यी रंगले बढाउँछ बेडरुमको सौन्दर्य
घर सजाउनको लागि मानिसहरूले विभिन्न तरिका अपनाउने गर्छन् । तर, बाहिरी सौन्दर्य जति देखिए तापनि भित्री भागलाई सबैभन्दा बढी प्रभाव रंगले पार्दछ ।
हरेक रंगको आ–आफ्नै सौन्दर्य हुन्छ । उचित रंगको प्रयोगले घरलाई आकर्षक बनाउँछ । आज बेडरुमको भित्तामा प्रयोग गर्ने रंगबारे तपाईंलाई बताइरहेका छौँ ।
निलो रंग
तपाईंले आफ्नो सुत्ने कोठाका भित्ताहरूमा नीलो रंग लगाउन सक्नुहुन्छ । निलो रंगले तपाईंको रुमलाई रिच लुक्स दिन्छ । नीलो रंग बेडरुमको भित्ताका लागि उत्कृट रंग हो । यसको सट्टामा नेभी ब्लु कलर पनि लगाउन सक्नुहुन्छ ।

पियर ग्रिन
पियर ग्रिन (नासपाती हरियो) एउटा यस्तो रंग हो जसले तुरुन्तै तपाईंको मुड बढाउँछ । यसमा हरियो र पहेंलो रंग मिसिएको हुन्छ । बेडरुममा यो कलर लगाएमा कोठामा प्रवेश गर्नेबित्तिकै तपाईं धेरै खुसी महशुस गराउँदछ ।

बैजनी
भायोलेटलाई स्टाइलिस र लक्जरी कलर मानिन्छ । आधुनिक लुक्सका लागि यो रंगलाई लिएर कोठा सजाउन सकिन्छ । तपार्इंले बेडरुमलाई सही लुक दिन बैजनी रंगको प्रयोग गर्न सक्नुहुन्छ ।

एम्बर एलो
पहेँलो एक उज्यालो रंग हो । यो रंगलाई बेडरुममा प्रयोग गर्दा यसले कोठालाई सुन्दर मात्र होइन मुडलाई पनि उज्यालो बनाउँछ । यो रंगलाई विभिन्न अन्य रंगहरू जस्तै, नेभी ब्लु, ब्राउन, डल पिंक आदि रंगसँग मिलाएर पनि लगाउन सक्नुहुन्छ ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार
इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस्