदै जारी गरेका निषेधाज्ञा खुकुले बनाएपछि संक्रमण बढ्दै गएको हो ।

यो पनि

२,४०१ जनामा संक्रमण हुँदा ७,७७७ जना निको

कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण



सम्बन्धित खबरहरु

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested