English

आज सरस्वती पूजा, यस्तो छ पौराणिक महत्त्व



आज माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व । विशेषगरी सरस्वती माताको पूजा आराधना तथा साधनासहित वसन्त पाठ श्रवण गरेर मनाइँदै‌ छ । वसन्त पञ्चमीमा ज्ञान, वाणी, बुद्धि तथा विवेककी अधिष्ठात्त्री देवीको रूपमा पूजा तथा आरधना गर्ने शास्त्रीय नियम रहेको छ ।

विशेषगरी शुक्लपक्षको पञ्चमी तिथि, पूर्ण तिथि तथा गुप्त नवरात्रको समय चलिरहेकाले विद्या तथा विभिन्न कला साधनाका लागि विशेष फलदायी र पूर्णरूपमा सफल हुने भएकाले आजको दिनलाई विशेष रूपमा व्यख्या गरिएको छ ।

पहिलो पटक विद्या आरम्भ गर्ने बालबालिकाले आजका दिनदेखि अक्षर शुभारम्भ गरेमा विद्या पूर्ण हुने शास्त्रमा उल्लेख गरिएको छ । नाक, कान छेडेर मुन्द्रा, फूली लगाएमा अटल सौभाग्य रहिरहने र सरस्वतीको पूर्ण कृपा रहने शास्त्रमा व्याख्या गरिएको छ ।

बुद्ध परम्परामा पनि यस पर्वलाई विशेष महत्त्वका साथ मनाउने प्रचलन छ । ज्ञानकारक ग्रह वृहस्पति तथा भगवान विष्णुको अवतारका रूपमा बुद्ध भगवान्को पूजा गर्ने शास्त्रीय नियम रहेको छ ।

हाम्रा सबै सनातन पर्व आध्यात्मिक भावनाले ओतप्रोत छन् । व्रत, पर्व र अनुष्ठानहरू, लौकिक र आध्यात्मिक उन्नतिका सशक्त साधन हुन र यिनीहरूबाट आनन्दको उल्लासका साथै उदात्त जीवन जीउने प्रेरणा मिल्दछ । वास्तवमा सम्पूर्ण सृष्टिको उद्भव आनन्दबाट नै हुन्छ । दुःख, भय, शोक, मोह र अखण्ड आनन्दको प्राप्ति नै सबै व्रत-पर्वहरूको परम् लक्ष्य हो ।

देवी भागवत एवं ब्रह्मवैवर्तपुराणमा वर्णित कथाहरूको आधारमा सबैभन्दा पहिले भगवान् नारायणले वाल्मीकिलाई सरस्वतीको मन्त्र बताएका थिए । त्यसैको जपले गर्दा उनमा कवित्व शक्ति आएकोे थियो भन्ने कथन छ । जुन मन्त्र यस प्रकार छ- श्रीं ह्रीं सरस्वत्यै स्वाहा । यस मन्त्रको चार लाख जप गर्नाले मन्त्र सिद्धि हुन्छ ।

महर्षि वाल्मीकि, व्यास, वसिष्ठ, विश्वामित्र, शौनक आदि ऋषिहरू वहाँकै साधनाबाट कृतार्थ भए । व्यासजीको सानो व्रतको प्रभावले प्रसन्न भएर सरस्वतीले भने- व्यास, तिमीले मेरो प्रेरणाद्वारा रचिएको वाल्मीकि रामायण पढ । त्यो मेरो शक्तिले गर्दा सम्पूर्ण काव्यहरूको सनातन बीज बनेको छ । त्यसमा श्रीरामको चरित्रको रूपमा म साक्षात् मूर्तिमती भएर रहेकी छु । आफूले चाहेको वर प्राप्त गर्नका लागि विश्वविजय नामक सरस्वती कवचको पनि विशेष व्याख्या गरिएको छ ।

हाम्रा सबै सनातन पर्व आध्यात्मिक भावनाले ओतप्रोत छन् । व्रत, पर्व र अनुष्ठानहरू, लौकिक र आध्यात्मिक उन्नतिका सशक्त साधन हुन् र यिनीहरूबाट आनन्दको उल्लासका साथै उदात्त जीवन जीउने प्रेरणा मिल्दछ । वास्तवमा सम्पूर्ण सृष्टिको उद्भव आनन्दबाट नै हुन्छ । दुःख, भय, शोक, मोह र अखण्ड आनन्दको प्राप्ति नै सबै व्रत-पर्वहरूको परम् लक्ष्य हो ।

सरस्वतीको यस अद्भूत विश्वविजय मन्त्र तथा कवचलाई धारण गरेर नै व्यास, ऋष्यशृंग, भरद्वाज, देवल, जैगीषव्य आदि ऋषिहरूले सिद्धि पाएका थिए । यस कवचलाई सर्वप्रथम भगवान् श्रीकृष्णले वृन्दावनमा रासलीलाको समयमा ब्रह्माजीलाई सुनाएका थिए ।

त्यसपछि ब्रह्माजीले गन्धमादन पर्वतमा भृगुऋषिलाई उपदेश दिए । सरस्वतीको उपासना कालीको रूपमा गरेर नै कालिदासले ख्याती पाए । गोस्वामी तुलसीदास भन्छन्- पापनाश गर्ने भएकीले गंगा र अज्ञान नाश गर्ने भएकीले सरस्वती दुवै समान रूपमा पवित्रताका कारक हुन् ।

विद्या र सद्बुद्धि प्रदान गर्ने भएकाले सरस्वतीका उपासकहरू यस दिन विद्या प्राप्तिको उद्देश्य लिएर निष्कपट एवं शुद्ध भावनाले दिव्यता र भव्यताका साथ भगवती सरस्वतीको आराधना गर्दछन् ।

हरेक कार्यहरू गर्दा भावना अर्थात् विचारको ठूलो महत्त्व हुन्छ । यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी अर्थात् जसले जस्तो भावना लिएर कार्य गर्दछ, फल पनि अवश्य नै तदनुरूप मिल्दछ । त्यसैले हामी सबैले सद्बुद्धि प्राप्त होस् भन्ने भावना लिएर सरस्वती पूजा गर्दा अवश्य राम्रो हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा

वासु आचार्य, मनोविश्लेषक । केही दिन अघि मात्र बेबी बम्पको फोटो सार्वजनिक गरेपछि चर्चामा छिन् नायिका प्रियंका कार्की । यसअघि

कुनै पनि देशमा राजदूत पदलाई विशिष्ट मानिन्छ । चाहे संसारको सबैभन्दा सानो राष्ट्र मानिएको रोम शहरभित्रै रहेको भ्याटिकन (०.९७ वर्ग

आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई