English

प्रेम प्रकट गर्न रातो गुलाब नै किन ?



१४ फेब्रुअरी नजिकै आइरहेको छ । प्रणय दिवसको नामले प्रख्यात भ्यालेन्टाइन्स डे पछिल्लो समय नेपालमा पनि खुबै प्रचलित हुन थालेको छ । र, त्यसदिन रातो गुलाब दिएर आफ्नो माया प्रकट गर्ने चलन हामीकहाँ पनि फस्टाउन थालेको छ । नेपालमा लाखौं रुपैयाँको रातो गुलाबको कारोबार आगामी १४ तारिखका दिने हुने पक्का छ ।

जबजब प्रेमको कुरा आउँछ, तबतब फूललाई प्रतीकात्मक रूपमा प्रयोग गरेको देख्न पाइन्छ । कसैलाई धन्यवाद भन्न होस् या बधाई दिन, तपाईं आफ्नो तर्फबाट जब शु भेच्छा प्रकट गर्न चाहनुहुन्छ भने फूल उपहार दिनुहुन्छ । फूल नै एउटा यस्तो पर्फेक्ट उपहार बनिदिन्छ, कुनै शब्द प्रयोग गरेर बोलिरहनु आवश्यक नै पर्दैन ।

फूलले भावना प्रकट गर्छ । यही कुरा प्रेम प्रकट गर्दा दिइने रातो गुलाबको सन्दर्भमा पनि ठ्याक्कै लागू हुन्छ । रातो गुलाब आफ्नो विशेष मानिसलाई दिइन्छ, यसले तपाईं कति नजिक हुनुहुन्छ भन्ने बुझाउँछ । रातो गुलाब दिइसकेपछि तपाईंले ‘आई लभ यु’ भनिरहनै पर्दैन ।

कहिलेकाहीँ जोडीबीच झगडा परेको छ भने पनि त्यसलाई टुंग्याउन रातो गुलाब दिने गरिन्छ । मन परेको मानिसलाई प्रपोज गर्नुपर्दा रातो गुलाब जत्तिको उपयुक्त वस्तु अरू के नै होला र !

के तपाईंले कहिल्यै सोच्नुभएको छ, जब प्रेमको कुरा आउँछ तब किन सधैं रातो गुलाब नै दिने गरिन्छ ? कतिपय मानिस यसलाई एउटा चलन मान्छन्, अरूले त्यसै गरेको देखेर आफूले पनि रातै गुलाब दिएको भन्ने गर्छन् । तर, सत्य कुरा के हो भने, गुलाबसँगै यसको रातो रङमा विशेष अर्थ लुकेको हुन्छ । यसले प्रेमलाई छताछुल्ल प्रकट गरिदिन्छ ।

जबजब प्रेमको कुरा आउँछ, तबतब फूललाई प्रतीकात्मक रूपमा प्रयोग गरेको देख्न पाइन्छ । कसैलाई धन्यवाद भन्न होस् या बधाई दिन, तपाईं आफ्नो तर्फबाट जब शुभेच्छा प्रकट गर्न चाहनुहुन्छ भने फूल उपहार दिनुहुन्छ । फूल नै एउटा यस्तो पर्फेक्ट उपहार बनिदिन्छ, कुनै शब्द प्रयोग गरेर बोलिरहनु आवश्यक नै पर्दैन ।

रातो गुलाबको प्रयोग

प्रेम प्रकट गर्न रातो गुलाब प्रयोग हुन थालेको हजारौं वर्ष भइसकेको छ । ग्रिक तथा रोमन माइथोलोजीमा गुलाबलाई प्रायः एफ्रोडाइट (प्रेम संकेत एन्सिएन्ट ग्रिक गडेस अफ सेक्सुअल लभ एन्ड ब्युटी) मानिन्छ । यसलाई फर्टिलिटीको भगवान् पनि मानिन्छ । गुलाबलाई पनि यस्तै भावनासँग जोडेर हेर्ने गरिन्छ ।

रातो रङलाई धैर्यसँग पनि जोडेर हेर्ने गरिन्छ । प्रेम भनको प्यासन पनि त हो । यही कारण रातो गुलाब डिप लभ एक्सप्रेस गर्न दिने गरिन्छ । यसको अर्थ तपाईं सम्बन्धलाई अगाडि बढाउन चाहनुहुन्छ र कुनै विशेष कमिटमेन्ट गर्न पनि चाहनुहुन्छ । यसबाट तपाईंको आफ्नो साथीप्रति बलियो भावना रहेको कुरा प्रकट हुन पुग्छ ।

गहिरो रातो रङले गहिरो इमोसनलाई व्यक्त गर्छ । र, उज्यालो रातोले रोमान्स प्रकट गर्छ । रोज बड यदि तपाईंले कसैलाई दिनुहुन्छ भने, त्यसले तपाईंको प्रेम साँचो, निर्मल र देखावटीपनबाट टाढा रहेको बुझाउँछ ।

विवाहित जोडीले पनि रोजछन् रातो गुलाब

विवाहित जोडीले जब एकअर्कालाई रातो गुलाब दिन्छन् तब त्यहाँ केवल लभ र रोमान्स रहँदैन । त्यहाँ त दुईबीचको सम्बन्ध खुसीपूर्ण रहेको पनि जनाउँछ । यो बुझाउँछ कि, त्यो जोडीको वैवाहिक जिन्दगी धन्य रहेको र एकअर्काप्रति समर्पित तथा विशेष रहेको छ ।

यो पनि

भ्यालेन्टाइन डे को लागि भारतबाट दुई लाख बढी गुलाब ल्याइँदै



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।