रोज डे : एक–अर्कालाई कसरी गर्ने आकर्षित ?
भ्यालेन्टाइन सप्ताहको पहिलो दिन अर्थात् ७ फेब्रुअरीमा ‘रोज डे’ मनाइन्छ । गुलाबलाई प्रेम र सौन्दर्यको प्रतीक पनि मानिन्छ । हरेक महिलामा गुलाबी चमकताको प्राप्त गर्ने इच्छा हुन्छ । ‘रोज डे’मा सुन्दर देखिन यसरी अपनाउनुहोस् सजिलो उपाय ।
गुलाबी पोसाक
रोज डेमा गुलाब जस्तै सुन्दर देखिनको लागि गुलाबी वा रातो रंगको कपडा छनोट गर्नु राम्रो हुन्छ ।
मेकअफ
मेकअफ गर्दा आफ्नो अनुहारसँग मिल्ने क्रिम वा फाउन्डेसनको प्रयोग गर्नुहोस् । यस्तै, गालामा गुलाबी रंगको चमक ल्याउन रातो रंगको ब्लसर लगाउनुहोस् ।
आइस्याडो
प्रेमीलाई आकर्षित गर्न तपाईंले आँखामा निलो, पर्पल वा वाइन आइस्याडो लगाउन सक्नुहुन्छ । अचेल सेतो पेन्सिलको चलन चलिरहेको छ । यस्तै, आँखा मुनि सेतो पेन्सिलको कलर प्रयोग गर्न सक्नुहुन्छ । यसो गर्दा आँखा ठूलो र सुुन्दर पनि देखिन्छ ।
फरक हेयरस्टाइल
रोज डेमा कपालको साइड हल्का घुमाउरो बनाएर प्राकृतिक गुलाबले सजाउन सक्नुहुन्छ । यसैगरी, नरम खालको मेहन्दी लगाएर कपाललाई खुल्ला छोड्न सक्नुहुन्छ । यसले तपाईंलाई थप आकर्षक देखाउँछ ।
यो पनि…
कपाललाई यसरी बनाउनुहोस् लामो र सुन्दर
यसरी हटाउनुहोस् नाकमा आउने कालो दाग