English

इन्स्टग्राममा रोनाल्डोको सबैभन्दा बढी फलोअर्स, दोस्रो र तेस्रो स्थानमा को ?



स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जाल इन्स्टग्राममा चार सय मिलियन फलोअर्स हुने पहिलो र एकमात्र व्यक्ति बनेका छन् ।

पोर्चुगलका रोनाल्डोले शनिबार मात्र आफ्नो ३७औं जन्मदिन मनाएका थिए । इन्स्टाग्राम फलोअर्समा रोनाल्डोलाई पछ्याइरहेकी केली जेनरको ३०८ मिलियन फलोअर्स छन् ।

सर्वाधिक फलोअर्सको तेस्रो स्थानमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी छन् । मैदान र कीर्तिमानमा सधै चर्को प्रतिस्पर्धा हुने चिर प्रतिद्वन्द्वी मेस्सीको इन्स्टग्राममा ३०६ मिलियन फलोअर्स छन् ।

यसै सिजन इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड भित्रिएका रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले पोर्चुगलबाट ११५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

यसै सिजन इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड भित्रिएका रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले पोर्चुगलबाट ११५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

रोनाल्डोले सन् २००२(०३ को सिजनदेखि स्पोर्टिङ लिस्बनबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेका थिए । त्यस्तै सन् २००३ देखि पोर्चुगलको राष्ट्रिय टोलीबाट खेलिरहेका रोनाल्डोले हालसम्म १८४ अन्तर्राष्ट्रिय खेल खेलका छन् ।

यो पनि…
रोनाल्डो पेनाल्टीमा चुके
फुटबलमा ‘ट्रस्ट द प्रोसेस’



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested