English

साँचो प्रेमको अर्थ



जब मानिसहरू प्रेमको कुरा गर्छन्, उनीहरू यसको भावनात्मक पक्षको बारेमा मात्र कुरा गरिरहेका हुन्छन् । भावनाहरूले आज एउटा कुरा भन्छन्, भोलि अर्कै कुरा भन्छन् । तपाईंले पहिलो पटक सम्बन्ध बनाउँदा सोच्नुभएको थियो, ‘यो सधैंको लागि हो’ । तर, तीन महिनाभित्र तपाईं सोच्नु थाल्नुहुन्छ, ‘हरे, म यस्तो व्यक्तिसँग किन जीवन बिताउँदै छु ?’ किनकि, तपाईंले आफूलाई जे मन पर्छ र जे मन पर्दैन, त्यसकै आधारमा सम्बन्ध बनाउनुभएको छ ।

यस प्रकारको सम्बन्धमा, तपाईंले केवल कष्ट भोग्नुहुनेछ किनकि जब सम्बन्ध अस्थिर हुन्छ- जब खटपट हुन्छ- तपाईंमा असाध्यै पीडा हुनेछ, जुन पूर्णतया अनावश्यक छ । भलै, पीडाको बारेमा थुप्रै कविताहरू लेखिएको भएपनि, प्रेम दुःख सृजना गर्नको लागि होइन । तपाईं प्रेममा हुन चाहनुहुन्छ, किनकि यसले तपाईंलाई आनन्द दिन्छ ।

तपाईंले हरेक चीजलाई प्रेमपूर्वक हेर्न सक्नुभयो भने तपाईंको अनुभवमा सम्पूर्ण संसार सुन्दर बन्नेछ । तब तपाईंलाई यो बोध हुनेछ कि ‘प्रेम, तपाईंले गर्ने कुरा होइन, प्रेम, तपाईं आफूभित्र हुने तरिका हो ।‘

प्रेम लक्ष्य होइन, आनन्द लक्ष्य हो । अनेकौँ पटक घाइते र विक्षिप्त भएपनि मानिसहरूमा प्रेम सम्बन्धमा रहने पागलपन रहेको हुन्छ, किनकि जब उनीहरूले आफू प्रेममा छु भनेर सोचेका थिए, उनीहरूमा अलिकति आनन्द थियो । प्रेम, आनन्द प्राप्त गर्ने साधन हो । यतिखेर, अधिकांश मानिसहरूले यही एउटा तरिकाले आनन्दित हुन जानेका छन् ।

तर,तपाईं आफ्नै प्रकृतिले आनन्दित हुन सक्नुहुन्छ । यदि तपाईं आनन्दित हुनुभयो भने, मायालु र स्नेही हुनु समस्या होइन, तपाईं यसैपनि मायालु बन्नुहुनेछ । जब तपाईं प्रेममार्फत् आनन्द खोज्नुहुन्छ, तबमात्र तपाईं को-कसलाई माया गर्ने भनेर बढी रोज्न थाल्नुहुन्छ ।

तर, जब तपाईं आनन्दित रहनुहुन्छ, तपाईंले जे देखेपनि त्यसलाई प्रेमको भावले हेर्न सक्नुहुन्छ, किनकि त्यहाँ अल्झिने डर हुँदैन । जब अल्झिने डर हुँदैन, तबमात्र तपाईंले जीवनसँग पूरै संलग्न रहनु भनेको के हो भनेर जान्नुहुनेछ ।

हरेक दिन १५-२० मिनेटको लागि त्यस्तो चीजसँग बस्नुहोस्, जसले तपाईंको लागि कुनै अर्थ राख्दैन । सायद रूख वा ढुङ्गा वा गड्यौला वा कीरा । केही समयपछि तपाईंले यो महसुस गर्नुहुनेछ कि तपाईंले आफ्नो पति वा पत्नि वा आमा वा बच्चालाई जति प्रेम गर्नुहुन्छ, त्यत्ति नै प्रेमको भावले त्यो चीजलाई हेर्न सक्नुहुन्छ ।

सायद गड्यौलालाई यो थाहा नहुन सक्छ, तर त्यसले केही फरक पर्दैन । यदि तपाईंले हरेक चीजलाई प्रेमपूर्वक हेर्न सक्नुभयो भने तपाईंको अनुभवमा सम्पूर्ण संसार सुन्दर बन्नेछ । तब तपाईंलाई यो बोध हुनेछ कि ‘प्रेम, तपाईंले गर्ने कुरा होइन, प्रेम, तपाईं आफूभित्र हुने तरिका हो ।‘ सदगुरुको प्रवचन

यो पनि

रोज डे : एक–अर्कालाई कसरी गर्ने आकर्षित ?



सम्बन्धित खबरहरु

काठमाडौँ : हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको यथासिघ्र

काठमाडौं । कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक पत्रकार नजर राम महर्जनमाथि समाचार लेखेको आधारमा रामेश्वर महर्जन, राजेन्द्र महर्जनसहित

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

Latest










Popular
Suggested