बाजेको पाइला पछ्याउँदै आङरिताका नाति (भिडियो पनि)
किन किन अहिले पनि किंवदन्तीझैं लाग्छन्, आङरिता शेर्पा । संसारकै सर्वोच्च शिखर सगरमाथामा अक्सिजनको सहारा नलिई १० पटक आरोहण गर्ने ‘हिउँ चितुवा’ भन्नासाथ आउने नाम हो, आङरिता । आरोहणको यो विश्व कीर्तिमानलाई अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् ।

आफ्नो समयका सर्वाधिक चर्चित कीर्तिमानी आङरिता बिना अक्सिजन सर्वोच्च चुचुरोमा पुग्दा संसार आश्चर्यचकित थियो । अझ आश्चर्य त त्यतिबेला भयो जतिबेला उनले सगरमाथाको पहिलो हिउँदे आरोहण गरी विश्व पर्वतारोहण क्षेत्रमा इतिहास रचे । हिमालमा अनेक कीर्तिमान राखेका हिमाल आरोही आङरिताको निधन भएको पनि फागुन ५ मा १७ महिना पूरा हुँदै छ । देहत्याग गर्ने बेला उनको उमेर थियो, ७२ वर्ष ।
अर्को अध्याय शुरु हुन्छ, उनका नाति तेन्जिङ जाङ्बु शेर्पाबाट । २३ वर्षीय लक्का जवान तेन्जिङ आफ्ना बाजेको स्मृतिमा आउँदो वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने सुरमा छन् । यसका लागि उनी माघ २२ मा अमेरिकाबाट नेपाल आइसके ।
सर्वाेच्च शिखर सगरमाथा मात्रै नभई पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटक–पटक आरोहण गरे ।

यो सन् १९८३ देखि सन् १९९६ सम्मको कथा हो । तर, सत्य कथा हो । यस कथाका नायक थिए, उनै नेपाली गौरव आङरिता । यसैले त उनलाई आफ्नो समयका सर्वाधिक शक्तिशाली आरोही भनेर कसैले उपमा दिन्छ भने त्यो उनको हकमा सही हुन्छ । नेपाली सेनादेखि विदेशी आरोहीसम्मलाई सगरमाथाको चुचुरोमा पुर्याएका आङरिता एकदमै साधारण र इमान्दार आरोहीका रूपमा रहेका उनीसँग संगत गरेका आरोहीहरूको स्मृतिमा अझै ताजै छ ।

उनका तीन छोराहरू जेठा कर्साङ, माहिला छेवाङ र कान्छा फूरानुरु शेर्पा आफ्नो बुबाको पदचाप पछ्याउँदै पर्वतारोहणमा लागे । नौपटक सगरमाथा आरोहण गरेका कर्साङको आरोहणकै क्रममा सन् २०१२ मा निधन भएको थियो भने पाँचपटक आरोहण गरेका छेवाङ अमेरिकामा बसोबास गर्दै आएका छन् । कान्छा छोरा अहिले खुम्बुमा बसोबास गर्छन् । छोरी डोल्मा शेर्पा खुम्बुमा होटल ब्यवसाय गर्दैछिन् ।

आङरिताको कथा यत्ति नै । तर, कथाको अर्को अध्याय शुरु हुन्छ, उनका नाति तेन्जिङ जाङ्बु शेर्पाबाट । २३ वर्षीय लक्का जवान तेन्जिङ आफ्ना बाजेको स्मृतिमा आउँदो वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने सुरमा छन् । यसका लागि उनी माघ २२ मा अमेरिकाबाट नेपाल आइसके । आफ्नो परिवारसँग अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका तेन्जिङको स्मृतिमा आफ्नो बाजेसँग काठमाडौंमा बिताएका स्मृर्ति अझै ताजै छन् । बाजेबाट पाएको प्रेरणालाई उनी यसपटक सगरमाथा आरोहण गरेर बाजेमै समर्पित गर्न चाहन्छन् ।

हिमाल बुझेका अनि हिमाल चढेका परिवारका सदस्यहरूको हौसलाले उनलाई बल मिलेको छ । उनी भन्दै थिए–‘सगरमाथा आरोहण गर्ने मेरो प्रयासले मजस्ता युवापुस्तामा हिमाली जनजीवन, पर्यावरण, पर्वतारोहण तथा हाम्रो पुर्खाको योगदान बुझ्न तथा अनुभव गर्न प्रेरणा मिल्छ कि !’
‘उहाँको सम्मानमा उहाँले जस्तै बिना अक्सिजन सगरमाथा आरोहण गर्ने, उक्त आरोहणलाई अभिलेखीकरण गर्ने तथा आरोहणपछि हजुरबुबासँग सम्बन्धित संग्रहालय निर्माण गर्नु नै मेरा प्रमुख उद्देश्य हुन् यस कार्यको आरम्भ सगरमाथा आरोहणबाट नै गर्दछु,’ उनले भने ।

उनले ‘द स्नो लियोपार्ड आङ रिता शेर्पा मेमोरियल सगरमाथा आरोहण अभियान २०२२’ का निम्ति रोयल्टी फी मिनाहा गर्न तथा अन्य आर्थिक, भौतिक, नैतिक मार्गनिर्देशन तथा सहयोगको आग्रहसमेत गरेका छन् । ‘मेरा हजुरबुवाका लागि हिमालनै गुम्बा तथा चोमोलुङमा नै आस्थाको केन्द्र रहेको हुँदा म त्यही गुम्बा (सगरमाथा) मा पुगी उहाँलाई अन्तिम श्रद्धासुमन अर्पण गर्न चाहन्छु,’ मेरोलाइफस्टाइलसँग कुरा गर्दा आङरिताका नाति तेन्जिङको आँखामा उत्साह र आत्मविश्वास झल्किन्थ्यो ।

हिमाल बुझेका अनि हिमाल चढेका परिवारका सदस्यहरूको हौसलाले उनलाई बल मिलेको छ । उनी भन्दै थिए–‘सगरमाथा आरोहण गर्ने मेरो प्रयासले मजस्ता युवापुस्तामा हिमाली जनजीवन, पर्यावरण, पर्वतारोहण तथा हाम्रो पुर्खाको योगदान बुझ्न तथा अनुभव गर्न प्रेरणा मिल्छ कि !’

भिडियो :
यो पनि पढ्नुहोस्:
बाजेको सम्झनामा सगरमाथा चढ्दै तेन्जिङ
३ फिट ७ इन्चका २८ वर्षीय सागर भन्छन्, ‘रामदुङ चढें सगरमाथा चढ्दैछु’ (भिडियो सहित)
‘सगरमाथाको सबै कीर्तिमान नेपालीले बनाउनुपर्छ, नत्र विदेशीले हेप्छन्’