चुम्बकीय शैलीमा पर्यटक तान्दै पाल्पा दरबार
केही वर्षदेखि काठमाडौंमा बस्दै आएकी गुल्मी रुरु क्षेत्र गाउँपालिका थोर्गाकी राधिका भण्डारीले ग्रामीण क्षेत्रमा उत्पादित वस्तु तथा पुराना संरचना बिर्सिसकेकी थिइन् । अहिले संग्र्रहालयमा ऐतिहासिक सम्पदाहरू देख्दा उनको मन लोभिएको छ ।
पाल्पा दरबार सङ्ग्रहालयमा अवलोकनका लागि प्रवेश गरेपछि बालापनको सम्झना आयो । बाल्यकालमा डोको नाम्लो, हँसिया, बन्चरो, हलो, जुवा, ग्रागी ताउला तथा ऐतिहासिक वस्तुहरूको अवलोकन गर्न पाउँदा खुसी लागेको भण्डारीले बताइन् ।
ग्रामीण क्षेत्रमा रहेका पुराना वस्तुहरू देख्न मुस्किल छ । बाउबाजेको पालाका सामग्रीहरू देखेर रमाउँदै तस्बिर खिचेर रमाउनेहरूको कमी छैन ।
पाल्पा दरबार २०६२ साल माघ १८ गते तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणबाट क्षतिग्रस्त भएको थियो । अहिले लुम्बिनी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको सो दरबारमा हाल संग्रहालय सञ्चालनमा छ ।
पाल्पा दरबार संग्रहालयको प्रदर्शनी कक्षमा यस क्षेत्रको इतिहास र संस्कृति झल्कने विभिन्न सामग्रीहरू राखिएको छ ।
पाल्पा दरबार २०६२ साल माघ १८ गते तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणबाट क्षतिग्रस्त भएको थियो । अहिले लुम्बिनी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको सो दरबारमा हाल संग्रहालय सञ्चालनमा छ ।
क्षतिग्रस्त पाल्पा दरबार निर्माण पूरा भएपछि २०७२ साल मंसिर ३ गते पाल्पा दरबारलाई संग्रहालय स्थापना गर्ने सरकारले निर्णय गरेको थियो । संग्रहालयको विकास भएसँगै लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्यका रूपमा विकास भएको तानसेनका स्थानीय बासिन्दा दिवाकर अर्यालले बताए ।
क्षतिग्रस्त हुनभन्दा अघि सो दरबारमा जिल्ला प्रशासन कार्यालय, मालपोत, सरकारी वकिलको कार्यालय र प्रमुख जिल्ला अधिकारीको निवासलगायतका संरचना रहेको थियो ।
विस २०७३ फागुन १५ गते दरबार संग्रहालयको उद्घाटन भएको थियो । तत्कालीन शान्ति तथा पुनः निर्माण मन्त्रालयको आर्थिक सहयोगमा २०७० सालमा पुरानै शैलीमा पाल्पा दरबारको पुनर्निर्माण सम्पन्न भयो ।
क्षतिग्रस्त हुनभन्दा अघि सो दरबारमा जिल्ला प्रशासन कार्यालय, मालपोत, सरकारी वकिलको कार्यालय र प्रमुख जिल्ला अधिकारीको निवासलगायतका संरचना रहेको थियो ।
पाल्पामा तैनाथवाला प्रतापशमशेर राणा १९८२ सालदेखि १९८९ सालसम्म निर्माण गरिएको संरचना हो, पाल्पा दरबार । प्रतापशमशेर राणाको मृत्युपछि यो दरबार प्रयोगविहीन अवस्थामा रहेको थियो ।
बेलायती शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा निर्माण गरिएको पाल्पा दरबार राजा महेन्द्रले विसं २०१५ मा प्रशासनिक कार्यालयका लागि सञ्चालनमा ल्याएका थिए ।
बेलायती शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा निर्माण गरिएको पाल्पा दरबार राजा महेन्द्रले विसं २०१५ मा प्रशासनिक कार्यालयका लागि सञ्चालनमा ल्याएका थिए । पाल्पा दरबार संग्रहालयका कर्मचारी चन्द्रबहादुर ओलीका अनुसार पाल्पा दरबार संग्रहालयमा देश तथा विदेशबाट पर्यटकहरू अवलोकन गर्न आउने गरेको बताए ।
पहिला निकै पर्यटकहरू आउने गरेकामा अहिलो कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण यसमा केही कमी आएको उनको भनाइ छ । ऐतिहासिक महत्व बोकेको पाल्पा दरबार सङ्ग्रहालय कोरोना महामारीका करण अहिले बन्द गरिएको छ ।
संग्रहालयभित्र रहेको बीचको तल्लामा जनजाति, थारू, मगर जातिको पहिचान झल्कने भेषभूषा रहेका छन् । माथिल्लो तल्लामा नेपाल–अंग्रेज युद्धमा प्रयोग भएका तोप, हातहतियार, नेपाली सैनिकका पोसाकहरू राखिएका छन् ।
संग्रहालयभित्र रहेको बीचको तल्लामा जनजाति, थारू, मगर जातिको पहिचान झल्कने भेषभूषा रहेका छन् । माथिल्लो तल्लामा नेपाल–अंग्रेज युद्धमा प्रयोग भएका तोप, हातहतियार, नेपाली सैनिकका पोसाकहरू राखिएका छन् ।
तल्लो तल्लामा पाल्पा आसपासका क्षेत्रका तस्बिर राखिएको छ । राणाकालीन समयमा पाल्पा राजनीतिक तथा प्रशासनिक केन्द्रसमेत रहेको थियो । प्रतापशमशेर राणाले स्थापना गरेकोे पाल्पा दरबार, प्रशासनिक कार्यालय, अहिले संग्रहालयका रूपमा विकास गरिएपछि पाल्पा पर्यटकीय आकर्षण केन्द्र बनेको छ ।
देववाणी संस्कृति तथा साधारण माविका शिक्षक शेषनारायण चालिसे पाल्पा दरबार पाल्पाको मात्र पहिचान नभई नेपाल मुख्य सम्पदाका रूपमा रहेको बताउँछन् । दरबारमा रहेको ऐतिहासिक वस्तुले नेपालीपनको झल्को प्रदान गर्ने ज्ञानको समेत संग्रहालय रहेको उनले बताए ।

विद्यालयका कतिपय विषयको अभ्यास शिक्षण गर्न यो दरबार निकै महत्वपूर्ण संरचनाको रूपमा विकास भएको उनले बताए । ऐतिहासिक वस्तुहरूको पहिचानका लागि देशका विभिन्न क्षेत्रबाट शिक्षक तथा विद्यार्थीहरू यहाँ घुइँचो लाग्ने गरेको छ ।
यो पनि…
पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले बनायो म्युजिक भिडियो
पर्यटकीय गन्तव्यको केन्द्र बन्यो रौतापोखरी