English

यौन जीवनमा सन्तुष्टि चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपाय



हरेक व्यक्तिको स–साना कुरामा खुसी लुकेको हुन्छ । यौनसम्बन्ध राम्रो बनाउन पार्टनरबीच हरेक कुरामा खुसीको भावना हुनुपर्छ । खुसी चाहने जोडीहरूले आफ्नो यौन जीवनलाई उत्कृष्ट परिभाषित गर्न साना कुरामा खुसी रहन पालना गर्नुपर्ने यौन बानीबारे बताउँदै छौँ ।

पार्टनरसँंग खुलेर कुरा गर्नुहोस्

यौनको विषयमा खुलेर कुरा गर्ने जोडी सधैँ यस मामलामा हरेक पल खुसी नै रहन्छन् । जब, उनीहरूले आफ्नो मनपर्ने र नपर्ने भावना खुलेर व्यक्त गर्ने गर्छन् तब उनीहरू यौन जीवनमा सन्तुष्ट रहन्छन् ।

सेक्सलाई बोझको रूपमा नलिनुहोस्

सेक्सलाई शरीरको आवश्यकता मानिन्छ । तर, विवाहित जोडीको मामिलामा कुरा गर्दा विवाहको केही समयपछि उनीहरूको सेक्स लाइफ निराश हुँदै जान्छ । तर, खुसी रहन चाहने जोडीले सेक्सलाई बोझ नभई आनन्दको रूपमा लिनुपर्छ ।

पार्टनरको भावनालाई बुझ्नुहोस्

वैवाहिक जीवनमा निराशापन हुनुको कारण पार्टनरहरूले एक–अर्काको ख्याल नगर्नु हो । सेक्सअघि एक–अर्कामा ठट्टा र रमाइलो गर्ने तर यौन सम्पर्कपछि एकातिर फर्केर सुत्ने गर्दा सम्बन्ध बिग्रिन सक्छ । त्यसैले, हरेक समय एकले अर्का भावना बुझ्नु जरुरी हुन्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार