English

मसानघाटको परिवर्तन



रुपन्देहीको सुद्धोधन गाउँपालिका-५ मानपकडीको मसानघाट अहिले सेल्फी खिच्ने रमणीय पार्क बनेको छ । केही समयअघिसम्म यहाँ दिउँसै पनि कोही आउँदैन थिए । यति मात्रै होइन मसानघाटको बाटो हुँदै कतै जानु परे साथी नलिइ कोही हिड्दैनथे । तर, अहिले यहाँ साँझ अबेरसम्म पनि चहलपहल हुन्छ ।

स्थानीय तहको प्रयासमा सुखली घोला मन्दिर छेउको बगर अहिले हेर्नलायक पर्यटकीय स्थल बनेको छ । सरकारले सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश दिएसँगै सुद्धोधनमा अहिले पर्यटकीय गन्तव्य थपिन थालेका छन् । अहिले दैनिक सयको हाराहारीमा टिकट काटेरै पार्कभित्र जाने गरेको पार्क प्रशासनले जनाएको छ । गत मंसिर महिनादेखि सुरु भएको पार्क निर्माण पूरा भइ अहिले सयौं पर्यटक आउन थालिसकेका छन् ।

सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रूपमा विकास गर्ने भन्दै स्थानीय सरकारको पहलमा ०७५ सालमा जग्गा संरक्षण सुरु भएको हो । सुखली घोला बगरमा रहेको मसानघाट अन्यत्र सारेर जग्गा संरक्षण गर्ने अठोट गरेको सुद्धोधन गाउँपालिकाले जनाएको छ । केही समय विवाद भए पनि गाउँपालिकाले मसानघाटलाई घोला नजिकै व्यवस्थित रूपमा स्थानान्तरण गरेपछि स्थानीय पनि सहमत भएका हुन् ।

जग्गा संरक्षण गरी पहिलो वर्ष २०७६/७७ मा तारबार गरियो । गाउँपालिकाले सुरुवाती चरणमा २० लाख खर्चेर पार्क बनाउने अवधारणा अघि सार्यो । गाउँ पर्यटन कार्यालयले पनि ३० लाख बजेट विनियोजन गर्यो । गाँउपालिकाले यही वर्ष पुनः ५८ लाख ५६ हजार पार्कमा लगानी गर्‍यो ।

स्थानीय तहको प्रयासमा सुखली घोला मन्दिर छेउको बगर अहिले हेर्नलायक पर्यटकीय स्थल बनेको छ । सरकारले सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश दिएसँगै सुद्धोधनमा अहिले पर्यटकीय गन्तव्य थपिन थालेका छन् ।

दोस्रो वर्ष २०७७/७८ पर्यटन कार्यालयले २५ लाख बजेट विनियोजन गरी पार्कको सौन्दर्यीकरणमा थप इँटा थप्ने काम गर्‍यो । प्रदेश सरकारको समपुरक र गाउँपालिकाले पनि त्यसमा थप ३५ लाख ११ हजार लगानी गरेर शौचालय, फुटपाथ, माटो पटान, फूलबारीलगायत पूर्वाधार निर्माण गर्‍यो । पार्कको मुहार वर्षेनी फेरिदै गयो । चालु आर्थिक वर्षमा पनि गाँउपालिकाले ४३ लाख लगानी गरेको छ । अहिले पार्क रुपन्देही कै नमूना बनेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईले पर्यटन क्षेत्रको विकास होस् भन्ने उदेश्यले दुई करोडभन्दा बढी लगानीमा पर्यटकीय स्थल बनाउन लागेको बताए । पार्कमा बुद्धको मूर्ति, विभिन्न जनावरको फाइबरका आकृति, वाटर फाउन्टेन फुलबारी, पाम ट्रि, शौचालय, बालबालिकाले खेल्ने सामग्री राखिएको छ । यसै आर्थिक वर्षमा सबै निर्माण सम्पन्न हुने उनले बताए ।

एक बिघा ६ कठ्ठा क्षेत्रफल रहेको पार्क सञ्चालन गर्न समिति नै बनेको छ । समितिले २४सै घण्टा रेखदेख गर्नेगरी संयन्त्र बनाएको छ । लुम्बिनी नजिकै रहेकाले पनि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीय, प्रदेश र संघ सरकारबाट सहयोग भएको हो । घोलाको पारी ऐतिहासिक मन्दिर पनि छ, त्यसलाई जोड्न घोलामा ढुङा चलाउन सुरुवात गरिएको छ । यसलाई थप विकसित गर्दै लैजाने पालिकाको योजना रहेको प्रशासकीय अधिकृत भट्टराईले बताए ।

अहिले दर्वाह टोल विकास समितिले पार्क व्यवस्थापन गरेको छ । १ मंसिरदेखि सञ्चालनमा आएको पार्क प्रवेशका लागि २० रुपैयाँ टिकट तोकिएको छ । अहिले जिल्लाबाट मात्र होइन बाहिरी जिल्लाबाट पनि पर्यटक आउने गरेको समितिका सचिव जीवलाल पौडेलले बताए । रुपन्देहीमा १६ वटा पालिका छन् ।



सम्बन्धित खबरहरु

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली

लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित