English

करिश्माको होली उत्सव (फोटो-भिडियो)



अभिनेत्री करिश्मा मानन्धरको घरमा फागु पूर्णिमाको दिन हरेक वर्ष रमझम हुन्छ । कलाकारदेखि गैर कलाकारसम्मको ठुलो भिडभाड लाग्छ । यस वर्ष पनि मानन्धरले घरमा नजिकका आफन्त तथा साथीभाईहरुलाई बोलाएर होली पर्व मनाइन् ।

आजै करिश्माका श्रीमान् तथा चलचित्र निर्माता विनोद मानन्धरको जन्मदिन पनि हो । त्यसैले पनि हरेक वर्ष होलीको दिनलाई उनीहरूले विशेष बनाउँदै आएका हुन् । तर, विगतमा जस्तो यो वर्ष भने धेरै कलाकारलाई निमन्त्रणा गरिएको देखिएन ।

परार साल एसइई परीक्षा र गत वर्ष कोभिड–१९ का कारण मनाउन नपाएको होलीलाई यसपालि पनि सीमित व्यक्तिहरू बोलाएर मनाएको अभिनेत्री मानन्धर बताउँछिन् । उनी भन्छिन्, ‘यसपालि पनि सबै साथीभाईहरुलाई बोलाउन पाइनँ । तर, परम्परा मान्नका लागि भए पनि हरेक वर्ष होली मनाउँछु । अर्को वर्ष अझै उल्लासमय हुन्छ ।’

होली कार्यक्रममा भुवन केसी, जिया केसी, आकाश अधिकारी, रमेश उप्रेती, सञ्चिता लुइँटेल, निरुता सिंह, क्षितिजा शाक्य, सम्झना उप्रेती रौनियार, सुनिता दुलाल, गोविन्द राई लगायतका कलाकारको उपस्थित रहेको थियो ।

तस्विरहरूः महेश प्रधान

तस्बिर : महेश प्रधान



सम्बन्धित खबरहरु

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Latest










Popular
Suggested