English

एसईई परीक्षा वैशाख ९ देखि २० गतेसम्म, ५ लाख बढी विद्यार्थी सामेल हुँदै



माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले मेरोलाइफस्टाइल डटकमलाई जानकारी दिए ।

कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा ‘स्थानीय तहको निर्वाचनलाई ध्यान राख्दै परीक्षा तोकेका हौं,’ उनले भने, ‘विद्यालयमै निर्वाचन केन्द्र रहने र कर्मचारीहरु निर्वाचनमा खटिने भएकाले निकै सोचविचार गरेर परीक्षा तालिका तय गरेका हौं ।’

‘यसपाली ५ लाखभन्दा बढी विद्यार्थीहरु एसईईमा सहभागि हुँदैछन्,’ उनले भने, ‘थोरै जिल्ला बाहेक सबैमा परीक्षा केन्द्र तोक्ने काम अन्तिम चरणमा पुगिसक्यो ।’

परीक्षाका लागि केन्द्रले पूर्ण तयारी गरिरहेको छ । जसका लागि रजिष्ट्रेसन आवेदन र केन्द्र तोक्ने काम अन्तिम चरणमा पुगिसकेको उनले जानकारी दिए । ‘यसपाली ५ लाखभन्दा बढी विद्यार्थीहरु एसईईमा सहभागि हुँदैछन्,’ उनले भने, ‘थोरै जिल्ला बाहेक सबैमा परीक्षा केन्द्र तोक्ने काम अन्तिम चरणमा पुगिसक्यो ।’

कोरोना महामारीका कारण विगत २ वर्षयता एसईईको परीक्षा नभइ आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरिएको थियो । यसवर्ष पनि गत ७ माघदेखि २९ माघसम्म ओमिक्रोन भेरियन्टका कारण विद्यालय बन्द छन् । यद्यपि, सरकारले फागुन १ गतेबाट विद्यालय खोल्ने निर्णय गरेको छ । ‘अब फागुन र चैत विद्यालय पूर्ण खुल्छन् यो अवधिमा पठनपाठनलाई निरन्तरता दिनुपर्छ,’ उनले भने, ‘अब परीक्षा हुन्छ ।’

यो पनि…
शिक्षकलाई निजामती सरह सेवासुविधा
त्रिविको स्थगित परीक्षा फागुन १ देखि [तालिका]



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।