तराईको होलीमा हिलो-धुलो खेल्ने चलन हरायो
वसन्त ऋतु, रङ्ग, सङ्गीत र थरिथरिका पकवान । तराई–मधेसको होली भने पछि यी चार पक्षको बेजोड सङ्गम बुझिन्छ । अन्य कुरा त छँदै छ । परिवर्तित समयमा मनाउने तौरतरिका बदलिए पनि मधेसमा फगुवा भनिने फागु पूर्णिमाको मौलिकता भने कायमै छ ।
पहिले पहिलेको जस्तो रौनक र हङ्गामा हुन छाडे पनि होलीको परम्परागत चलनमा परिवर्तन नआएको विराटनगरकी पाका गृहिणी गीता श्रेष्ठ बताउँछिन् ।
‘उबेला र अहिलेको माहौल पनि फरक छ, कोरोनाले गर्दा चाडबाड साँघुरो घेरामा सीमित भएको छ,’ उनी भन्छिन्, ‘तर, परापूर्व कालदेखि मनाइँदै आइएको पर्व हो, नमनाई हुन्न, थोरै रङ्ग र धेरै उमङ्ग ।’ पहाडी जिल्लामा आइतबार र तराईमा सोमबार फागु मनाइँदै छ ।
गत वर्ष फगुवाको राम्ररी स्वागत गर्न पाइएन, यसपालि खुलेर मनाउला भनेको त फेरि कोरोना कहर सुरु भयो
तराईमा होलीको दिन आँगन, खेत, सडक र छत सबै तिर रङ्गमय हुन्छ । ‘दुई किलो मासु किन्छु, साथीभाइ भेला पार्छु, पानी पटाउँदै र मासु च्यूराको स्वाद लिँदै खेतमै मनाउने हो,’ मोरङको जहदाका तरकारी व्यवसायी वीरेन्द्र मण्डल भन्छन्, ‘जहाँ र जसरी भए पनि रमाइलो गर्ने हो ।’
कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमण फैलिइरहेको हुनाले प्रहरी प्रशासनले भीड नगरी संयमसाथ चाडबाड मनाउन भनिरहेको छ । ‘गत वर्ष फगुवाको राम्ररी स्वागत गर्न पाइएन, यसपालि खुलेर मनाउला भनेको त फेरि कोरोना कहर सुरु भयो,’ स्थानीय औषधी व्यवसायी अरुणकुमार ठाकुर भन्छन् । दुई छोरा र श्रीमतीसँग घरमै फागुको मजा लिने उनी बताउँछन् । ‘ड्रममा रङ्ग घोलेर राख्ने र घरमा आइपुगेका माथि लुकेर बाल्टिन भरेर खन्याउने दिन गए,’उनी भन्छन्,।‘
तराई–मधेसका जिल्लाहरूमा फागुको एक महिना अगाडि जोगिरा महफिल सुरु हुन्छ । महाशिवरात्रिदेखि जोगिरा गायन कै लागि भेलाको क्रम बढ्दै जान्छ ।
पोहोर र परार जस्तो महानगर विराटनगरका रङ्ग, टिसर्ट, पिचकारी, मिठाइ र फलफूल पसलमा किनमेल गर्नेको घुइँचो छैन । ‘पहिला पहिला बोल्ने फुर्सद हुन्न थियो, अहिले ग्राहक कुरेर बसेका छौँ,’ होली टिसर्ट बेचिरहेकी गौरी रौनियार भन्छिन्, ‘कोरोनाले व्यापार खायो, पाँचरदश रुपैयाँ मात्र नाफा राखेर बेच्दा पनि किन्ने छैनन् ।’
हुन त तराई–मधेसका जिल्लाहरूमा फागुको एक महिना अगाडि जोगिरा महफिल सुरु हुन्छ । महाशिवरात्रिदेखि जोगिरा गायन कै लागि भेलाको क्रम बढ्दै जान्छ । ‘विभिन्न सङ्घ सङ्गठन, समाज र समुदायले साता अगाडि देखि स्नेह मिलन समारोहको आयोजना गरिरहेका छन् । जहाँ जोगिरा सङ्गीतमा खानपिनको क्रम चलिरहन्छ,’ मोरङ आयुर्वेद समाजका अध्यक्ष गङ्गा साह भन्छन्, ‘तर कमसल रङ्ग, नयाँ नयाँ खाले सङ्क्रामक भाइरसको उत्पत्ति र समय अभावले पहिलेको जस्तो सहभागिता हुन्न ।’
सार्वजनिक चहलपहल घटे पनि शिक्षण संस्था परिवार र समाजभित्र भने यो सुन्दर संस्कृति कायम रहेको स्थानीय मनोज गुप्ता बताउँछन् । ‘अहिले पनि होरी अगाडिको अन्तिम दिन रङ्ग खेलेर बिदा दिइन्छ,’ उनी भन्छन्, ‘एक अर्काकोमा पुगेर रङ्ग दल्दै मिठो पकवान खाने चलन छँदै छ ।’ फागुको दिन स्थानीयको घरमा मालपुवा, दहीवाडा र विभिन्न प्रकारका तरकारी पकाइन्छ ।
‘साता अगाडिदेखि रङ्ग खेल्न थाल्थ्यौँ, दुई दिन हिलो धुलो र दुई दिन रङ्ग खेल्दै अन्तिम चार दिन त उत्कर्षमा हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले त एक दिनमा सीमित भएको छ, हिलो धुलो खेल्ने चलन हरायो, अझ भनौँ भने होलिका दहनको भोलिपल्ट एक दिने औपचारिकता कालागि यो पर्व मनाइन्छ ।’
