English

चुनावी गतिविधिमा यसरी क्रियाशील बन्दै दलहरू

नेताहरूलाई जिम्मेवारीमा खटाउने तयारी


सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै राजनीतिक दलहरू निर्वाचनसम्बन्धी गतिविधिमा क्रियाशील भएका छन् । उम्मेदवारको सिफारिस माग्नेदेखि स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षणसँगै निर्वाचनमा गठबन्धन गरेर अघि बढ्नेसम्मका निर्णय दलहरूले गर्न थालेका छन् ।

केही दलहरू भने केन्द्रीय समिति बैठक राखेर नेताहरूलाई निर्वाचन केन्द्रित जिम्मेवारीमा खटाउने तयारीमा छन् । यसरी दलहरूको तीव्र तयारीले देश ‘निर्वाचनमय’ हुँदै गएको छ । मतदाताले आफ्ना प्रतिनिधिलाई मतदान गरेर निर्वाचित गर्दै स्थानीय सरकारमा पठाउन भने ९३ दिन बाँकी छ । यहीबीचमा प्रमुख विपक्षी दल एमालेले सातै प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण र अभिमुखीकरण गर्दैछ ।

मतदाताले आफ्ना प्रतिनिधिलाई मतदान गरेर निर्वाचित गर्दै स्थानीय सरकारमा पठाउन भने ९३ दिन बाँकी छ । यहीबीचमा प्रमुख विपक्षी दल एमालेले सातै प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण र अभिमुखीकरण गर्दैछ ।

आगामी फागनुको १ र २ गते प्रदेश १ को विराटनगरमा, ३ र ४ गते मधेस प्रदेशको जनकपुरमा, ६ र ७ गते बागमती प्रदेशको काठमाडौंमा, ८ र ९ गते गण्डकी प्रदेशको पोखरामा र ११ र १२ गते लुम्बिनी प्रदेशको बुटवल र दाङमा प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम गर्ने तय भएको छ ।

१४ र १५ गते कर्णाली प्रदेशको सुर्खेत र १६ र १७ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम गर्ने एमालेले जनाएको छ । प्रशिक्षणमा प्रदेश कमिटी इन्चार्ज, सह–इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका स्कुल विभागलगायत सहभागी हुनेछन् ।

एमाले यसरी निर्वाचनको तयारीमा जुट्दा सत्तारूढ गठबन्धनको एउटा घटक एकीकृत समाजवादीले निर्वाचनमा गठबन्धनलाई कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ । सिंगो गठबन्धन निर्वाचनमा होमिनुपर्नेमा जोड दिएको छ ।

एमाले यसरी निर्वाचनको तयारीमा जुट्दा सत्तारूढ गठबन्धनको एउटा घटक एकीकृत समाजवादीले निर्वाचनमा गठबन्धनलाई कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ । सिंगो गठबन्धन निर्वाचनमा होमिनुपर्नेमा जोड दिएको छ ।

मंगलबारको सचिवालय बैठकपछि महासचिव डा. वेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनको एकता कायम राख्दै गठबन्धनको शक्ति सम्पूर्ण रूपमा निर्वाचनमा केन्द्रित गर्नुपर्दछ । यस सन्दर्भमा हाम्रो पार्टी गठबन्धनमा सामेल सबै दलहरूलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आह्वान गर्दछ ।’

एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनविरुद्ध उभिएका पाँच दलको गठबन्धन सरकार छ । एकताबद्ध भएर निर्वाचनमा गए मात्रै एमालेलाई गठबन्धनले पराजित गर्न सकिन्छ भन्ने बुझाइ एकीकृत समाजवादीको छ । कुनै बेला स्वतन्त्र मधेसको एजेन्डा बोकेका डा. चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्र्टीले त उम्मेदवारको स्वघोषणा वा सिफारिस गर्न आह्वानसमेत गरिसकेको छ ।

कुनै बेला स्वतन्त्र मधेसको एजेन्डा बोकेका डा. चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टीले त उम्मेदवारको स्वघोषणा वा सिफारिस गर्न आह्वानसमेत गरिसकेको छ ।

उम्मेदवार हुन स्वघोषणा गर्ने वा सिफारिस गर्ने अन्तिम मिति आगामी १५ फागुन भनिएको छ । डा. राउत नेतृत्वको पार्टीले हालै मधेसमा किसान आन्दोलन गरेको थियो । यो दलले मधेस प्रदेशको सत्ता नेतृत्व दल र संघीय सरकारमा पनि सहभागी रहेको जनता समाजवादी पार्र्टी (जसपा) लाई चुनौती दिन सक्ने कतिपयको विश्लेषण छ ।

यस्तै, सह–महामन्त्री भीष्मराज आङदेम्बेका अनुसार बुधबार दिउँसो ३ बजे स्थानीय तह निर्वाचनलगायत एजेन्डामा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै छ । बैठक मंगलबार पनि बसेको थियो । बिहीबार भने कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
माओवादी केन्द्रले पनि २८ र २९ माघमा स्थानीय तह निर्वाचन केन्द्रित जिम्मेवारी नेताहरूलाई दिने गरी केन्द्रीय समिति बैठक बोलाएको छ । स्थानीय निर्वाचन आगामी ३० वैशाखमा हुने भएको छ ।

यो पनि
३० वैशाखमै स्थानीय तहको निर्वाचन
मतदाता नामावली प्रकाशनको तयारीमा आयोग



सम्बन्धित खबरहरु

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली