English

भ्यालेन्टाइनमा यसरी घरमै बनाउनुहोस् चकलेट



भ्यालेन्टाइन विकको आज तेस्रो दिन अर्थात्, चकलेट डे । चकलेट डेको अवसरमा तपाईंले आफ्नै हातले घरमै चकलेट बनाएर आफ्नो पार्टनरलाई खुवाउन पनि सक्नुहुन्छ । यसका लागि तपाईंले घरमै बदाम चकलेट, काजु चकलेट, नरिवल वा जुनसुकै चकलेट बनाउन सक्नुहुन्छ । यसरी सजिलै घरमा चकलेट बनाउनुहोस् ।

चकलेट सामग्री

नरिवलको तेल वा बटर– ३/४ कप
चिनी – १ कप
कोको पाउडर– ३/४ कप
दूध पाउडर– २/३ कप
भेनिला एसेन्स– १ चम्चा
काजु, बदाम, नरिवल– एक कप

बनाउने तरिका

– सबैभन्दा पहिले पानी तताउनुहोस् ।

– पानी तातेपछि त्यसमाथि एउटा ठूलो कचौरा राखी त्यसमा नरिवलको तेल हाल्नुहोस् ।

– त्यसपछि यसमा चिनी, कोको पाउडर र दूध पाउडर मिसाउनुहोस् ।

– एकछिन पछि यसमा भेनिला एसेन्स, काजु, बदाम, तथा कोरेको नरिवल हालेर चलाउनुहोस् ।

– अब यसलाई राम्ररी मिलाएर रेशमी आकार नभएसम्म पकाइरहनुहोस् ।

पूरा पाकेपछि अब यसलाई स–साना डल्लाहरू बनाई चकलेट खान सकिन्छ ।


यो पनि…
यी हुन् पुरुषले फेसनमा ध्यान दिनैपर्ने कुराहरु
तोरीको तेल : जसले पुर्याउँछ शरीरलाई यस्तो फाइदा



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested