English

मैयादेवी कन्या क्याम्पस : आर्थिक अभावदेखि देशकै उत्कृष्टसम्म



चितवनको मैयादेवी कन्या क्याम्पसमा बुहारीको आकर्षण बढ्दै गएको छ । क्याम्पसमा ७० प्रतिशतसम्म विवाहित (बुहारी) हरूले अध्ययन गर्ने गरेका छन् । विवाहपछि परिवारबाट सुरक्षित ठानिएपछि बुहारीको आकर्षण बढेको हो । क्याम्पसका प्रमुख डा विश्वराज सुवेदीका अनुसार स्नातकोत्तरमा ७० प्रतिशत छात्रा विवाहित छन् ।

स्नातकमा यो प्रतिशत ४० भन्दामाथि छ । कक्षा ११ र १२ मा पनि विवाहित छात्रा आउने गरेको सुवेदीले जानकारी दिए । क्याम्पसमा शिक्षा, मानविकी, व्यवस्थापन र नर्सिङ पढाइ हुँदै आएको छ । हाल एक हजार ५०० विद्यार्थी अध्ययनरत छन् ।

‘महिला सशक्तीकरणका लागि उच्च शिक्षा’ भन्ने नाराका साथ क्याम्पस स्थापना भएको हो । समाजसेवी मैयादेवी श्रेष्ठले भरतपुर महानगरपालिका वडा नं १० मा १२ कठ्ठा जमिन खरिद गरी भौतिक निर्मण गरेर क्याम्पस सञ्चालनमा आएको हो ।

‘महिला सशक्तीकरणका लागि उच्च शिक्षा’ भन्ने नाराका साथ क्याम्पस स्थापना भएको हो । समाजसेवी मैयादेवी श्रेष्ठले भरतपुर महानगरपालिका वडा नं १० मा १२ कठ्ठा जमिन खरिद गरी भौतिक निर्माण गरेर क्याम्पस सञ्चालनमा आएको हो । विसं २०५४ असोज १६ गते स्थापना भएको यस क्याम्पसमा शुरुआती चरणमा व्यवस्थापनमा १२ र शिक्षामा ३० विद्यार्थीले अध्ययन गर्दथे । यी दुई सङ्कायमा स्नातक तहको पहिलो वर्षमा ३७६ विद्यार्थी पुगेका छन् ।

प्रमुख सुवेदीले भने–‘विवाहितलाई यो क्याम्पस सुरक्षित महसुस हुने गरेको छ, परिवारले पनि यही पढाउने चाहना गर्न थालेको पाइएको छ ।’ त्यसो त तराई क्षेत्रबाट समेत विद्यार्थी आउनेक्रम बढेको सुवेदीले जानकारी दिए । ‘यहाँ चितवनसहित २५ जिल्लाका विद्यार्थी छन्, तराईमूलका विद्यार्थी आउनेक्रम बढेर गएको छ ।’ उनले थपे ।

महिलाहरूको मात्रै पढाइ हुने हुँदा विवाहित र तराईका छात्राको आकर्षण बढेको हो । केही वर्षअघिसम्म विद्यार्थीको अभावमा प्राध्यापक कर्मचारीले लामो समय पारिश्रमिक नपाउने समस्या रहेको थियो ।

महिलाहरूको मात्रै पढाइ हुने हुँदा विवाहित र तराईका छात्राको आकर्षण बढेको हो । केही वर्षअघिसम्म विद्यार्थीको अभावमा प्राध्यापक कर्मचारीले लामो समय पारिश्रमिक नपाउने समस्या रहेको थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष टंकनाथ पौडेल ११ महिनासम्म तलब खुवाउन नसकेको विगत सम्झँदै भन्छन्, ‘म अध्यक्ष भएपछि प्राविधिकसहितको कार्यक्रम थप गर्ने, गुणस्तरमा सुधार ल्याउने जस्ता कार्यले आकर्षण बढेको हो ।’ समाजसेवी एवं राजनीतिक मैयादेवी श्रेष्ठको नामले पनि धेरैलाई आकर्षित गरेको उनको भनाइ छ ।

स्वच्छ वातावरणमा गुणस्तरीय शिक्षा र भेदभावरहित छात्रावृत्तिले पनि थप आकर्षण गरेको पौडेल बताउँछन् । उनले थपे, क्याम्पसले रु एक करोड २५ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । आगामी वैशाखसम्ममा कोषमा रु एक करोड ४० लाख पुर्याइँदै छ । पौडेलले भने– ‘हामी छात्रालाई आवश्यकताअनुसार निष्पक्ष ढङ्गबाट छात्रावृत्ति वितरण गर्दछौँ ।’

क्याम्पसका छात्रा दुईपटक देशमै उत्कृष्ट भएको र धेरै पटक जिल्ला प्रथम भएको जनाउँदै उनले यहाँबाट उत्कृष्ट भएका सात छात्रा यही प्राध्यापक रहेको बताए । क्याम्पसमा प्राध्यापक कर्मचारी गरी ७५ जनाले रोजगारी पाएका छन् । क्याम्पसमा छात्रावास र यातायातको सुविधासमेत दिइएको छ ।

क्याम्पसका छात्रा दुईपटक देशमै उत्कृष्ट भएको र धेरै पटक जिल्ला प्रथम भएको जनाउँदै उनले यहाँबाट उत्कृष्ट भएका सात छात्रा यही प्राध्यापक रहेको बताए । क्याम्पसमा प्राध्यापक कर्मचारी गरी ७५ जनाले रोजगारी पाएका छन् । क्याम्पसमा छात्रावास र यातायातको सुविधासमेत दिइएको छ ।

क्याम्पसले त्रिवि अनुदान आयोगद्वारा गुणस्तर सुनिश्चितता चक्र (क्युएए साइकल) पूरा गरेको छ । प्रमाणपत्र पाउन बाँकी छ । जिल्लामा अन्य तीन क्याम्पसले मात्रै यो चक्र पूरा गरेका छन् । हालसम्म मैयादेवी र क्याम्पसकै आम्दानीबाट चल्दै आएको यस क्याम्पसमा यस वर्ष बागमती प्रदेश र भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गरेका छन् ।

प्रशासकीय भवन, पुस्तकालय, ई–लाइब्रेरी, मोज्याक टाइललगायत सहयोग प्राप्त भएको पौडेलले बताए । क्याम्पसको संस्थापक संरक्षक सुश्री मैयादेवी श्रेष्ठ रहेकी छन् । उनै समाजसेवी श्रेष्ठको पहलमा भरतपुर महानगरपालिका वडा नं १० मा १२ कठ्ठा जमिन खरिद गरी भौतिक निर्माण गरेर क्याम्पस सञ्चालनमा आएको हो ।

क्याम्पसकी संस्थापक संरक्षक सुश्री मैयादेवी श्रेष्ठ

यो पनि
चितवनमा कुन दलको अवस्था कस्तो ? दलहरू के भन्छन् ?
शिक्षक अस्पतालका लागि चितवनको भगवानपुर उपयुक्त हुने



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।