‘धेरै प्रियजनले होलीमा खान बोलाएका छन्, जानु पर्छ, पलटी कसेर खानु पर्छ,’ विज्ञान शिक्षक अखिलेश्वर साह भन्छन्, ‘होलीको पकवान साह्रै मन पर्छ ।’
‘दुई साता अगाडिदेखि एक अर्कालाई निम्तो दिन्छौँ, सारा काम छाडेर आफन्तजनकोमा पुग्छौँ,’ स्थानीय मुकेश अग्रवाल भन्छन् । यतिखेर परम्परागत बाजा डफ्ली, ढोलक र हार्मोनियमको सङ्गीतमा गीत गाउँदै मारवाडी एवं मधेसी समुदाय सडकमा निस्कन्छन् । बाटामा भेटिएका परिचितलाई रङ्ग दल्छन् ।
‘ढोलक एवं मादल नभेटाए टिन र ड्रम ठोक्दै जोगिरा गाउँछौँ,’ मोरङका रंगेलीका दिलीप मण्डल भन्छन्, ‘गीत बिनाको फागु के फागु ?’ उनी पेसाले एम्बुलेन्स चालक हुन् । तीन दशक अगाडिको समयसँग तुलना गर्दा रङ्गको यो त्योहार धेरै बदलिइसकेको अनुभूति हुने गरेको मण्डल बताउँछन् ।
यो उत्सवमा स्वास्थ्य जोगाउने चुनौती बढेको छ,’उनी भन्छन्,‘जमिन मुनिको पानीको स्रोत घट्दै गएकोले पानी जोगाउँदै मनाउनु पर्ने देखिएको छ ।’ फोहोर पानी, लोला जस्तो विकृति एवं जाँडरक्सीले मातिएर होली मनाउने तरिकामा निकै कमी आएको बराल बताउँछन् ।
‘साता अगाडिदेखि रङ्ग खेल्न थाल्थ्यौँ, दुई दिन हिलो धुलो र दुई दिन रङ्ग खेल्दै अन्तिम चार दिन त उत्कर्षमा हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले त एक दिनमा सीमित भएको छ, हिलो धुलो खेल्ने चलन हरायो, अझ भनौँ भने होलिका दहनको भोलिपल्ट एक दिने औपचारिकता कालागि यो पर्व मनाइन्छ ।’
प्राकृतिक भन्दा रसायन मिश्रित हानिकारक रङले मानव स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको र पानीको स्रोत पनि घटिरहेको हुनाले होलीको उमङ्गमा निकै नै कमी आउँदै गएको मोरङ कानेपोखरीका डिल्लीराम बराल बताउँछन् ।
‘यो उत्सवमा स्वास्थ्य जोगाउने चुनौती बढेको छ,’उनी भन्छन्,‘जमिन मुनिको पानीको स्रोत घट्दै गएकोले पानी जोगाउँदै मनाउनु पर्ने देखिएको छ ।’ फोहोर पानी, लोला जस्तो विकृति एवं जाँडरक्सीले मातिएर होली मनाउने तरिकामा निकै कमी आएको बराल बताउँछन् । ‘बदलिँदो माहौलमा सभ्य ढङ्गले मनाउनु पर्ने यो पर्वले पनि सन्देश दिइरहेको छ,’उनी भन्छन् ।
मधेस तिर ज्येष्ठ नागरिकको खुट्टामा रङ्ग लगाइ दिएर आशीर्वाद लिने चलन पनि छ । होली समापन लगतै नुहाएर चिटिक्क परेको लुगा लगाएर घरघर पुगेर वा बाटामा भेटेका मान्यजनलाई ढोगेर आशीष लिइन्छ ।
असत्य माथि सत्यको जीत, ठुलाको सम्मान, सानालाई स्नेह र शत्रुता बिर्सेर मेलमिलापको सन्देश दिनु नै यो पर्वको मर्म भएको समाज शास्त्री मुकेश सिंह बताउँछन् । ‘मान्यजन एवं प्रियजनलाई अबिरको टिका लगाइ दिएर पनि मनाउन सकिन्छ,’उनी भन्छन्,‘रङ्ग र अबिरमा सरोबर हुनुपर्छ भन्ने छैन ।’
मधेस तिर ज्येष्ठ नागरिकको खुट्टामा रङ्ग लगाइ दिएर आशीर्वाद लिने चलन पनि छ । होली समापन लगतै नुहाएर चिटिक्क परेको लुगा लगाएर घरघर पुगेर वा बाटामा भेटेका मान्यजनलाई ढोगेर आशीष लिइन्छ । यहाँको विभिन्न समुदायमा स्नेह मिलन समारोह गर्ने चलन पनि छ । ‘कोरोना भाइरसले गर्दा सामाजिक स्वास्थ्य नै सङ्कटमा रहेको हुनाले सुरक्षित ढङ्गले मनाउनु हरेक नागरिकको कर्तव्य हो,’उनी भन्छन्,‘मानव स्वास्थ्यभन्दा ठुलो कुनै पनि धर्म, संस्कृति र परम्परा हुन्न ।’