English

फिल्म क्षेत्रका समस्याबारे विकास बोर्डमा छलफल



कोरोना महामारीकाे चपेटामा परेको सबैभन्दा ठूलो क्षेत्र हो, फिल्म । सरकारको निकै कम प्राथमिकतामा पर्ने गरेको यो क्षेत्रलाई विदेशी फिल्मको दबाब समेत रहने गरेको छ । सोही सिलसिलामा नेपाली फिल्मलाई कसरी प्राथमिकतामा राख्ने भन्ने विषयमा छलफलसमेत शुरू भएको छ ।

सोमबार चलचित्र विकास बोर्डले फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुलाई बोलाएर छलफल थालेको हो । विदेशी फिल्मलाई भन्दा नेपाली फिल्मलाई प्रथामिकता कसरी दिने भन्ने विषयमा छलफल शुरु भएको कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए ।

‘कोरोनाले ठप्प रहेको नेपालको फिल्म क्षेत्रलाई उठाउन सबै एकजुट हुनुपर्ने कुरा पनि छलफल भएको छ’ अध्यक्ष खड्काले भने, ‘दर्शकको मन छुने, स्तरीय फिल्म निर्माणका लागि ध्यान दिने निर्णय पनि भयो ।’

कार्यक्रममा हरेक किसिमबाट सरकारलाई दबाब दिने, दर्शकलाई अनुरोध गर्ने, नेपाली फिल्मको विकास तथा विस्तारका लागि स्कुल, कलेज, गाउँ, शहर जताततै दर्शकबीच पुगेर नेपाली फिल्मको उत्थान कार्य गर्नेसमेत छलफल भएको खड्काले सुनाए ।

कार्यक्रममा हरेक किसिमबाट सरकारलाई दबाब दिने, दर्शकलाई अनुरोध गर्ने, नेपाली फिल्मको विकास तथा विस्तारका लागि स्कुल, कलेज, गाउँ, शहर जताततै दर्शकबीच पुगेर नेपाली फिल्मको उत्थान कार्य गर्नेसमेत छलफल भएको खड्काले सुनाए ।

कार्यक्रममा चलचित्र संघ, निर्माता संघ, वितरक तथा चलचित्र कलाकार संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो । सोही अवसरमा कोभिडका कारण पहिलो शिकार बनेर हल बन्द गर्ने सरकारको निर्णयप्रति विरोध गर्दै कोरोनाका कारण अत्यन्तै मारमा परेका निर्माता, वितरक, प्रदर्शक लगायत कलाकार, प्राविधिकहरूलाई राहत प्याकेजका लागि सम्बन्धित निकायमा अनुरोध र दबाब दिने विषयमा छलफल भएको थियो ।

छलफल कार्यक्रममा भुवन केसी, दीपकराज गिरी, अशोक शर्मा, सुदर्शन थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल लगायतको सहभागिता रहेको थियो ।

यो पनि
सरकारसँग चलचित्रकर्मीका मागै माग
स्वास्थ्य मापदण्ड पालना गरेर फिल्म छायांकन गर्न आग्रह



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।