English

राप्रपामा कमल थापा : वार कि पार ?



पूर्वराजा ज्ञानेन्द्र शाहसँगै चाँदीको थालमा खाना खाएको बताउँदै आएका नेपाली राजनीतिक भेट्रान खेलाडी कमल थापा आखिर उनै पूर्वराजाका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बाट अलग हुनुपर्ने स्थितिमा पुगेका छन् ।

आन्तरिक राजनीतिमा निर्मल निवास र पूर्वराजा शाहले खेलेको भूमिकाका बारेमा राप्रपाले छानबिन नगरे थापा नयाँ विकल्पको मुडमा पुगेको संकेतहरू देखिन्छन् । अर्थात् आगामी दिनमा उनी राप्रपामा नरहन पनि सक्छन् ।

‘कमल थापाज्यूले राप्रपाको राजनीतिमा निर्मल निवास र पूर्वराजाबाट भएको हस्तक्षेपका बारेमा छानबिनको माग गर्नुभएको छ, सो बारेमा छानबिन नभएमा विकल्पबारे स्वाभाविक रूपमा छलफल हुनेछ,’

एकता महाधिवेशनमा पूर्वराजा शाहले पार्टीको आन्तरिक राजनीतिमा खेलेर आफूलाई पराजित गराएकोे भन्दै सार्वजनिक रूपमै शाहको खरो आलोचना गर्दै आएका राप्रपाका निवर्तमान अध्यक्ष थापा आफूले राखेको मागमा छानबिन नभएमा विकल्प खोज्ने तयारीमा लागेका हुन् । आज शुक्रबार विशालनगरस्थित थापा निवासमा उनी पक्षका राप्रपाका शीर्ष नेताहरूबीच छलफल जारी छ ।

कमल थापाज्यूले राप्रपाको राजनीतिमा निर्मल निवास र पूर्वराजाबाट भएको हस्तक्षेपका बारेमा छानबिनको माग गर्नुभएको छ, सो बारेमा छानबिन नभएमा विकल्पबारे स्वाभाविक रूपमा छलफल हुनेछ,’ थापा निकट केन्द्रीय सदस्य राजाराम बर्ताैला भन्दै थिए, ‘पार्टी नै विभाजन गर्ने गरी छलफल नभए पनि अन्य विकल्पमा जानुपर्नेमा अधिकांश नेताले राय र सुझाव दिइरहेका छन् ।’

‘मैले २०७८ मंसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्न तथा त्यसबारे आवश्यक संशोधन गर्न आग्रह गर्दै यो स्मरण पत्र पठाएको छु,’ थापाले लिङ्देनलाई लेखेको पत्रमा भनेका थिए,

गत १५–१८ मंसिरमा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका थिए । आफू पराजित भएपछि थापाले ‘पूर्वराजाले राप्रपामा हस्तक्षेप गरेको’ आरोप लगाउँदै आएका छन् । थापाले सो विषयमा छानबिन गर्न मंसिर र माघमा गरी दुईपटक अध्यक्षलाई पत्र लेखिसकेका छन् । थापाले पहिलोपटक २७ मंसिर र दोस्रोपटक १६ माघमा अध्यक्ष लिङ्देनलाई पत्र लेखी औपचारिक आग्रहसमेत गरेका थिए ।

‘मैले २०७८ मंसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्न तथा त्यसबारे आवश्यक संशोधन गर्न आग्रह गर्दै यो स्मरण पत्र पठाएको छु,’ थापाले लिङ्देनलाई लेखेको पत्रमा भनेका थिए, ‘फेरि पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पु¥याउने तथा पार्टीलाई दुर्घटनातर्फ धकेल्ने कार्य तपार्इंबाट हुने छैन भन्ने अपेक्षा गरेको छु ।’

लिङ्देनले पाँच वर्ष पार्टी हाँक्ने विषयलाई समर्थन जनाउँदै थापाले ‘सबैलाई समेटेर पार्टीलाई दुर्घटनाबाट जोगाउने पनि तपाईंको मुख्य जिम्मेवारी हो’ भन्दै लेखेको पत्रलाई सम्बोधन नगरेको भन्दै असन्तुष्ट छन् ।

लिङ्देनले पाँच वर्ष पार्टी हाँक्ने विषयलाई समर्थन जनाउँदै थापाले ‘सबैलाई समेटेर पार्टीलाई दुर्घटनाबाट जोगाउने पनि तपाईंको मुख्य जिम्मेवारी हो’ भन्दै लेखेको पत्रलाई सम्बोधन नगरेको भन्दै असन्तुष्ट छन् ।

कोभिड–१९ को संक्रमणबाट भर्खरै मुक्त भएका थापाले ‘पार्टीको आन्तरिक मामिलामा निर्मल निवास र राजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको विरोध गर्नु, पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने योजनालाई अस्वीकार गर्नु तथा पार्टीलाई भजनमण्डली हुनबाट रोक्नु राजसंस्थाको विरोध होइन’ भन्ने प्रस्टाउने कोसिस गरे पनि लिङ्देनले थापाको मागलाई केन्द्रीय कार्यसमितिमा छलफलको एजेन्डा अझै बनाएका छैनन् । त्यसैले, थापाले विकल्पबारे छलफल र सरसल्लाह गरिरहेको उनी निकट नेताहरू बताउँछन् ।

‘पहिलो केन्द्रीय कार्यसमिति बैठकमै महाधिवेशनमा निर्मल निवास र पूर्वराजाको भूमिका र हस्तक्षेपलाई लिएर प्रश्न उठाएका थियौं, तर अध्यक्षज्यूले केही जवाफ दिनुभएन,’ थापा निकट एक पदाधिकारी भन्छन्,

महाधिवेशन सम्पन्न भएको दुई महिनामा राप्रपाको एकपटक मात्र केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको छ । ‘पहिलो केन्द्रीय कार्यसमिति बैठकमै महाधिवेशनमा निर्मल निवास र पूर्वराजाको भूमिका र हस्तक्षेपलाई लिएर प्रश्न उठाएका थियौं, तर अध्यक्षज्यूले केही जवाफ दिनुभएन,’ थापा निकट एक पदाधिकारी भन्छन्, ‘व्यक्तिगत रूपमा हामीले र कमलजीले औपचारिक रूपमा माग गरे पनि कुनै सुनुवाइ भएको छैन ।’ निर्मल निवासको विषयले राप्रपाको आन्तरिक राजनीति थप पेचिलो बन्दै गएको छ ।

यो पनि…
नयाँ नेतृत्व र पुरानो कसमको मझधारमा कमल थापा
यसकारण पूर्वराजा ज्ञानेन्द्र र कमल थापाबीचको दूरी बढ्यो



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।