English

मौसम : पश्चिमी वायुको सामान्य प्रभाव



हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १ का पहाडी क्षेत्रका १/२ स्थानमा हल्का वर्षाको पनि सम्भावना देखिन्छ ।

राति प्रदेश १, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । मंगलबार प्रदेश १, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएको छ ।

मंगलबार राति पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भूभागका १/२ स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बुधबार कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानमा र लुम्बिनी, गण्डकी तथा प्रदेश १ का १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार