English

निर्देशक दिवाकर भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक



फिल्म ‘ऐश्वर्य’का निर्देशक दिवाकर भट्टराईलाई फुर्सदको समयमा पुस्तक पढ्न एकदमै मन पर्छ । उनले अहिले सम्म थुप्रै राम्रा राम्रा पुस्तकहररू पढिसकेका छन् । उनलाई आध्यात्मिक पुस्तकहरू पढ्न बढी मन पर्छ । आफुले पढेका थुप्रै पुस्तकहरूमध्ये उनलाई एकदमै मन परेको तीन पुस्तक यस प्रकार छ :

समर लभ

मैले पढेको पुस्तकहरूमध्ये समर लभ असाध्यै मन परेको पुस्तक हो । यस पुस्तका एउटा छुट्टै प्रेमकथा समेटिएको छ । सुबिन भट्टराईको यो पुस्तक युवा पुस्ताहरूले धेरै मन पराएको पुस्तक पनि हो समर लभ । साधारण प्रेम कथामा आधारित यस पुस्तकमा भाषा पनि निकै सरल प्रयोग भएको छ । यसमा भएको कथा मन नपराउने सायद कमै होलान् ।

सोच

कर्ण शाक्य द्वारा लिखित पुस्तक सोच पनि मलाई एकदमै मन परेको पुस्तक हो । यस पुस्तकमा सोचलाई कसरी बदल्नुपर्छ भन्ने कुरा समेटिएको छ । यो पुस्तक पढेर एउटा छुट्टै उर्जा प्राप्त हुन्छ । सोचलाई कस्तो बनाउनु पर्छ भन्ने कुरा पनि यस पुस्तकमा पढ्न पाइन्छ । यो पुस्तक सबैले एकपटक पढ्नै पर्छ ।

माई लाइफ विथ ओशो

म ओशोको भक्त भएकोले ओशोको प्राय सबै पुस्तकहरू मैले पढेको छु । अध्यात्मिक पुस्तकहरूमध्ये ओशोको पुस्तक धेरै पढेको छु । माई लाइफ विथ ओशो पनि एकदमै राम्रो छ । यो पुस्तक पढे पछि छुट्टै आनन्द प्राप्त हुन्छ । दिमाग पनि शान्त हुन्छ ।

यो पनि…
लोक सर्जक खेम सेन्चुरीको नजरमा पढ्नैपर्ने ३ पुस्तक
कोरोनासँगै यसरी बदलियो लाइफस्टाइल



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested