English

स्याउ खेतीमा जम्दै जुम्ला



जुम्ला यतिबेला स्याउका लागि पर्याय बनिरहेको छ । स्याउ खेतीबाट अधिकांश जुम्लीले जीविकोपार्जन गर्दै आएका छन् । जुम्लाको हिमा गाउँपालिका-३ का वडाध्यक्ष सर्वजित भण्डारीले जुम्लीको आयआर्जनको मुख्य आयस्रोत स्याउ भएको बताए ।

भण्डारीले उद्योग तथा उपभोक्ता हीत संरक्षण कार्यालय जुम्लाको आयोजना तथा हिमा गाउँपालिका, वडापालिकाको समन्वयमा सात दिने स्याउ बगैचा व्यवस्थापन तथा विरुवा काँटछाँट सीप मुलक तालिमको समापनमा यस्तो बताएका छन् ।

उनले उद्यमीलाई सीप सिकेर विदेशमाभन्दा स्वदेशमै स्वरोजगार बन्न सुझाव दिए । स्याउ खेतीबाट अधिकांश जुम्लीले जीविकोपार्जन गर्दै आएको उनले बताए । स्याउका विरुवा नभएका कुनै घर छैन ।

सात दिने तालिमका प्रशिक्षक तथा हिमा गाउँपालिका कृषि शाखा प्रमुख बबरजंग शाहीले तालिममा सहभागी सबैका घरमा २ सयदेखि २ सय ५० विरुवा छन् । अहिले नेपालमा पनि स्याउ बगैंचा व्यवस्थापन गर्ने नयाँ-नयाँ प्रविधि भित्रिएकाले स्याउ कृषकलाई आरी र सिकेचरसहित नयाँ प्रविधि र ज्ञान दिन आवश्यक रहेको उनले बताए ।

गत वर्षभन्दा यो वर्ष १ प्रतिशतले स्याउ उत्पादन घटेको छ । गत १६ र १८ वैशाख अनि ३ र ४ जेठमा असिना आउँदा जुम्ली स्याउ उत्पादनमा ठूलो गिरावट आएको हो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले कृषकका माग अनुसार सीपमुलक तालिम सञ्चालन गर्ने गरिएको बताए । उनले भने उद्यमी बनाउनका लागि सीपमुलक तालिमसहित आवश्यक औजार पनि प्रदान गर्ने गर्ने गरिएको छ ।

सीप सिकाएर स्वदेशमै स्वरोजगार बनाएर आयआर्जनमा सुधार ल्याउने कार्यक्रम उद्देश्य रहेको प्रमुख देवकोटाले बताए । तालिममा सहभागी कृषक उद्यमी गजत नेपालीले तालिममा १५ जना सहभागी भएको र सीप सिकेर स्याउका विरुवा काटछाट तथा बगचै व्यवस्थापन गर्न सिकेको जानकारी दिए ।

कृषि विकास कार्यालयको तथ्यांकअनुसार ०७६ मा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । त्यस्तै, ०७७ मा दोब्बरले घटेर ६ हजार २ सय १० मेट्रिक टन मात्रै उत्पादन भयो भने यो वर्ष चार गुणाले घटेर ६ हजार १ सय ६० मेट्रिक टन मात्रै उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।

गत वर्षभन्दा यो वर्ष १ प्रतिशतले स्याउ उत्पादन घटेको छ । गत १६ र १८ वैशाख अनि ३ र ४ जेठमा असिना आउँदा जुम्ली स्याउ उत्पादनमा ठूलो गिरावट आएको हो । उनले भने, ‘सिँचाइ अभाव र मौसम परिवर्तनले उत्पादन घट्दै गएको छ । समयमा पानी नपर्नु, उत्तरी मोहडाका स्याउमा सिँचाइ अभाव हुनु र स्याउमा पछिल्लो समय किराको प्रकोप बढ्नु, उचित बगैँचा व्यवस्थापन नहुनुलगायत कारण उत्पादन घटेको हो ।’

उत्पादित १० हजार ५ सय टनमध्ये ६० प्रतिशत निर्यात भइसकेको छ भने ४० प्रतिशत मात्रै जिल्लामा रहेको प्रमुख अधिकारीको भनाइ छ ।स्याउ उत्पादन बढाउन बगैँचा व्यवस्थापनदेखि, मलजल, सिँचाइमा ध्यान पुर्‍याउन आवश्यक रहेको उनले बताए ।

जुम्लामा करिब १७ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन् भने यहाँको १० हजार हेक्टरमा स्याउ खेती हुने अनुमान छ । तर, हाल ३ हजार ८ सय हेक्टरमा मात्रै खेती भए पनि १ हजार ५ सय हेक्टरमा मात्रै उत्पादन भइरहेको छ ।



सम्बन्धित खबरहरु

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा