English

दीर्घ जीवनका लागि सागसब्जी र फलफूल खाऔं



अमेरिकी वैज्ञानिकहरूले दीर्घ जीवन अर्थात् लामो आयुको लागि हप्तामा पाँच दिन लगातार चार सय ग्राम फलफूल र सागसब्जी खान सुझाव दिएका छन् । यस्ता खानेकुरामा सन्तुलन मिलाउन सकियो भने क्यान्सर जस्तो घातक रोगबाट बच्न सक्छौं ।

वैज्ञानिकका अनुसार विश्वभर २० लाख मानिसमा गरिएको सर्वेक्षणमा यो कुरा पत्ता लागेको हो । खानपानमा व्यवस्थापन गर्न सके मृत्युको जोखिमलाई न्युनिकरण गर्न सकिने अनुसन्धानकर्ताले बताएका छन् ।

सर्वेक्षणका अनुसार फलफूल र तरकारीले आयु बढाउनुका साथै हृदयघात र क्यान्सर रोगबाट पनि बचाउँछ । अमेरिकन हार्ट एसोसियसनको प्रमुख पत्रिकामा प्रकाशित अनुसन्धान रिपोर्टका अनुसार हामीले दिनहुँ खाने कुनै तरकारी स्वास्थ्यको लागि अस्वस्थकर हुन्छन् । जस्तैः आलु, मकैबाट बनेका खानेकुराहरू । यी खानेकुरामा स्टार्च धेरै मात्रामा पाइने भएकाले अन्य फाइदा पुर्‍याउने सागसब्जीलाई मिसावट गरेर खान मिल्दैन ।

पछिल्लो २० वर्षदेखि विश्व स्वास्थ्य संगठनको सल्लाहमा बेलायतको नेशनल हेल्थ सर्भिसेसले मानिसहरूलाई स्वस्थ रहन आग्रह गरिरहेको छ । मानिसलाई प्रयाप्त मात्रामा फलफूल, सागसब्जीको प्रयोग र मोटोपनलाई नियन्त्रण गर्न जानकारी दिइरहेको छ ।

अध्ययनअनुसार १० जनामध्ये एक जनाले मात्र शरीरलाई चाहिने पौष्टिक तत्वयुक्त खानेकुरा खाइरहेका छन् । अमेरिकन हेल्थ एजेन्सी सिडिसीका अनुसार अमेरिकामा दश जनामध्ये एक व्यक्तिले प्रयाप्त मात्रामा फलफूल खान्छन् ।

बेलायतमा एकैसाथ १७ प्रतिशत मानिसहरूले फलफूल, सागसब्जीको प्रयोग गरिरहेका छन् । वैज्ञानिकका अनुसार स्वस्थकर खाना खाने यो जनसंख्या एकदम कम हो । लामो आयु लागि र रोगबाट बच्न स्वस्थकर खाना खाने बानी बसाल्नु पर्छ ।

दैनिक खानपानमा पातझारयुक्त सब्जी, पालक, रायोको साग, गाजर समावेश गर्नुपर्छ । यसका साथै भिटामिन सी प्रयाप्त मात्रामा पाइने फल सुन्तला, जुनारले धेरै फाइदा गर्छ । वैज्ञानिकका अनुसार यी फलफूलको जुस बनाएर खानुको सट्टा सीधै खाएपछि बढी प्रभावकारी हुन्छ ।

यो पनि

जाडोमा शरीरलाई न्यानो बनाउने खानेकुरा



सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।