र्यापर बालेन शाह भन्छन्,–‘ इन्जिनियरिङमा युर्निभसिटी टप गरेँ’
काठमाडौंको अनामनगरस्थित एलायन्स एकेडेमी स्कुलबाट २०६२ मा एसएलसी (एसईई) दिएँ । प्रथम श्रेणीमा उत्तीर्ण भएँ । यो समयमा ब्रिजकोर्स पढ्ने चलन थियो, तर मैले गरिनँ । कोही–कोही त ब्रिजकोर्स किन नगरेको भनेर घरमै सोध्न पुग्थेँ । एसएलसीपछि तीन महिना हिपपप गीत सुनेर बसेँ ।
राम्रो नतिजाका कारणले कतिपयलाई डाक्टर, इन्जिनियर पढ्नुपर्ने पारिवारिक दबाब हुन्छ । तर, आफ्नै रुचिले बायोलोजी र गणित मुख्य विषय लिएर तीनकुनेस्थित भीएस निकेतनमा प्लस टु भर्ना भएँ । बिहान साढे ६ देखि साढे १२ सम्म कलेज हुन्थ्यो ।
स्कुल पढ्दा साथीहरूसँग भन्दा पनि एक्लै रमाउने गर्थे । तर, प्लस टुमा उमेरले होला सबैसँग जिस्किने, बोल्ने गर्थें । सानैदेखि संगीतमा लगाब भएकाले कलेजका कार्यक्रममा गीत गाउने, रमाउने गरिन्थ्यो । कक्षा १२ मा साथीसँग मिल्न थालेपछि मात्रै बलिउडका गीत सुनेँ । साथीहरू बंक गरी फिल्म हेर्न, घुम्न जाने गर्थे तर कलेजका कार्यक्रममा रमाइलो गरिए पनि बंक गरेर कहिले घुम्न गइएन । फिल्मको स्क्रिप्ट सुन्न एकदम मन पर्छ । हलमा फिल्मका कुराहरू बुझिँदैन र एक्लै फिल्म हेर्छु ।
कक्षा १२ को परीक्षापछि आमाको चाहनाले डाक्टर बन्नका लागि प्रवेश परीक्षा दिएँ तर, नाम निस्किएन । गणितभन्दा बायोलोजी विषय राम्रो थियो । सबैले एमबीबीएस पढ्न नै सुझाब दिए । तर, जुन विषय राम्रो हुँदैन त्यसलाई सुधार्नका लागि पढ्नुपर्छ भन्ने मान्यताले १ देखि साढे १ घण्टामा निर्णय गरी स्नातक तहमा सिभिल इन्जिनियरिङ पढ्ने निर्णय गरे ।
गणितभन्दा बायोलोजी विषय राम्रो थियो । सबैले एमबीबीएस पढ्न नै सुझाब दिए । तर, जुन विषय राम्रो हुँदैन त्यसलाई सुधार्नका लागि पढ्नुपर्छ भन्ने मान्यताले १ देखि साढे १ घण्टामा निर्णय गरी स्नातक तहमा सिभिल इन्जिनियरिङ पढ्ने निर्णय गरे ।
पुतलीसडकस्थित कन्तिपुर सिटी कलेज (केसीसी) मा भर्ना भए । साँझ ४ देखि ८ बजे रातिसम्म कक्षा हुन्थ्यो । कलेजबाट घर फर्किंदा कतिपयले कस्तो खाले कलेज हो राति हुने प्रश्न पनि गरे । पहिलो सेमेस्टरको परीक्षापछि खुमलटारस्थित ह्वाइट हाउसमा ट्रान्सफर गरेँ । कलेजमा मिल्ने साथी धेरै भए । यहाँ पढ्न थालेपछि कलेजमा राजनीति हुन्छ भन्ने थाहाँ पाएँ । पेट्रोल, खाने तेलको मूल्य वृद्धि हुँदा चक्काजाम गर्न जान्थ्यौँ । कलेजका साथीहरूसँग मिलेर घुम्न जाने, पिकनिक धेरै गएँ । साथीको संगतमा छ्याङ पनि खाइयो ।
एक सेमेस्टरमा पाँच महिना साथीसँग घुमेर बित्थ्यो । तर, एक महिना घरबाट कहीँ नगएर पढ्थेँ । स्नातक तहमा सय जना विद्यार्थीमध्ये मैले मात्र पास गरेँ । कलेज निल हुनबाट जोगाएकाले ३५ हजार कलेजबाट छात्रवृत्ति पनि प्राप्त गरेको थिएँ ।
एक सेमेस्टरमा पाँच महिना साथीसँग घुमेर बित्थ्यो । तर, एक महिना घरबाट कहीँ नगएर पढ्थेँ । स्नातक तहमा सय जना विद्यार्थीमध्ये मैले मात्र पास गरेँ । कलेज निल हुनबाट जोगाएकाले ३५ हजार कलेजबाट छात्रवृत्ति पनि प्राप्त गरेको थिएँ ।
छैटौं सेमेस्टरको परीक्षाका समयमा पहिलो र्याप ब्याटल थएको थियो । जुन नसक्ने पस्थिति हुँदा पनि यमबुद्ध दाइको अनुरोधमा त्यो ब्याटल गरेँ । त्यस ब्याटलले रातरात सबैले चिन्ने भएको थिएँ । अर्को दिन परीक्षा दिन जाँदा र्यापर भनेर चिन्न थालेका थिए ।
कलेज पढ्दै काम गरिनँ । स्नातक तहपछि बज्र, एसिया कम्पनीमा काम गरे । एसिया कम्पनीमा काम गर्दै महाभूकम्प गयो । त्यसपछि, नेपालका १४ जिल्लाको घरको कन्ट्रक्सन, सुपर भिजन, डिजाइनको काम गरेँ । यही काम गर्ने क्रममा फ्रान्सका स्ट्रकचरल इन्जिनियर आउनुभएको थियो ।
नेपालमा टिपिकल घरको डिजाइनहरू राम्रो हुने भएकाले यस्तोलाई प्राथमिकता दिनुपर्ने कुराले स्नाकोत्तरमा स्ट्रकचरल इन्जिनियर पढ्न प्रोत्सहित भएँ । साउथ इन्डिया युनिर्भसिटीबाट स्ट्रकचरल इन्जिनियरमा स्नातकोत्तर गरेँ । यहाँ होस्टेलमै बसेर पढियो । नयाँ–नयाँ कुरा सिकियो । बाहिरका साँस्कृतिक रहनसहन जानकारी पाइयो ।
स्नातक तह बाहिर पढे पनि ६ महिना प्रोजेक्ट वर्क हुन्छ । जुन मैले काभ्रेको २ हजार ५ सय घरको डिजाइन, कन्ट्रक्सनमा गरेँ । यहाँ १२ जनाको टिम थियो मैले नै लिड गरेको थिएँ । स्नातकोत्तरमा युर्निभसिटी टप गरेँ ।
यो पनि…
मेलिना भन्छिन् – कलेज पढ्दा निकै सोझी थिएँ
‘कलेजको गेट भित्रबाटै ढुंगा हानियो’