English

अनौठो हिमपातले रुसमा समस्या



जाडोयाममा विभिन्न ठाउँमा सेताम्मे हिउँ परेको देखिन्छ । धेरैले हिउँ परेको प्रत्यक्ष भोगेका पनि छन् । तर, के तपाईंले कालो हिमपात परेको पढ्नुभएको वा सुन्नुभएको छ ? सुन्दा तपाईंलाई अनौठो लाग्न सक्छ, तर रुसमा पर्ने कालो हिमपात त्यहाँका मानिसका लागि समस्या बनेको छ ।

रुसको साइ्बेरियाबाट हिउँको कालो तस्वीर सार्वजनिक भएको छ । साइबेरियाको एक गाउँमा कालो हिमपात भइरहेको छ । जसका कारण ती ठाउँका मानिसहरू चिन्तित छन् । उनीहरू कालो हिमपातसँगै प्रदूषणको मारमा परेको स्थानीयले बताएका छन् ।

यसकारण कालो हिमपात

साइबेरियाको यस क्षेत्रमा कालो हिमपात पर्नुको कारण कोइलाबाट हुने प्रदूषण हो । जनतालाई तातो खुवाउन कोइला जलाउने तातो पानी प्लान्ट छ । जसको धुलोका कारण प्रदूषण बढेको छ । एक व्यक्तिले त्यहाँको भिडियो सेयर गर्दै भनेका छन्, ‘हाम्रा बालबालिकाहरू कालो हिउँमा खेल्न बाध्य भएका छन् ।’

सोभियत संघको अन्त्य भए पनि यहाँ केही परिवर्तन नभएको स्थानीय जनता बताउँछन् । यहाँको अवस्था पहिलेको जस्तै छ ओमसुक्चन र सेमचनमा कोइला बाट चल्ने तातोपानी प्लान्टका कारण कालो हिमपात भएको अधिकारीहरूले बताएका छन् । यहाँ सुन र कोइला खानी छ ।

यसकारण समस्या बढ्दै

साइबेरियाको यस क्षेत्रमा जनवरी महिनामा तापक्रम –५० डिग्रीभन्दा तल पुगेको थियो । जसका कारण यहाँ ठूलो मात्रामा कोइला जलाउनुपरेको थियो । तर, गर्मी प्लान्टहरूमा धुवाँ संकलन गर्ने उपकरणले राम्ररी काम नगरेका कारण यहाँका जनता प्रदूषणको सिकार भइरहेका छन् ।

यो पनि
बेहुलाले मण्डपमै थप्पड हानेपछि बेहुलीले गरिन् देवरसँग विवाह
भारतमै पहिलो ‘मेटाभर्स’ विवाह



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

हरेक वर्ष अगष्ट १२ तारिखलाई विश्व हात्ती दिवसका रुपमा मनाईन्छ । सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो ।

Latest










Popular
Suggested