सेक्स टुरिजमका लागि उत्कृष्ट ५ गन्तव्य मुलुक
पर्यटनको अर्थ हामी सबैले जानेका छौँ । सेक्स टुरिजम (यौन पर्यटन) यस्तो व्यापार हो जुन संसारभरि लाखौं सेक्स वर्कर्ससँग सम्बन्धित रहेर अर्बौं रुपैयाँको उद्योग बनेको छ ।
वर्षमा लगभग ५० लाखभन्दा बढी मानिसहरू सेक्स टुरिजम ट्रिपमा जान्छन् । यी मानिसहरू ती देशहरू घुम्नुका साथै सेक्सको मज्जा पनि लिन्छन् । यो प्रत्येक वर्ष बढ्दै गइरहेको छ । विश्वमा यस्ता देशहरू छन्, जुन यौन पर्यटनको लागि प्रख्यात छन् ।
१. थाइल्यान्ड
सेक्स टुरिजमका लागि भनेर चिनिने देशहरूमध्ये थाइल्यान्ड पहिलो नम्बरमा आउँछ । बैंककमा धेरै रेडलाइट एरियाहरू छन् । थाइल्यान्डमा लगभग तीन मिलियन सेक्स वर्कर्सहरू छन् । यहाँको सरकारले बढ्दै गरेको पर्यटनलाई मध्यनजर गर्दै सेक्सलाई कानुनी मान्यता दिने तयारी गरेको छ । सेक्स कार्यलाई थाइल्यान्डको संस्कृतिमा एकदमै राम्रो र जरुरी मानिन्छ ।
२. ब्राजिल
विशेषगरी, ब्राजिल फुटबल तथा हनिमुन जग्गाको लागि धेरै प्रख्यात छ । साथै, यहाँ यौन कार्यलाई कानुनी मान्यता दिइएको छ । धेरै पर्यटकहरू रियो दि जेनेरियो र फोर्टालेजा सहरका रेडलाइट एरियाहरूमा जान मन पराउँछन् ।
३. इन्डोनेसिया
इन्डोनेसिया गरिब मुलुकहरूको समूहभित्र पर्छ । तर, सेक्स टुरिजमको मामिलामा धेरै मानिसहरू यहाँ पुग्ने गर्दछन् । इन्डोनेसियामा यौन व्यापारलाई गैरकानुनी मानिन्छ, तर पनि यहाँ हरेक वर्ष अर्बाैको सेक्स व्यापार हुँदै आएको छ । त्यहाँको एक सामाजिक संस्थाको रिर्पाेटअनुसार त्यहाँ यौन कार्यमा संलग्न ४० प्रतिशत महिला नाबालिग रहेका छन् ।
४. फिलिपिन्स
फिलिपिन्समा यौनकार्य गैरकानुनी छ । तर, सेक्स क्रियाकलाप खुलेआम तरिकाले गर्न नमिले पनि महिलाहरूलाई टुरिजम गाइडको रूपमा नियुक्त गरी यौन गतिविधि गर्ने पर्यटकहरू धेरै हुन्छन् ।
५. स्पेन
स्पेनमा मेड्रिड, बार्सिलोना, इबिजाजस्ता सहरहरूमा धेरै पर्यटकहरू घुम्न जान्छन् । हाल, त्यहाँ अर्थव्यवस्था बढाउने कुरालाई मध्यनजर गर्दै सेक्स व्यापारलाई पनि विस्तार गरिएको छ । त्यहाँ सेक्स वर्करका रूपमा साउथ अमेरिका र स्पेनिस महिला धेरै रहेका छन् ।