English

विश्व चिनाउने साताका २१ तस्वीर



विश्वभर विभिन्न घटना घट्छन् । कुनै शब्दले समाचार बन्छन् त कुनै तस्वीरले । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले, यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौं ।

१. काठमाडौंमा वर्षाको बेला मन्दिरको छानामुनि आश्रय लिँदै ।
२. काठमाडौंको बाहिरी भागमा रहेको टौदह तालको वरिपरि चिसो र कुहिरोले भरिएका बेला बिहानै दौडिरहेका सर्वसाधारण ।
३. वसन्तपुर दरबारस्क्वाएर परिसरमा तरकारी बेच्न बजार जाँदै कृषक ।
४. काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ३ देउरालीडाँडामा व्यवसायी हीरा लामाले सञ्चालन गरेको ‘द देउराली होमस्टे एन्ड पिङ प्वाइन्ट’मा पिङ खेल्दै आन्तरिक पर्यटक ।
५. गत असारमा आएको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल ।
६. गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नं. ३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका लिला थापाले सोही ठाउँकै ७९ वर्षीया वृद्धा देवकली टन्डनलाई कोभिड–१९ विरुद्धको खोप लगाउन बोकेर स्वास्थ्य चौकी लैजाँदै ।
७. शुक्लाफाँटा नगरपालिका– १२ कालागौँडीमा कुमाले माटोका भाँडा बनाउँदै ।
८. म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा रहेको तोरीसँगै टिकटक बनाउँदै आन्तरिक पर्यटक ।
९. जिल्ला अस्पताल ताप्लेजुङमा जडान गरिएको अक्सिजन प्लान्ट ।
१०. अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा अवस्थित गङ्गा सरोवर । उक्त स्थानमा डुङ्गा सञ्चालन गरी अर्घाखाँचीकै प्रमुख पर्यटकीयस्थलको रूपमा विकास गर्न सन्धिखर्क नगरपालिकाले पूर्वाधार निर्माण गरिरहेको छ ।
११. सरोकार भएका निकायकाबीच समन्वय नहुँदा जोरपाटी–सुन्दरीजल सडकको भूमिस्थली खण्डमा कालोपत्र भएको एक महिना पनि नबित्दै कालोपत्र खनेर बनाइएको खाडल ।
१२. ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—७, तोक्मेडाँडा क्षेत्रमा हिमाली क्षेत्रमा पाइने मालिङ्गोको चोयाबाट तयार गरेकोे डालो खरिद गर्दै स्थानीवासी ।
१३. गएराति परेको पानीका कारण भक्तपुरको दुवाकोटमा आफूले बनाएको इँटामा पुगेको क्षति नियाल्दै श्रमिक तिलक पाख्रिन ।
१४. रुकुम (पूर्व)को भूमे गाउँपालिका–१ लुकुममा शुक्रबार हिमपातपछि हिउँ खेलाउँदै स्थानीय बालबालिका ।
१५. पर्यटकीय क्षेत्र रानीकोटमा शुक्रबार हिमपातपछि हाइल्यान्ड रिसोर्टमा देखिएको दृश्य ।
१६. मुस्ताङ जिल्लाको जोमसोम बजारमा हिमपातपछिको दृश्य ।
१७. रसियास्थित स्पास्काया टावर र मस्कोको सेन्ट बासिलको क्याथेड्रलको फोटो खिच्दै एक महिला ।
१८. नाइजेरिया भोकमरी संकटमा परेका स्थानीय ।
१९. इक्वेडरको क्विटोस्थित पार्किङ ग्यारेजभित्र माटो फाल्दै कामदार ।
२०.बेइजिङ ओलम्पिक स्पिड स्केटिङ ।
२१. बेलायती रानी प्लेटिनम जुबली ।

तस्वीरः रासस, एपी, एएफपी, सिन्ह्वा

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested