English

ताराखोलाको आफ्नै पाठ्यक्रम निर्माण



विद्यालय तहको शिक्षण सिकाइलाई व्यावहारिक र स्तरीय बनाउन बागलुङको ताराखोला गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । कक्षा १ देखि ५ सम्मलाई लक्ष्य गरी बनाइएको पाठ्यक्रम आउँदो शैक्षिक सत्रदेखि गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा लागू हुनेछ ।

पाठ्यक्रमअनुसार पाठ्यपुस्तक निर्माणको काम अगाडि बढेको गाउँपालिकाका शिक्षा अधिकृत सविताकुमारी केसीले जानकारी दिइन् । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय आवश्यकतामा आधारित पाठ्यक्रम निर्माणको अधिकार गाउँ र नगरपालिकालाई दिएको छ ।

अधिकृत केसीले स्थानीय कला, संस्कृति, सामाजिक मूल्य, मान्यता र विषयगत ज्ञानयुक्त शिक्षाको आवश्यकतालाई दृष्टिगत गरी पाठ्यक्रम तयार पारिएको बताइन् ।

गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले विज्ञसहितको परामर्शमा पाठ्यक्रम निर्माण गरिएको बताइन् । उनकै संयोजकत्वमा गठित स्थानीय पाठ्यक्रम निर्माण प्राविधिक कार्यदलले पाठ्यक्रमलाई अन्तिम रूप दिएको हो ।

अध्यक्ष घर्तीले आधारभूत तहमा पढ्ने बालबालिकाको सिकाइ प्रक्रियालाई स्थानीयकरण गर्न पाठ्यक्रमले सघाउने विश्वास व्यक्त गरे ।
यस पाठ्यक्रमबाट हाम्रा बालबालिकाले आफ्नो गाउँ-ठाउँका विविध पक्षबारे वस्तुनिष्ठ ज्ञान प्राप्त गर्नेछन्’, उनले भने- ‘दक्ष, सचेत र इमान्दार शैक्षिक जनशक्ति उत्पादनमा स्थानीय पाठ्यक्रमको महत्व छ ।’

ति, जीवनशैली, जनस्वास्थ्य, विपद् व्यवस्थापन, पर्यटन, लैङ्गिक मुद्दा, आर्थिक गतिविधि, स्थानीय स्रोतसाधनको संरक्षण एवं उपयोग, ज्ञान, विज्ञानलगायतका विषय पाठ्यक्रममा समावेश गरिएको छ ।

भूगोल, इतिहास, संस्कृति, जीवनशैली, जनस्वास्थ्य, विपद् व्यवस्थापन, पर्यटन, लैङ्गिक मुद्दा, आर्थिक गतिविधि, स्थानीय स्रोतसाधनको संरक्षण एवं उपयोग, ज्ञान, विज्ञानलगायतका विषय पाठ्यक्रममा समावेश गरिएको छ ।

पाठ्यक्रमको सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विमोचन गरेका थिए । जिल्लाका अन्य स्थानीय तहले पनि आफ्नै पाठ्यक्रम तयार गरी लागू गरिसकेका छन् । सबैभन्दा पहिले तमाखोला गाउँपालिकाले पाठ्यक्रम बनाएको थियो ।

यो पनि…
पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले बनायो म्युजिक भिडियो
पर्यटकीय गन्तव्यको केन्द्र बन्यो रौतापोखरी



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको