कोरोनाले छेक्न नसकेको होली (फोटो फिचर)
वसन्तपुरमा होलीको उल्लास
वर्षमा एकपटक आउने होली पर्वलाई युवाहरूले उल्लासमय ढङ्गले मनाएका छन् ।
सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने कारण जनाउदैं होली पर्वलाई भीडभाडरहित ढङ्गले मनाउन गरेको अपिलको उनीहरूले बेवास्ता गर्दै होली मनाए ।

होली पर्वको उल्लास मनाउन यस वर्ष पनि वसन्तपुरमै सर्वाधिक युवाहरू भेला भएका थिए । होलीको पर्वमा पर्यटकीय क्षेत्र ठमेल भने तुलनात्मक रूपमा केही शान्त नै रहेको थियो । सहरी क्षेत्रका चोक चोकमा केही युवा जमातहरू पनि होली खेल्न निस्किएका थिए ।






















