English

अचानक गायब भएपछि गुगलले पनि हटायो टापु



विश्वमा वर्षौदेखि देखिएको एउटा टापुको बारेमा अनौठो खबर सार्वजनिक भएको छ । हालसम्म गुगल नक्सामा देखिएको टापु अचानक गायब भएको छ ।

जेम्स कुकले उक्त टापु सन् १७७४ मा पत्ता लगाएका थिए । यसको लम्बाइ २२ किलोमिटर र चौडाइ पाँच किलोमिटर रहेको उनले दाबी गरेपछि यस टापुको नाम ‘स्यान्डी आइल्यान्ड’ राखिएको थियो । जेम्सले प्रशान्त महासागरमा यो टापुको अस्तित्वको बारेमा कुरा गरेका थिए ।

जब वास्तविकता पत्ता लाग्यो, मानिसहरू छक्कै परे । कुनै समय यो टापु गुगलमा देख्न सकिन्थ्यो । तर, अनुसन्धानकर्ताले यो टापु नभएको खुलासा गरेपछि गुगलले यसलाई नक्साबाट पनि हटायो ।

अझ रोचक कुरा त के हो भने जर्मनीले पनि १९औं शताब्दीको नक्सामा यस टापुको अस्तित्व दाबी गरेका छन् । पछि आशंका बढेपछि १९५९मा फ्रान्सेली हाइड्रोग्राफिक सर्भिसले उक्त टापुलाई समुद्री नक्साबाट हटाएको थियो ।

अस्ट्रेलियाका वैज्ञानिकहरूले नोभेम्बर २०१२ एक अनुसन्धानको क्रममा यो टापु त्यहाँ नभएको पत्ता लगाए । वैज्ञानिकहरूले समुन्द्रको गहिराइ नाप्दा ४ हजार ३ सय फिटभन्दा बढी गहिराइ नभएको पाइएपछि यो टापुको विषय अझ रोचक बन्दै गएको छ ।

यो पनि
बेहुलाले मण्डपमै थप्पड हानेपछि बेहुलीले गरिन् देवरसँग विवाह
यो समुदायको अनौठो चलन : अन्त्येष्टिपछि पिउने गर्छन् मृतकको खरानीको सुप



सम्बन्धित खबरहरु

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको