English

झरीपछि इँटाभट्टाका मजदुरको गुनासो : ‘गरिबले गरीखान नपाइने भो’



ललितपुरको झरुवारासीस्थित बज्र इँटा उद्योगमा हर्क बुढामगर काँचो इँटा छोपिएको प्लास्टिक निकाल्दै गरेको अवस्थामा भेटिए । प्लास्टिक निकालेपछि उनी एकोहोरो हेरिरहे । अनि भने– ‘लौ प्लास्टिकले छोपे त इँटा बच्दोरहेछ । उनी खुसी भए ।

बुढामगर पहिलोपल्ट इँटा बनाउन सिन्धुलीदेखि काठमाडौं झरेका हुन् । यसकारण इँटाभट्टाको दुःख र खुसी उनी पहिलोपल्ट भोग्दैछन् ।

‘चाङ लगाएको चाँही पाइने रहेछ । यो वर्ष झन्डै ६ हजार इँटा बनाएको पैसा पाइएन । पानी रोकिएपछि फ्याँक्दैको हैरान मात्रै भो ।’

तीन महिनाअघि दाजु जंगबहादुरसँग बज्रबाराहीको बज्र इँटाभट्टामा इँटा बनाउन थालेपछि तीनपल्ट झरी परिसकेको छ, झरीले तीनैपल्ट इँटा नष्ट गरेको छ, सुस्केरा हाल्दै उनले भने– भगवान्ले पनि गरिखान नदिने रहेछ गरिबलाई ।’ मजदुरले भट्टाको खलामा बनाएर राखेको इँटाको पैसा नपाउने उनी बताउँछन् । उनी भन्छन्– ‘चाङ लगाएको चाँही पाइने रहेछ । यो वर्ष झन्डै ६ हजार इँटा बनाएको पैसा पाइएन । पानी रोकिएपछि फ्याँक्दैको हैरान मात्रै भो ।’

उनका अनुसार भट्टाको बसाइ झन् कष्टकर छ । काँचो इँटाले बनाएको होचो झ्याउलीमाथिको जस्तापाताले रातभर चिसो पठाउँछ स मुछेको माटो र पानीको कुलोले सिमसार बनेको फाँटमा रातभर सिरेटो आउँछ । झरी पर्दा काँचो इँटा पग्लेर झ्याउली भत्किँदा हैरानी खेपेको बुढामगर बताउँछन् ।

शुक्रबारको झरीले उनको झ्याउली फेरि भत्काइदियो । ‘दिनभर भिजेर दाजुभाइले बनायौँ ।’ उनी भन्छ्न्–‘पानी परेर भित्र हिलो भयो इँटा हालेर राखेका छौँ ।’ बज्र इँटा भट्टामा विशाल मोक्तान पनि निराश अवस्था भेटिए । उनले पनि झरीका कारण ६ हजारभन्दा बढी इँटा खेर गएको गुनासो गरे ।

‘अझै एक साता काम हुँदैन । घाटा त कति हो कति ।’ पानी परेपछि बनाएको इँटा त खेर जान्छ नै । भट्टामा परेको पानी नसुकेसम्म अर्काे इँटा बनाउन मिल्दैन । जमेको पानी फ्याँकेर खला सुक्नै हप्ता दिन लाग्छ ।’

उनले भने, ‘अझै एक साता काम हुँदैन । घाटा त कति हो कति ।’ पानी परेपछि बनाएको इँटा त खेर जान्छ नै । भट्टामा परेको पानी नसुकेसम्म अर्काे इँटा बनाउन मिल्दैन । जमेको पानी फ्याँकेर खला सुक्नै हप्ता दिन लाग्छ ।’

यो सिजनमा लगातार पानी परेकाले पैसा बचाएर घर लैजान मुस्किल पर्ने उनी बताउँछन् । भन्छन्, ‘पहिले नै बैना लिएको हुन्छ । त्यो पैसा तिर्यो । परिवार पाल्यो । यही हो कमाइ ।’ काम गर्न नसक्नेले भट्टाबाट ऋण बोकेर जानुपर्ने अवस्था आउने उनले बताए । उनका अनुसार धेरै परिवारका सदस्य र काम गर्ने मान्छे थोरै हुनेहरू रोएर फर्कने गर्छन् ।

बज्र भट्टाबाट काम गर्न नसकेर २/३ परिवार विस्थापित भइसकेको मजदुर भरत थामी बताउँछन् । ‘पैसा भनेजति नकमाएपछि बस्ने मनै हुँदैन । साहुले पनि दिने अवस्था हुँदैन,’ उनी भन्छन् ।

तीनपल्ट पानी पर्दा दसौँ लाख क्षति भएको बज्र भट्टाका सञ्चालक धनीराम महर्जन बताउँछन् । मजदुरको भन्दा आफ्नो धेरै क्षति हुने गरेको उनी बताउँछन् ।

थामीका अनुसार पछिल्ला वर्षहरूमा इँटा भट्टामा काम गर्ने मजदुरहरूलाई सजिलो हुँदै गएको छ । पहिले माटो आफैँले मुछेर इँटा बनाउनुपथ्र्याे । अहिले भट्टा आफैँले माटो मुछेर ल्याइदिन्छन् पानी पर्दा छोप्न प्लास्टिक पनि दिन्छन् । बस्नलाई झ्याउलीसमेत बनाइदिन्छन् ।

तीनपल्ट पानी पर्दा दसौँ लाख क्षति भएको बज्र भट्टाका सञ्चालक धनीराम महर्जन बताउँछन् । मजदुरको भन्दा आफ्नो धेरै क्षति हुने गरेको उनी बताउँछन् । भन्छन्– ‘लोगो नदेखिएको मात्रै हामीले नलिने हो । अरू सबै उठाउँछौँ । हरेक झरीपछि क्षति हुने हुँदा इँटाको भाउसमेत बढ्ने सम्भावना हुन्छ ।

यो पनि…
उपचार होइन सौता पाउँछन् महिला
भेडापालक किसानले किन मागे भत्ता ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।