English

कस्तो छ प्रसिद्ध गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था ?



बलिउडकी गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक बनेको छ । केही दिनयता स्वास्थ्यमा सुधार देखिए पनि अहिले पुनः समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनको मुम्बईस्थित ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक डा.प्रतीत समदानीले गायिकाको स्वास्थ्य अवस्था पुनः बिग्रिएको पुष्टि गरेका छन् । ‘उहाँको अवस्था नाजुक छ । उहाँलाई पुनः भेन्टिलेटरमा राखिएको छ । उहाँ अहिले पनि आईसीयूमा हुनुहुन्छ र डाक्टरले निगरानी गरिरहेका छन् ।’ उनले भने ।

लता गत महिनाको सुरुमै कोरोना संक्रमित भएकी थिइन् । त्यसपछि उनलाई संक्रमित भएपश्चात मुम्बईको ब्रीच केण्डी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारमा संलग्न चिकित्सकले गायिकाको अवस्थामा बिस्तारै सुधार भइरहेको बताएका थिए । त्यही कारण उनलाई दुई दिनअघि भेन्टिलेटरको सपोर्टबाट हटाइएको थियो ।

केही दिनअघि उनका फ्यानले भगवान रामको जन्मभूमि अयोध्यामा लताको स्वास्थ्य लाभको कामना गर्दै महामृत्युञ्जय मन्त्र जप गरेका थिए । यसअघि उनको परिवारले नै भगवान शिवको पूजा गरेका थिए ।

लताको जन्म २८ सेप्टेम्बर १९२९ मा मध्यप्रदेशको इन्दोरमा भएको थियो । भारतरत्नबाट सम्मानित उनले बलिउडमा करियरको सुरुवात सन् १९४२ बाट गरेकी थिइन् । तर, उनले पहिचान भने फिल्म ‘महल’को गीत ‘आएगा आने वाला’बाट पाइन् । उनले २० भाषामा हालसम्म ३० हजारभन्दा बढी गीत गाइसकेकी छन् ।



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

Latest










Popular
Suggested