English

जोर-बिजोर प्रणाली खारेज, फागुन १ बाट विद्यालय खुल्ने



कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रले (सीसीएमसी) ले सवारीसाधनमा लगाइएको जोर-बिजोर प्रणाली सोमबारबाट खारेज गर्न सिफारिस गरेको छ । सीसीएमसीको आइतबार बसेको बैठकले जोर-बिजोर प्रणाली खारेज गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

‘सीसीएमसीको बैठकले सात वटा निर्णण गरेको छ,’ सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले भनिन्, ‘भोलिबाट जोर-बिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारस गरेका छौं ।’

कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि सीसीएमसीको सिफारिसमा सरकारले सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गरेको थियो । केही दिनअघि सरकारले सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाएको भएपनि निजी सवारीसाधनमा भने हटाएको थिएन ।

सीसीएमसीको बैठकले सबै सवारीसाधनमा लगाएको जोर-बिजोर प्रणाली माघ २४ गतेबाट हटाउन गृहलाई सिफारिस गर्ने निर्णय गरेको हो ।सीसीएमसीको बैठकले विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाहरू फागुन १ गतेबाट भौतिक उपस्थितिमा सञ्चालन गर्न सिफारिस गरेको छ ।

‘विद्यालयको हकमा १२ वर्षभन्दा माथिका विद्यार्थीलाई भौतिक उपस्थितमा पढाउन सकिने र १२ वर्षभन्दा मूनिका विद्यार्थीलाई स्वास्थ्य मापदण्ड अपनाएर आलोपालो गरी भौतिक उपस्थितीमा पढाउन सकिने सिफारिस गरेको छ,’ प्रवक्ता नेपालले भनिन् ।

बैठकले डान्सबार, दोहोरी, क्लब जस्ता रात्रीकालिन व्यवसाय, सिनेमा घर, व्यायाम सेन्टर, स्वीमिङ पुल, फुटसल जस्ता व्यवसाय फागुन १ गतेदेखि राती १० बजेसम्म सञ्चालन गर्न दिन गृह र पर्यटन मन्त्रालयलाई सिफारिस गरेको छ । सीसीएमसीले जिल्लाहरूले स्थानीय अवस्था हेरेर फरक-फरक निर्णय गर्न पाउने व्यवस्था पनि गरेको छ ।

पार्टी प्यालेसको हकमा बढीमा १०० जना वा क्षमताको ५० प्रतिशत मानिस उपस्थित हुनेगरी सञ्चालन गर्न दिन सरकारलाई सिफारिस गरेको छ । खेलकुदका कार्यक्रममा ५० प्रतिशत दर्शकलाई मात्र प्रवेश दिनेगरी सञ्चालन गर्न सिफारिस गरिएको छ । सीसीएमसीले खोप कार्ड हराएकालाई खोप लगाउन सहज बनाउन पनि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ ।

यो पनि

काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली लागू, के गर्न पाइने के नपाइने ? [सूचीसहित]



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार