English

गिजासम्बन्धी समस्याको कारण र बच्ने उपाय



शरीरका अन्य अङ्गहरूको जस्तो दाँतको पनि महत्व एकदमै धेरै छ । जब दाँतको कुरा आउँछ, यसलाई समात्ने गिजालाई बेवास्ता गर्न सकिँदैन । गिजामा हुने समस्याको प्रत्यक्ष असर दाँतमा पर्छ ।
त्यसैले, गिजा सुन्निनु, ब्रस गरेपछि रगत आउनु, दाँत हल्लिनु, मुखबाट लगातार दुर्गन्ध आउनु, यी सबै गिजाको समस्याका लक्षण हुन् ।

जब यी लक्षणहरू देखा पर्छन्, यसको उपचार तुरुन्तै शुरु गर्नुपर्छ, किनभने प्रारम्भिक चरणमा यसबाट छुटकारा पाउन सजिलो हुन्छ । तर, जति समस्या बढ्दै जान्छ त्यो निकै कठिन बन्दै जान्छ ।

गिजासम्बन्धी समस्याको कारण

– गिजासम्बन्धी समस्या गराउने मुख्य कारण भनेको दन्तेलेउ हो । हरेकपटक खाना खाएपछि खाएको खाना दाँतमा टाँसिन्छ र लेउ बनेर बस्छ । यही दन्तेलेउ नै गिजासम्बन्धीको समस्याको मूल कारण हो ।
यदि, दन्तेलेउ समयमा नै हटाइएन भने यो कडा हुँदै जान्छ । जसले गर्दा गिजाको संक्रमण देखा पर्दछ ।
– शरीरका अन्य रोगहरू जस्तै, मधुमेहको कारणले पनि गिजाको समस्या देखिन्छ ।
हर्मोनल गडबडीले पनि गिजामा नकारात्मक असर पारिरहेको हुन्छ ।
– धूम्रपान सहितका सुर्तीजन्य पदार्थको सेवनले पनि गिजाको समस्या देखिने गर्छ ।

लक्षण

– गिजाको रङ्ग विस्तारै बदलिँदै रातो हुनु,
– गिजा चलाउँदा वा ब्रस गर्दा रगत आउनु,
– संक्रमण बढ्दै जाँदा आफैँ रगत आउनु,
– गिजाको संक्रमण फैलिँदै जाँदा दाँतलाई सपोर्ट गर्ने भागहरूमा पनि समस्या देखिनु,
– गिजा पहिलेको ठाउँभन्दा तलतिर सर्दै जानु,
– दाँतको बीचमा खानेकुरा अड्किनु,
– दाँत हल्लिनु तथा दाँतहरूको बीचको दूरी बढ्दै जानु,
– गिजा क्रमशः सुन्निँदै जानु,
– दाँत र गिजाको बीचबाट रगत पिप आउनु,
– मुखबाट गन्ध आउनु,

बच्ने उपाय

– दिनको दुईपटक खाना खाइसकेपछि उपयुक्त तरिका प्रयोग गरेर दाँत माझ्ने । दाँत माझ्नको लागि नरम ब्रसको साथसाथै फ्लोरिडेटेड पेस्टको प्रयोग गर्ने ।
– दाँत माझ्नुको साथै हरेकपटक खाना खाइसकेपछि राम्रोसँग कुल्ला गर्नुपर्छ, जसले दाँतमा दन्तेलेउ जस्तो फोहोर बस्न दिँदैन ।
– दाँतको बीच–बीचमा रहेका फोहोरहरू ब्रस गर्दा ननिस्किन सक्छ । त्यसैले, डेन्टल फ्लस, इन्टरडेन्टल ब्रसको प्रयोग गरेर निकाल्न सकिन्छ ।
– खानेकुराहरूमा पनि विशेष ध्यान दिनुपर्दछ । दाँतमा टाँसिने वा गुलिया खानेकुराहरू एकदमै कम मात्रामा खानुपर्छ ।
– धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने बानी छ भने त्यो बानीलाई बिस्तारै छोड्नुपर्छ ।
– चिकित्सकको सल्लाहबमोजिम माउथवास तथा पेस्टहरू प्रयोग गर्नुपर्छ ।
– शरीरमा मधुमेहजस्तो किसिमका रोगहरू छ भने गिजासम्बन्धी समस्याहरू आउन नदिन विशेष ध्यान दिनुपर्छ ।
– कम्तीमा पनि ६ महिनादेखि एक वर्षभित्र अस्पताल गएर दन्त चिकित्सक वा विशेषज्ञ चिकित्सकसँग सल्लाह लिनुपर्छ । यसो गरेमा दाँतसम्बन्धी रोगहरूबाट छुटकारा पाइन्छ ।

यो पनि…
चिसोयाममा घुँडा दुख्ने समस्याबाट यसरी बच्नुहोस्
आज विश्व क्यान्सर दिवस : क्यान्सरबाट बच्न के खाने के नखाने ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।