हेर्नुहोस् आजको तरकारी र फलफूलको मूल्य [सूची]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ । समितिकाअनुसार आज माघ २५ गते मंगलबार एक किलोग्राम गोलभेंडाको मूल्य ८६ रूपैयाँ ६७ पैसा तोकिएको छ ।
एक किलोग्राम रातो आलुको मूल्य २९ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ५७ रूपैयाँ छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ४५ रूपैयाँ तोकिएको समितिले जनाएको छ ।
एक किलोग्राम काउलीको मूल्य ५२, रातो मूला ५५ रूपैयाँ, सेतो मूल १२ रूपैयाँ, भन्टा ६५ रूपैयाँ, मटरकोशा ७६ रूपैयाँ तोकिएको छ । त्यसैगरी समितिले एक दर्जन केराको मूल्य ९६ रूपैयाँ ६७ पैसा तोकेको छ ।
एक किलोग्राम सुन्तलाको मूल्य १४० रूपैयाँ तोकिएको छ भने एक किलोग्राम कालो अंगुरको मूल्य २६५ तोक्दा हरियो अंगुरको मूल्य १५६ रूपैयाँ ६७ पैसा तोकिएको छ । त्यसैगरी एक किलोग्राम कागतीको मूल्य ११० रूपैयाँ तोकिएको छ ।


